एकैठाउँबाट सूचना उपलब्ध गराउन गृहकार्य

वीरगन्ज । परिवर्तित समयमा आ–आफ्ना वेव साइड (पोर्टल) मार्फत सरकार र मातहतका निकाय तथा विभिन्न संघ संस्थाले आफ्ना सूचना सहजै नागरिकलाई उपलब्ध गराउने भनिएको छ । तर त्यो अझै व्यवहारमा प्रभावकारी भएको छैन । तीन तहका सरकार हुन् या मातहतका अन्य निकाय तथा संघ संस्था । ’emका वेव साइड अझै आम नागरिकमैत्री नभएको पाइएको हो ।

तीन तहकै सरकार र न्याय क्षेत्रका अधिकाँश सूचना एकै ठाउँबाट उपलब्ध हुने कुरा दूर्लभ झैं थियो । तर अब यो कुराको पनि सम्बोधनको प्रयास सुरुवात भएको पाइएको छ । यो कार्यको सरकारी तवरबाट भने थालनी गरेको पाइएको छैन । गैर सरकारी संस्था गुड गभन्र्यान्स (गोगो) फाउण्डेशनले ‘नीति पोर्टल’ को नामाकराण गरी गृहकार्य थालनी गरेको छ । यसको पृष्ठपोषण र सुझावका लागि गोगो फाउण्डेशन लुम्बिनी प्रदेश र मधेश प्रदेशका विभिन्न पालिकामा पुगेको छ । पर्साको वीरगन्जमा पनि गोगो नेपालका परियोजना संयोजक दुर्लभबहादुर बोगटी आई यहाँका विभिन्न व्यक्तिहरुसँग सुझाव संकलन गरेका छन् ।

सो क्रममा उनले महिला, युवा र सीमान्तकृत वर्गले समेत राज्यले प्रतिपादन गरेका सूचना एकै ठाउँबाट पाउन भन्ने सूचनामैत्री नीति पोर्टल बनाइरहेकोमा जोड दिए । गोगो फाउण्डेशनले एशिया फाउण्डेशनको सहयोगमा नागरिक, समाज र संचार प्रविधिको सुनिश्चितता अन्तर्गत काम गरिरहेको जनाइएको छ । फाउण्डेसनले सर्वप्रथम लुम्बिनी र मधेश प्रदेशमा कार्यक्रम अगाडी बढाइएको खुलेको छ ।

सबै किसिमका सूचना उपलब्ध गराउने लक्ष्य सहित पोर्टल प्रयोगकर्तामैत्री नीति अंगिकार हुनु सकारात्मक कदम भएको सहभागीहरुको सुझाव छ । सुझाव र पृष्ठपोषण संकलन गर्दै वीरगन्ज महानगरपालिकासम्म आइपुगका गैर सरकारी संस्थाको कार्यक्रममा वीरगन्जका पोर्टल संचालक, समाजसेवी, ज्येष्ठ नागरिक, संचारकर्मी र गैर सरकारी संस्थाका विभिन्न व्यक्तिले यो कुरा बताए । संस्थाले समन्वय गरी पोर्टल नीतिको प्रभावकारिता र संचालनका ’boutमा गम्भिर छलफल गरेको छ ।

एकद्वार प्रणालीबाट सबै किसिमका सूचना पाउनु निकै प्रभावकारी कदम भएकोले चाँडो व्यवहारमा ल्याउन वीरगन्जका सहभागीहरुले सुझाव दिए । मुलुक भरका ७ सय ६१ सरकार र राज्यका सरोकारवाला निकाय तथा विभिन्न निकायका प्रतिपादित नीति व्यवहारिक रुपमा वेव साइटमा पाइदैन । तर एकै ठाउँबाट सरकारी नीति र न्यायलयका समेत सूचना मिल्ने कुरा सकारात्मक भएको नारायणी वाङ्गमयका पर्सा अध्यक्ष डा.विश्वम्भर शर्माले पनि बताए । राज्यले प्रतिपादन गरेका नीति तथा योजनाको तथ्याँक सर्वसाधारणले पाउने गरी प्रविधिमैत्री पोर्टल बन्नु ठिक रहेको उनको भनाइ छ ।

विभिन्न नीति तथा कानून सम्बन्धी जानकारी एउटै प्लेटफर्मबाट उपलब्ध भए आम नागरिकले राहत महसुस गर्ने जिल्ला विकास समिति पर्साका पूर्व सभापति शम्भु चौरसियाले पनि बताए । यो नीति कार्यन्वयनमा ल्याउनु पूर्व गोगो फाउण्डेशनका तर्फबाट वीरगन्ज महानगरपालिका सहित मधेश प्रदेशका विभिन्न ५ वटा पालिकामा पुगी त्यहाँका स्थानीयसँग सुझाव संकलन र पृष्ठपोषण संकलन गरिएको छ । वीरगन्जमा यसको लागी समन्वय तथा नक्सांकन स्थानीय रमेशकुमार सुवेदीले गरेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 141 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त, मधु, विनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी