निफको आठौं संस्करणमा ४० देशका ८७ चलचित्र चयन

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौँ संस्करण आयोजना हुने भएको छ । यो महोत्सव आगामी ७ चैत्र देखी ११ चैतसम्म काठमाडौं आयोजना गरिने भएको छ ।

अघिल्ला वर्षहरू जस्तै नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले यो वर्ष पनि महोत्सव आयोजना गर्न लागेको हो । महोत्सवको तयारी तीव्र गतिमा भइरहेको महोत्सवका अध्यक्ष केपी पाठकले राजधानीलाई बताएका छन् ।

अध्यक्ष पाठकका अनुसार निफको आठौँ संस्करणमा नेपालसहित ४० देशका ८७ वटा चलचित्रहरू छानिएको छ । ७० देशबाट प्राप्त ६०० भन्दा धेरै चलचित्रबाट ८७ वटा चलचित्र छनौटमा परेको पनि उनले बताएका छन् । पाठकका अनुसार बुसान, कान्स, लोकार्नो, बर्लिनाल आदि प्रतिष्ठित थुप्रै चलचित्र महोत्सवहरूमा प्रदर्शन तथा पुरस्कृत भएका चलचित्रहरू पनि यो महोत्सवमा चयन भएका छन् ।

महोत्सवलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय गरेर दुई किसिमले वर्गीकरण गरिएको पनि आयोजक पक्षले जनाएको छ । दुवै वर्गीकरणमा फिचर चलचित्र र लघु चलचित्रका साथै वृत्तचित्र विधामा चयन गरिएका छ । यी विधामा उत्कृष्ट चलचित्रहरूलाई अवार्ड समेत प्रदान गरिने भएको छ ।

प्रविधिमा आएको विकासलाई आत्मसात् गर्दै र दर्शकहरूलाई नयाँ स्वाद दिनको लागि यो वर्षबाट ए आई प्रविधिबाट वा सो सम्बन्धी विषयमा बनेको चलचित्रको प्रतिस्पर्धा पनि थप गरिएको अध्यक्ष पाठकले राजधानीलाई जानकारी गराएका छन् । यसले दर्शकहरूलाई नयाँ प्रविधिसँग पनि साक्षात्कार गराउने विश्वास आफूहरूले लिएको उनले बताए ।

यस वर्ष महोत्सवमा प्रदर्शन हुने चलचित्रहरू क्युएफएक्स सिभिल मल र छाया सेन्टरका हलमा प्रदर्शन हुनेछन् । यसका निमित्त क्युएफएक्स चलचित्र घरसँग अघिल्ला वर्षझै यस वर्ष पनि सहकार्यलाई निरन्तरता दिइएको पनि पाठकले जनाए । साथ साथै पर्यटन बोर्डको हल र राष्ट्रिय सभागृहमा विभिन्न किसिमका बहस र संवाद कार्यक्रम सञ्चालन गरिने उनले बताए । ‘अघिल्ला वर्षहरूझैँ यो वर्ष पनि महोत्सवको दौरानमा चलचित्र प्रेमी, चलचित्रकर्मी र सञ्चारकर्मीहरू बिच विभिन्न विषयमा अन्तरक्रिया हुनेछ’, अध्यक्ष पाठकले राजधानीसँग भने ।

महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर चलचित्रलाई १५ सय अमेरिकी डलर राशि सहित गौतम बुद्ध अवार्ड प्रदान गरिनेछ । त्यसै गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर चलचित्रहरूबाट कुनै एक चलचित्रलाई ‘अन्तर्राष्ट्रिय चलचित्र समाज महासंघ’ को तर्फ बाट, आईएफएफ डोन क्वीजोते अवार्ड प्रदान गरिनेछ ।

महोत्सवमा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघु चलचित्रलाई ५ सय डलरको बागमती अवार्ड प्रदान गरिनेछ । यसै गरी एआई प्रविधिको चलचित्रलाई ५०० अमेरिकी डलर राशिको मञ्जुश्री अवार्ड प्रदान गरिने आयोजक पक्षले जनाएको छ ।

यस्तै नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर चलचित्रलाई १ लाख नगद र ट्रफी, उत्कृष्ट लुघ चलचित्र र उत्कृष्ट वृत्तचित्रलाई ५०–५० हजार नगद र ट्रफी प्रदान गरिनेछ ।

राष्ट्रिय लघु चलचित्र मध्येबाट उत्कृष्ट निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने राष्ट्रिय फिचर चलचित्र तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायांकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी द्वारा सम्मानित गरिनेछ ।

अघिल्ला वर्ष झैँ महोत्सवमा यो वर्ष पनि विश्वका विभिन्न कुनामा बनेका उत्कृष्ट चलचित्रहरू देखाइने छन् । समसामयिक विषयमा स्वदेशी तथा विदेशी चलचित्रकर्मी, उच्चस्तरका राजनीतिज्ञ र समाजका प्रतिष्ठित व्यक्तित्वहरूको रोचक र अर्थपूर्ण छलफलका सत्रका साथै विभिन्न मास्टर क्लास र कार्यशालाहरू पनि सञ्चालन अध्यक्ष पाठकले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 30 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सभापति देउवाले दिए संस्थापन समूह एकजुट छ भन्ने सन्देश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
इटहरी वडा नं २० मा कांग्रेसको प्यानलै विजयी