मगर भाषा र संस्कृति जोगाउन प्रशिक्षण

स्याङ्जा । मगर समुदायको भाषा र संस्कृति जोगाउन युवायुवतीलाई प्रशिक्षण गरिएको छ । ‘भाषा, कला, सङ्गीत एवम् संस्कृतिको संरक्षण तथा संवर्धन गरौं’ भन्ने मुल नारा सहित स्याङ्जाको गल्याङ्मा मगर भाषा ‘अक्खा लिपि’ प्रशिक्षण गरिएको हो । नेपाल मगर संघ गल्याङ् र गल्याङ् प्रज्ञा प्रतिष्ठानको आयोजनामा र गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा मगर समुदायको लोपोन्मुख भाषाको संरक्षणका लागि पौष २१ गतेदेखी माघ १२ गतेसम्म संचालन गरिएको थियो ।

मगर समुदायको बाहुल्यता रहेको स्याङ्जाको गल्याङ नगरपालिका यो प्रशिक्षण गरिएको थियो । स्थानीय भाषा र संस्कृतिलाई दिगोरुपले जोगाईराख्न यो प्रशिक्षण महत्वपुर्ण भुमिका खेल्ने विश्वास गल्याङ नगर प्रमुख गुरुप्रसाद भट्टराईले बताए । मगर भाषाको संरक्षणका लागि गण्डकी प्रज्ञा प्रतिष्ठानले महत्वपूर्ण सहयोग गरेको भन्दै नगर प्रमुख भट्टराईले मगर समुदायले यो तालिमको भरपुर उपयोग गरी आफ्नो कला, संस्कृति र भाषा जोगाउन अगुवाहरुले ध्यान दिनुपर्ने बताए ।

प्रशिक्षणमा सहभागीहरुलाई मगर भाषा तथा ‘अक्खा लिपि’का ’boutमा प्रशिक्षक गुमबहादुर रानाले सहजिकरण गरेका थिए । मगर भाषाको संरक्षण तथा प्रबद्र्वनका लागि गण्डकी प्रज्ञा प्रतिष्ठानले प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो । झण्डै १९ दिनको प्रशिक्षणबाट मगर समुदायको अक्खा लिपिमा सहज भएको सहभागीहरु आनन्द मगर पार्वती मगरले बताएका छन् । कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिब मनकुमार श्रेष्ठले स्थानीय भाषा र संस्कृति जोगाउन गण्डकी प्रज्ञा प्रतिष्ठान लागिरहेको बताए । गण्डकी प्रदेशभित्र रहेका विभिन्न जातजातीको कला, संस्कृति र भाषा जोगाउने गरी कार्ययोजना तयारी गरिरहेको श्रेष्ठले बताए । आफ्ना बालवालिकालाई पनि आफ्नो संस्कृतिमा लाग्न सम्वन्धित समुदायको पनि कर्तव्य रहने भन्दै सदस्य सचिव श्रेष्ठले सबैको भाषाभाषी जोगाउनुपर्नेमा जोड दिए ।

गल्याङ नगर प्रबक्ता तथा वडा नम्बर तीनका वडा अध्यक्ष कृष्णप्रसाद भट्टराई, गल्याङ नगर शिक्षा समिति सदस्य चन्द्र राना, सुबेदार यौबहादुर राना, सुबेदार चन्द्रबहादुर रखालीमगर, नेपाल मगर संघ गल्याङ नगर समितिका अध्यक्ष कुमार राना, गल्याङ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष चण्डिकाप्रसाद भट्टराई, प्रतिष्ठानका सचिव मिलन समिरि लगायतले सबै समुदायको कला, संस्कृति र भाष जोगाउन तीनैतहका सरकारहरु लाग्नुपर्ने सुझाव दिएका थिए ।

गल्याङ प्रज्ञा प्रतिष्ठानको आयोजनामा सञ्चालन भएको प्रशिक्षणमा ४० जना प्रशिक्षार्थी सहभागी थिए । कार्यक्रममा गल्याङ नगरपालिका ११ भाटीमा रहेको फेर्चनम खान महिला समूहबाट मगर सांगितक प्रस्तुती गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 113 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम