प्रेस चौतारी कपिलवस्तुको अध्यक्षमा रायमाझी

कपिलवस्तु । प्रेस चौतारी कपिलवस्तुको अध्यक्षमा बाबुराम रायमाझी निर्वाचित भएका छन् । बुधवार बाणगंगा नगरपालिका- ४ ठाकुरापुरमा भएको ८औँ जिल्ला अधिवेशनबाट रायमाझी सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

जसको उपाध्यक्षमा कुलराज भुसाल, महिला उपाध्यक्षमा सरस्वती पौडेल, सचिवमा संजिव गहतराज, सह सचिवमा राम अवतार चौधरी,समावेशी सहसचिवमा अजय मिश्र, कोषाध्यक्षमा अनुपम पौडेल निर्वाचित भएका छन् भने कार्यसमिति सदस्यहरूमा सुशील गैरे, कृष्ण पौडेल, सागर वि.क., लक्ष्मण सापकोटा, बिपना पौडेल र कोपिला पौडेल निर्वाचित भएका छन् ।

नवनिर्वाचित पदाधिकारीहरूले बुधवार नै शपथ ग्रहण समेत लिएका छन् । शपथ ग्रहण सँगै नवनिर्वाचित अध्यक्ष रायमाझीले सङ्गठनमा सबैलाई मिलाएर जाने प्रतिबद्धता जनाए। उनले सबैलाई सक्रिय रूपमा क्रियाशील बनाउँदै सङ्गठनलाई थप सुदृढ बनाउने जिकिर समेत गरे ।

अधिवेशनबाट केन्द्रीय प्रतिनिधिहरूमा जानु पाण्डे, भेषराज पाण्डे र गीता अर्याल निर्वाचित भएका छन् भने प्रदेश प्रतिनिधिहरू संगीता भुसाल,वासुदेव बर्मा (अजय) र रामबहादुर गन्धर्व निर्वाचित भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 130 times, 1 visits today)

epaper

ताजा समाचार

बाढी प्रभावित क्षेत्रमा सम्भावित संक्रामक रोग फैलिन नदिन विशेष निगरानी