चिटिक्क नभई बाहिर जाँदैनन् भुवन केसी

काठमाडौं । अभिनेता भुवन केसीले आफू चिटिक्क नपरी कहिल्यै पनि बाहिर नजाने गरेका बताएका छन् । कहिलेकाहीँ अपर्झट परेर बाहिर निक्लँदा चिटिक्क पर्न भ्याइएन भने त्यति बेला आफूलाई निकै अप्ठेरो लाग्ने गरेको पनि उनले बताएका छन् । सकेसम्म आफू राम्रो भएँ भन्ने लागेपछि मात्र घरबाट बाहिर निक्लने गरेको उनले जानकारी गराएका छन् ।

सिटिईभिटी सम्बन्धन प्राप्त रोज ब्युटी एकेडेमीको २४ औँ वार्षिक उत्सव समारोहमा शनिवार बेलुका अभिनेता भुवनले यस्तो भनाई राखेका हुन् । ‘मलाई खाना सामान्य भए हुन्छ, तर पहिरन चैँ राम्रो र मिलेको हुनु नै पर्छ । म स्कुले जीवन देखि नै पहिरन र सुन्दरतामा निकै ध्यान दिने गर्थेँ’, अभिनेता भुवनले कार्यक्रममा भने ।

पछिल्लो समय आफूलाई फेशन र सुन्दरतामा छोरा अनमोल केसीले पनि सल्लाह दिने गरेको उनले बताए । सो ’bout उनले भने,‘कसरी राम्रो बन्ने भन्ने’bout अनमोलले मलाई र मैले पनि अनमोललाई बेला बेलामा सल्लाह दिन्छौँ । हामीले एक अर्कालाई सौन्दर्य सामग्री देखि लगाउने पहिरनको ’boutमा समेत प्रस्ताव गर्छौँ ।’

रोज ब्युटी एकेडेमीको २४ औँ वार्षिक उत्सवमा अभिनेता भुवनले व्युटिसियनहरु त जहिले पनि पहिरन र सुन्दरतामा चिटिक्क हुने पर्ने सुझाव दिए । सो एकेडेमीबाट एक वर्षीय डिप्लोमा गरेका ७० जना ब्युटिसियनहरुलाई प्रमाणपत्र प्रदान गर्दै उनले अबका दिनमा यी ७० जना आफ्नो पेसामा आत्म निर्भर हुने विश्वास व्यक्त गरे ।

रोज ब्युटी एकेडेमीकी अध्यक्ष एवम् अग्रज ब्युटिसियन सोनी कारन्जितले कार्यक्रममा अभिनेता भुवन केसीलाई ढल्कँदो उमेरसँगै आफ्नो सुन्दरता जोगाउन विभिन्न उपायहरू पनि सिकाइन् । अभिनेता भुवनको पहिरनबाट आफू जहिले पनि प्रेरित हुने गरेको पनि उनले बत्ताइन् । यो २४ वर्षमा आफूले करिब १५ हजार पुरुष महिलालाई ब्युटिसियन पेशा सिकाएर आत्म निर्भर बन्न मद्दत गरेको पनि उनले जानकारी गराइन् ।

कार्यक्रममा गणेशमान सिंह मेमोरियल पोलिटेक्निक इन्स्टिच्युट प्रिन्सिपल डिएन पराजुलीले आफ्नो इन्स्टिच्युटले सरकारी रूपमै पहिलो पटक तीन वर्षीय ब्युटिसियन एन्ड कस्मोलोजिस्टको पढाई सुरु गरेको बताए । रोज ब्युटी एकेडेमीले पनि सौन्दर्य क्षेत्रमा उल्लेख्य योगदान दिएको भनाई उनले सो कार्यक्रममा राखे ।

रोज ब्युटी एकेडेमीकी प्रबन्ध निर्देशक परिषी कारन्जितले यो क्षेत्रमा धेरै अवसरहरू भएको बत्ताइन् । उनले आफ्नो एकेडेमीले पछिल्लो समय दिएका सुविधाहरूको ’boutमा पनि प्रकाश पारिन् ।

तपाइको प्रतिक्रिया
(Visited 177 times, 1 visits today)

epaper

ताजा समाचार

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने