सलोनको रंगीको ट्रेलरमा सन्तानप्रति बुबाको कर्तब्य

काठमाडौं । अभिनेता सलोन बस्नेतले आफूद्वारा निर्मित चलचित्र ‘रंगी’को शुक्रवार काठमाडौँमा एक समारोहबिच ट्रेलर रिलिज गरेका छन् । काठमाडौँमा दुई छाकको लागि संघर्ष गरिरहेका श्रमिकहरूको कथामा आफूले यो चलचित्र निर्माण गरेको उनले बताए ।

सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको चलचित्र रंगीको ट्रेलरमा सलोनले फुडमान्डुमार्फत घर–घरमा खाना पु¥याएर कमादारको भूमिका निभाएका छन् । यसरी खाना पु¥याएर प्राप्त रकमले छोरीलाई पालन पोषण गरेको ट्रेलरमा उल्लेख छ । छोरीलाई गम्भिर रोग लागेपछि बुबाले गरेको संघर्ष पनि यसमा देखाईएको छ । ट्रेलरमा छोरीप्रति बुबाको जिम्मेवारी र माया देख्न पाईन्छ । यसको ट्रेलरलाई ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ ।

आगामी २ फागुनबाट यो चलचित्र रिलिज हुने भएको छ । यसलाई सुरेश न्यौपानेले निर्देशन गरेका हुन् । चलचित्रमा सलोन बस्नेत, पूर्व मिस नेपाल नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारीलगायतको अभिनय छ ।

सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनीश गौतमको निर्माण रहेको यो चलचित्रमा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, बन्दे प्रसादको सम्पादन रहेको छ । चलचित्रलाई ऋच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।

तपाइको प्रतिक्रिया
(Visited 86 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान