आगामी बजेटको व्यावसयिक दिशा

नेपाल विश्वका दुई ठूला अर्ततन्त्रबीचको आर्थिक दृष्टिले विपन्न अर्थाेपार्जनको प्रकृतिक दौलतले भरिपूर्ण एक विकासशील बफर राष्ट्र« हो । हाल अर्थतन्त्रको प्रमुख स्रोत रेमिट्यान्स, कृषि, पर्यटन, ऊर्जा रहेको छ । नेपालमा कुल जनसंख्याको ६२ प्रतिशतको जीविकोपार्जनको प्रमुख आधार कृषि हो तर पनि देशको कुल गार्हस्थ्य उत्पादनमा २४ दशमलव शून्य ९ प्रतिशत मात्रै योगदान देखिन्छ । जसको प्रमुख कारण भनेको निर्वाहमुखी परम्परागत कृषि उत्पादन प्रविधि, सिँचाइको अभाव, कृषियोग्य भूमिको गैरकृषि क्षेत्रमा प्रयोगसाथै प्रविधिको कमी आदि हुन् । कृषि क्षेत्रको न्यून उत्पादकत्वतर्फ सरकारको बजेट केन्द्रित भएको देखिँदैन । बजेटको झन्डै ३ प्रतिशत बजेट कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा छुट्याउने गरिएको छ । जुन भारतको २ दशममलव ७ प्रतिशतको तुलनामा बढी भए पनि चिनियाँ बजेटको ६ दशमलव ५ प्रतिशत र बंगलादेशी बजेटको ५ देखि ६ प्रतिशतभन्दा कमै हो । अर्थतन्त्रको मुख्य आधार कृषि भएकाले प्रायः सबै प्रकारका नेपाली उद्योगहरूको कच्चा पदार्थसमेत कृषिमै आधारित हुँदा यसतर्फ सरकारले कृषिमा आधारित औद्योगिक कच्चा पदार्थको उत्पादनमार्फत औद्योगीकरण गर्न सम्भव देखिन्छ । ५ देखि ६ प्रतिशत बजेट यस क्षेत्रमा छुट्याउनुपर्छ । साथै कृषि क्षेत्रमा आबद्ध जनशक्तिलाई व्यावसायिक उद्यमशीलतामा रूपान्तरण गर्दै आत्मनिर्भर अर्थतन्त्रका लागि प्रोत्साहन गर्नुपर्छ । जसले उच्च मूल्य शृंखला कायम गरी भ्यालु एड प्रडक्टहरूको निर्यातमार्फत अर्थतन्त्रमा रेमिट्यान्सको अंशलाई न्यूनीकरण गर्छ ।

नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको ६ दशमलव ६ प्रतिशत योगदान छ । नेपाल प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक तथा साहसिक दृष्टिकोणबाट समेत प्रमुख पर्यटकीय गन्तव्यस्थल हो । नेपालको उत्तरी सिमानाको रूपमा रहेको चाँदीको दानाजस्ता सेताम्य हिमालय क्षेत्रमा ८ हजार मिटरभन्दा माथिका मात्रै आठ हिमाल छन् भने तिनै हिमशृंखलालाई मुख्य स्रोत बनाएर क वर्गका कोशी, गण्डकी र कर्णाली नदी प्रणालीहरूको प्रवाह भएको छ । जसले निरन्तर रूपमा साहसिक यात्रा पर्वतारोहण, जलयात्रा (¥याफ्टिङ), विभिन्न धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्धनसँगसँगै कृषि उत्पादनमा समेत टेवा पु¥याएको छ । सन् २०२४ मा वार्षिक पर्यटक आवागमन करिब ११ लाख ४७ हजार ५ सयभन्दा बढी छ । औसत पर्यटक बसाइ करिब १३ दिन र औसत खर्च प्रतिपर्यटक प्रतिदिन ४१ डलर मात्रै छ । जुन पर्यटकीय सम्भावनाको आधारमा अत्यन्तै कम हो । नेपालमा पर्यटन क्षेत्रको आशातीत विकास हुने हो भने यो तथ्यांक करिब २५ लाख आवागमन पु¥याई औसत बसाइ २५ दिन र औसत खर्च करिव सय डलर मात्रै पु-याउन सक्दा नेपालको अर्थतन्त्रमा करिब ८ खर्ब २५ अर्ब रुपैयाँबराबरको कारोबार हुन सक्छ । साथै हाल, ११ दशमलव ४७ लाख पर्यटन आगमन हुँदा करिब १२ लाख २० हजार रोजगारी सिर्जना भएको छ भने २५ लाख पर्यटक भित्याउँदा करिब २६ लाख रोजगारी सिर्जना गर्न सकिन्छ । चीनमा करिब १ अर्ब ४० करोड र दक्षिण भारतमा १ अर्ब ४७ करोड गरी करिब २ अर्ब ८७ करोड जनसंख्याबाट शून्य दशमलव शून्य ९ प्रतिशत मात्रै नेपालमा पर्यटकका रूपमा आगमन हुँदा २५ लाख ८३ हजार पर्यटक आगमन हुन सक्छ । यस्तो सम्भावना रहेको देशमा आज हामी नेपाली कस्तूरीले आफ्नै विना खोज्दै भौंतारिएझैं रोजगारीका लागि बैदेशिक यात्रामा भौंतारिरहेका छौं । यसतर्फ सरकारको आगामी बजेट केन्द्रित हुन जरुरी छ ।

व्यापार घाटा अधिक हुनुमा ठूलो अंश पेट्रोलियम पदार्थ र औद्योगिक सामानहरूको आयात भए तापनि स्वदेशी उत्पादनमा राम्रो सम्भावना रहेका कृषिउपजहरू पनि जिम्मेवार छन्

नेपालको अर्थतन्त्रको अर्को महत्वपूर्ण आधार र सम्भावनाको क्षेत्र ऊर्जा हो । ऊर्जा भन्नेबित्तिकै नेपालमा जलविद्युत् ऊर्जालाई नै प्रमुख मानिन्छ तर पनि सौर्य ऊर्जा, बायो ऊर्जा, जैविक ऊर्जा पनि ऊर्जाका स्रोतहरू (नवीकरणीय, अनवीकरणीय अनन्त स्रोत) नै हुन् । नेपालको अर्थतन्त्रमा कुल गार्हस्थ्य उत्पादनमा द्वितीय क्षेत्रको करिब १२ दशमलव ५३ प्रतिशत योगदान रहकामा विद्युत्, ग्यास तथा वाष्प र वातानुकूलित आपूर्ति सेवाको १ दशमलव ८१ प्रतिशत योगदान छ । यो नेपालको जलविद्युत् र सौर्य ऊर्जाको सम्भावनाको तुलनामा नगन्य हो । नेपालमा सौर्य ऊर्जा १ सय ७ मेगावाट, थर्मल प्लान्ट ५३ मेगावाट, बायो ऊर्जा ६ मेगावाट, वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रद्वारा ८४ दशमलव ७४ मेगावाट र जलविद्युत् २९९१ मेगावाट गरी कुल ऊर्जा ३४४१ दशमलव ७४ मेगावाट मात्रै उत्पादन गरी उपभोग गरिएको छ । यसले देशको रोजगारी सिर्जनामा उल्लेख्य योगदान गरेको छ । ऊर्जा आफैंमा औद्योगिक पूर्वाधारको मुख्य स्रोत हो । साथै ऊर्जाको घरायसी उपभोगसमेत बढ्दै गएकाले आन्तरिक बजार समेत विस्तार भएको छ । यसलाई बाह्य बजारको रूपमा चिन, भारत र बंगलादेशजस्ता उद्यामान अर्थतन्त्रका बढ्दो बजारमा समेत निर्यात गर्ने प्रक्रियाको थालनी गएिकोबाट भुक्तानी सन्तुलनमा समेत योगदान गर्ने देखिन्छ ।

व्यापार घाटा अधिक हुनुमा ठूलो अंश पेट्रोलियम पदार्थ र औद्योगिक सामानहरूको आयात भए तापनि स्वदेशी उत्पादनमा राम्रो सम्भावना रहेका कृषिउपजहरू पनि जिम्मेवार छन् । निर्माण र लगानीमैत्री नीतिको कमजोर कार्यान्वयनसाथै राष्ट्रिय अर्थतन्त्रको प्रमुख पिलरको रूपमा रहेको निजी क्षेत्र र विदेशी लगानीलाई विश्वस्त पारी आकर्षण गर्न नसक्नु पनि नेपालको अर्थतन्त्रको अर्को यथार्थ चुनौती हो । कृषिप्रधान देशमा चामल, तरकारीदेखि विभिन्न अधिकांश कृृषिउपजहरूसमेत भारबाट आयात भइराखेको छ । जसले आत्मनिर्भर अर्थतन्त्रको सम्भावनालाई कमजोर बनाएको छ ।

उल्लिखित चुनौतीहरूलाई सामना गर्न नेपालको अर्थतन्त्रको सम्भावनाका क्षेत्रहरूको पहिचान गरी मौलिक खालको अर्थतन्त्र निर्माण गर्नुपर्छ । नेपालको सम्भावनाका क्षेत्रहरूमा कृषिको आधुनिकीकरण÷यान्त्रिकीकरण प्रविधि, सिँचाई र व्यावसायिक खेती, व्यावसायिक पशुपालनमार्फत कृषिक्षेत्रमा सुधार ल्याउन सकिन्छ । नेपालमा जलविद्युत् ऊर्जा क्षेत्रको राम्रो सम्भावना रहेकाले पेट्रोलियम पदार्थको आयातलाई विद्युतीय सवारी साधनको प्रयोगमार्फत पेट्रोलियम आयात कम गर्न सकिन्छ भने अर्कोतर्फ विद्युत् निर्यातमार्फत भुक्तानी सन्तुलनसमेत कायम गर्न सकिन्छ । घरायसी ऊर्जाको रूपमा प्रयोग हुने एलपी ग्याससमेत विद्युतीय चुलोमार्फत आयात प्रतिस्थापन गर्न सकिन्छ । उद्योग र व्यापारमा साना तथा मझौला उद्यमशीलता र घरेलु उद्यमको प्रवर्धनद्वारा स्थानीय रोजगरी सिर्जना गर्न सकिन्छ । जसले गर्दा बैदेशिक रोजगरीबाट आयात हुने रेमिट्यान्सको सट्टामा स्वरोजगारमार्फत प्रतिस्थापन गर्छ र मेड इन नेपालको ब्रन्डलाई सशक्त बनाई निर्यातमुखी उद्यम प्रवर्धन गर्छ । यस्तैगरी, पर्यटन प्रवर्धन र पुनरुथान आधारभूत पर्यटन पूर्वाधार निर्माण र प्रभावकारी प्रचारप्रसारले पर्यटन उद्योगलाई पुनः जीवन दिन सक्दछ ।

अर्थतन्त्र चुनौतीपूर्ण भए तापनि दुई ठूला उपभोक्ताको बजारसहितको उदीयमान अर्थतन्त्रको कारण असीमित सम्भावनासमेत विद्यमान छ । कृषि, ऊर्जा, पर्यटन र उद्यमशीलताको विकासमार्फत नेपालले दीर्घकालीन आर्थिक प्रगतितर्फ अग्रसर हुन सक्छ तर यसका निम्ति राजनीतिक स्थायित्व, व्यावसायिक लगानीमैत्री वातावरण आत्मनिर्भरता र नीति निर्माणसहित परियोजना निमार्णमा समेत प्राथमिकता दिनुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 150 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सभापति देउवाले दिए संस्थापन समूह एकजुट छ भन्ने सन्देश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चन्दननाथकि उपप्रमुखको घोषणा विपन्न र असहायका लागि सुविधा खर्च गर्ने घोषणा