मानव सभ्यता नदी तटबाटै सुरु भएको हो । धार्मिक र ऐतिहासिक हाम्रा नदीनालाहरू रुँदै छन् अहिले । मान्छेले आप्mनो अतीत बिर्सियो । क्षणिक सुख र लाभमा रत भयो, मानव अतिक्रमणमा परेको बाग्मती, विष्णुमती, मनोहरा, इक्षुमती काठमाडौंको धुकधुकी हो । यी नदीहरूमा केही दशकयतादेखि नै जलचरहरू छैनन् र काठमाडौं उपत्यकावासीहरू पनि मुटुविहीन छन् भन्दा अत्युक्ति हुन्न । काठमाडौं महानगरले उद्योग, कलकारखाना, प्रदूषणलगायतका धेरै विषय विस्थापन गर्न प्रयास गरेदेखि नै सहरमा रहेका तमाम वर्कसपदेखि अन्य विषयहरू केही टाढा विस्थापित भए, रोग परतिर स¥यो । खासगरी नदी बाग्मतीलगायतका विभिन्न नदी कोरिडोरहरूमा सार्वजनिक जग्गा अतिक्रमण गर्दै सार्वजनिक बाटाहरू सरकार आफैंले बनाइदियो र केही हदसम्म काठमाडौं सहरको ट्राफिक जाम कम पनि भयो तर अधिकांश प्रदूषित हुने धन्दाहरू भने त्यहीँ आसपास चल्न थाले । अब स्थानीय नागरिकहरूमा चेतनाको आकाश खुलेको छ र बिस्तारै समर्थन र विरोधका चर्का स्वरहरू पनि आउन थालेका छन् ।
बाग्मती सफाइ भन्दै हजारौं एनजीओ, आईएनजीओहरूले नदीमाथि खेती गरे । एडीबीले अर्बौं रकम खन्यायो । बाग्मतीमा ढल मिसाउन नपाउने अनेकौं प्रावधानहरू पनि आए । ढल प्रशोधन केन्द्रका लागि ठूलै संयन्त्र तय भयो । डलर पनि आयो । राजनीतिक भर्ती केन्द्रहरू पनि बने धेरै तर बाग्मती जे थियो त्यही छ । वाग्द्वारदेखि बग्दै आएकी बाग्मती टेकु, पचली पुग्दासम्म हरपल रोइरहन्छिन् । मेलम्चीको बढी पानी स्टोर हुँदा यिनको आँसु अलि सफा हुन्छ नत्र भने यहाँ बग्ने भनेको पानी होइन, मलमूत्र हो, फोहोर हो, कार्पेट धोएको केमिकल हो ,बधशालाबाट निस्कने रगत हो । शास्त्रमा बताइएको वैतरणी सायद वाग्मती हो भन्दा अतिशयोक्ति नहुने भएको छ अहिले ।
यही माघको पहिलो शनिबार जोरपाटी नयाँबस्तीस्थित सुगमनगर विकास समाज जुर्मुरायो । यहाँकै टोल सुधार समिति अघि बढ्यो, यहीँकै महिला समाज अघि बढ््रयो र स्थानीय सिलिकन पार्टी प्यालेसमा एक बृहत् अन्तरक्रियाको कार्यक्रम आयोजना ग¥यो । त्यस अन्तरक्रिया कार्यक्रममा अमूर्त बाग्मती मूर्त भएर बोल्यो र भन्यो ः ऊप्रति ठूलो ताडना छ, पिडा छ, ऊ छट्पटिएको छ । महानगरले स्पर्श गरेको ८ नं वडा आयो । ६ नं वडा आयो, गोकर्णेश्वर नगरपालिकाले स्पर्श गर्र्ने मेयर आए । उपमेयर आए, वडा ४ आयो, ५ आयो, ६ आयो, ७ आयो । कागेश्वरी मनोहरा नपाले स्पर्श गर्ने वडा नं ८ आयो । प्रहरी वृत्त बौद्ध आयो, ट्राफिक प्रहरी आयो । स्थानीय टोल सुधार समिति भन्नेहरू सबै आए । अभियन्ताहरू आए ।
मानवअधिकार तथा शान्ति समाज गुट्मुटिएर आयो । असहाय गाई–बाच्छा संरक्षणका अभियन्ताहरू आए । पत्रकार, लेखक, बुद्धिजीवी, रेडियो, टेलिभिजनकर्मीहरू आए । जय बाग्मती टेलिभिजन र बौद्ध सञ्चार टेलिभिजनले लाइभ ब्रोडकाष्ट गरे । सबै बोले, नेतृत्व बोल्यो, शुष्क स्वरले बाग्मती बोलिन् । सिलिकन पार्टी प्यालेसमा छिरेर र भनिन् उत्तरबाहिनी गोकर्णेश्वर देवस्थलीमै वधशालाबाट निस्केको रगत मैले विवशताका साथ बगाएँ । आम मान्छेको चस्मा खुलेछ क्यारे अहिले तर गोकर्णमाथिदेखि सुन्दरीजल क्षेत्रदेखि नै मेरा मुखमा मलमूत्र बर्साएका छन् मान्छेहरूले ।
कार्पेटको धूलो, केमिकल, गार्मेन्टका पोहोर, घरघरका मलमूत्र, माकलबारी, बाग्मती पुलदेखि उत्तर गोकर्णसम्म रहेका माइक्रोबसको फोहोर, बाबा गोकर्णेश्वर विशाल संगठनले चलाएका सयौं गाडीहरू, भूमिगत पानी निकाली वितरण गर्ने क्रममा भएका सवारी साधनको प्रदूषण, विद्यालय, महाविद्यालयहरूले छोड्ने अधिक फोहोर, विस्थापित वर्कसपहरूले छोढ्ने केमिकल, लेदो, कालो मोबिल, प्रातः भ्रमणमा निस्कनेहरूले छोड्ने तमाम फोहोरको डँगुर बोकेर म सकी नसकी पाइला चाल्दै छु, बाग्मतीले भनिन् लुटेराहरूले मेरो अस्मिता लुटे । मेरो नाम परिवर्तन गरे, ढलमती बनाए ।
राष्ट्रसेवक भनिने कर्मचारीहरू जहाँ मलिलो क्षेत्र छ । त्यहाँ आपूm रुझ्ने, भिज्ने, सरुवा चाहने, सरुवा भए सर्न नचाहने पुरानो रोग छ हामीकहाँ । लोकतन्त्र र गणतन्त्रले त यसलाई संघ, संगठन भनेर पनि चोख्याएको, उर्बर बनाएको गुनासो छरस्ट आइरहेको छ, लोकतन्त्रले कर्मचारीहरूलाई पकेटम्यान बनाएको छ, खेतालो बनाएको छ
बृहत् अन्तरक्रिया कार्यक्रममा मानव चीत्कार पनि कम थिएन । सबैले आप्mनो रोइलो गरे । सवारी धेरै चल्ने हुनाले लुकीलुकी ट्राफिकले सवारी रोक्यो, चिट् काट्यो । नोट असुल्यो, एक्कासि सवारी रोक्दा अर्को सवारीले दुर्घटना बढायो । ट्यापेहरू यही करिडोर आसपास लुक्छन्, मदिरा, अम्मली, दुव्र्यसनी र देह व्यापारीहरू यहीँ आप्mनो धन्दा चलाउँछन् । औपचारिकमै नाम कहलिएको लभ डाँडो यहीँ छ । केही जंगल पनि छन्, चोर, पटाहाहरूलाई यो स्थान अब्बल छ । जब महानगरले बढार्न खोज्छ भागेर लुक्ने ठाउँ यही बनेको छ । अस्पताल कम अधिक फार्मेसी पसलहरू यहीँ छन् । जसले अवैध लागूपदार्थको व्यापार गरेको जनगुनासो छ ।
भएभरका स्कुल, प्लस टुका सवारी साधनहरू विहान एकैपल्ट छिर्छन् यो क्षेत्रमा । एकैपल्ट निस्कन्छन् यहाँबाट, अनि बाटाघाटाहरू अस्तव्यस्त हुन्छन् । सामान्य मान्छेको आवतजावतमा समस्या, दमकल, एम्बुलेन्समा समस्या कति भयावह पीडाहरूको उजागर भयो यस कार्यक्रममा । पंक्तिकार त ट्वाल्ल परेर हेरिरह्यो, सुनिरह्योे । कान टट्यायो, अधिकारकर्मी, अभियन्ताहरूको प्रश्न प्रहरी र प्रशासनमाथि खनिएको देख्दा । हे दैव लोकतन्त्रले कति विकृति भित्याएछ, सार्वजनिक जग्गा खाएछ । सुकुम्बासीका नाममा भोट बैँक तय गरेछ । कति धेरै नेता जन्मायो यो क्षेत्रले सबै मै हुँ भन्छन् । यो गरेँ, त्यो गरेँ भन्छन्, गर्ने बेला यिनको भुटिभ्वाग केही छैन । दुई–चारवटा पुल बनाए, कमिसन खाए । आप्mनो नाम लेखाए । शिलापत्रमा बाग्मतीको पीडा जहाँको त्यहीँ छ ।
चार दशकअघिसम्म नित्य स्नान गर्ने गरेको यो नदी, सूर्य र चन्द्र ग्रहणमा कुरुक्षेत्र स्नानसरहको दैवी सम्पदा बोकेको यो नदीको चीत्कार सायद यो पहिलो थिएन । सयौं आलेखहरू र आम सञ्चारमा पंक्तिकारले सम्प्रेषण गरेको, यो अनन्त यात्रामा यस क्षेत्रमा दिन गुजारेको सात दशक हुन लागेछ । धाप र सिमसारबाहेक केही नदेखिएको यो क्षेत्रमा लोकतन्त्रले यामानका सिसमहलहरू बनायो । गगनचुम्बी सिमेन्टका रूखहरू रोप्यो धन्न यो क्षेत्र भ्युटावरमय बनेन तर जसले भ्युटावरमा ध्यान दियो त्यो हाम्रो राजनेता हो भनेर कुर्लिने पकेटम्यानहरूको कमी छैन यहाँ ।
स्थानीयलाई विस्थापित गरिएको छ । माइगे्रटेडहरूको जुुलुस छ, उपभोक्ता समितिहरूको स्थानीय सरकारसँग साँठगाँठ छ । खानेपानी वितरणको जिम्मा केयूकेएलको हो । पानीको बिलसँग आधा रकम ढलका लागि भन्दै सरकार आपैmँ रकम असुल्छ । अनि स्थानीय सरकारसँग अधिक रकम छ । खानेपानी पाइपलाइन भन्दै सडक काट्छ, भत्काउँछ । ठेकेदारसंग मिलेर बनाउँछ पनि तर स्थानीय सरकारभन्दा बलियो अर्को अवैध सरकार छ । यति पैसा नदिए ढल बन्द गर्छु भन्छ । पानीको पाइप लाइन काटिदिन्छु भन्छ । सीसी क्यामेरा वडा कार्यालयले राख्छ त्यसको सञ्चालन भन्दै स्थानीय समितिहरू पैसा असुल्छन् । नदिए, बाइकट भन्छन् । कथित समितिहरूले अबैध पैसा असुल्दै छन् । बिल दिँदैनन्, घरजग्गाको तिरो नै धेरै छ, त्योभन्दा बढी रकम टोलेहरूले असुल्छन् ।
स्थानीय सरकारमा दर्ता भइटोपलेको भन्छन् । जिल्ला प्रशासनसम्म पनि पुगेका हुन्नन् । घरवालाहरूलाई धम्क्याएर मनग्गे पैसा असुलिरहेका छन् । वडा प्रतिनिधिहरू भन्छन्— सडक सफा गर्ने मान्छे भर्ती गरिएको छ । ढल सफा गर्ने मान्छे नियुक्त छन् । जेट मेसिन छ, कुनै कुराको अप्ठ्यारो छैन । एम्बुलेन्स पनि छ भन्छन् । बिरामी प्रयोगमा होइन आफन्त ओसार्न प्रयोग भएको देखिन्छ । लोकतन्त्रले ठूलो अधिकार दियो । स्थानीय सरकारलाई, बजेट मनग्गे छ, बेरुजु र अख्तियारका फाइल पनि मनग्गे छन्, दुनो सोभ्mयाउन चाहनेहरूका लागि स्थानीय तह उर्बर बनेको छ, आफन्त र सेटिङ मिलाउन सक्नेहरूलाई राम्रो छ यो संयन्त्र । सेटिङबाहिर रहनेहरू झुलबाहिरका लामखुट्टेझैं भुँ भुँ गर्छन् । कति त मुद्दामा परेका छन् । प्रहरी कस्टडीमा परेका छन् । यस्ता अभियन्ताहरूले वर्षभरिका गैरकानुनी कार्यहरूको बुँदाबुँदा फेहरिस्त पनि आम सञ्चारमा छरपस्ट गरेका छन् ।
प्रस्तुत अन्तरक्रिया कार्यक्रमले स्थानीयहरूलाई, स्थानीय प्रशासन र प्रहरीलाई एकपल्ट झस्का दिएको छ, अभैm समाज सुधारकहरू सबैतिर छन् भन्ने पनि देखाएको छ, तर धमिलो पानीमा माछा मार्नेहरूको कमी छैन । सबैतिर सामाजिक अभियन्ताहरूले लुपहोल देखाइदिन्छन् । प्रहरी, प्रशासनलाई पनि आप्mनो दुनो सोभ्mयाउन बढी सजिलो पनि भएको हुन्छ । जहाँ तस्करहरू हुन्छन्, दुव्र्यसनीहरू, देहव्यापार गर्नेहरूको भीड हुन्छ । परिवहन, वर्कसपलगायतका समस्या जहाँ बढी उजागर हुन्छ त्यहीँबाट आर्थिक लाभ देख्ने संयन्त्र हामीकहाँ वर्षौंदेखि मौलाएको छ र त राष्ट्रसेवक भनिने कर्मचारीहरू जहाँ मलिलो क्षेत्र छ । त्यहाँ आपूm रुझ्ने, भिज्ने, सरुवा चाहने, सरुवा भए सर्न नचाहने पुरानो रोग छ हामीकहाँ । लोकतन्त्र र गणतन्त्रले त यसलाई संघ, संगठन भनेर पनि चोख्याएको, उर्बर बनाएको गुनासो छरपस्ट आइरहेको छ, लोकतन्त्रले कर्मचारीहरूलाई पकेटम्यान बनाएको छ, खेतालो बनाएको छ ।
जे होस् पूर्वीभेग जोरपाटी, गोकर्णेश्वर त्यसमा पनि निःस्वार्थ देश, समाज, टोल हेर्न चाहनेहरूले केही प्रयास गरेका पनि छन् । घर, टोल, सिंगो समाज सुध्रिए सिंगो देश सुध्रिने हो । यस क्रममा सुगमनगर विकास समाजका अध्यक्ष समाजसेवी कपिलमुनि उप्रेती र उनी आबद्ध संस्थाले विगतदेखि जे कर्म समाजलाई देखाएको छ । ग्रहणयोग्य छ । महिला समूहको आह्वानमा दर्जनौं व्यक्तिहरूले उसै दिन रक्तदान गरे । प्रशंसा पाए, द्यौसी, भैलो खेर उठेको रकमले ज्येष्ठ नागरिकको आश्रय, गीत, भजन, कीर्तन, चौतारो निर्माण, गर्ने गरेको पाइन्छ ।
नदी नजिकै रहेको कोरिडोरमा ठूलो राष्ट्रिय झन्डा राखेको छ, हरेक २७ पुसलाई झन्डा दिवस भन्दै स्थानीय विद्यालयहरूको समेत सहयोगमा हरेक वर्ष झन्डा फेर्ने काम गरिरहेको छ । आम राष्ट्रप्रेमीहरूको जमघट हुने गरेको छ । निजी खर्चमा टेलिभिजन स्टुडियो स्थापना गरेर सुशासनसम्बन्धी र समसामयिक विषयमा आम जनतामा विषयवस्तुहरूको सम्प्रेषण गरेको छ, सुसूचित गराएको छ । ठूलो लक्ष्यभन्दा पनि सानातिना कार्यक्रम दिएर आफू र आफ्नो समाजलाई व्यस्त राखेको छ । खाने–लाउने मात्रै काम होइन मान्छेको, आपूmले सकेको योगदान दिएर नै आप्mनो आय वृद्धि गर्न सकिन्छ भन्ने त्यो समाजको आदर्श देखेर पंक्तिकार प्रभावित पनि छ ।