तेस्रो आँखा युवा क्लवद्वारा निःशुल्क भोजन

काठमाडौं । नयाँ बानेश्वरको तेस्रो आँखा युवा क्लबले लकडाउनबाट प्रत्यक्ष रुपमा प्रभावित भएका व्यक्तिहरुलाई दैनिक एकपटक बेलुकाको खाना निःशुल्क उपलब्ध गराउन थालेको छ । काठमाडौं महानगरपालिका १० सँगको समन्वयमा भक्त बीबी हेल्पिङ ह्यान्ड फर हुमनिटीको सहकार्यमा क्लबले मंगलबारबाट लकडाउन अवधिभर बेलुकाको खाना खुवाउन शुरु गरेको हो ।

नयाँ बानेश्वरस्थित सुवर्णमार्गमा रहेको काव्य स्कुलको प्राङ्गणमा साँझ ३ बजेदेखि ५ बजेसम्म खाना खुवाउन समय तोकिएको क्लबका संस्थापक अध्यक्ष अनिल थापा (पुरुषोत्तम) ले बताए । ‘यस क्षेत्रमा रहेका कतिपय मजदुर, विद्यार्थीलगायत दैनिक कमाएर जीविकोपार्जन गर्दै आएका मानिसले लकडाउन लम्बिदै गएपछि एक छाक खान पनि धौधौ परेको खबर आएपछि हामीले स्थानीयसँग सररल्लाह गरेर दैनिक एक छाक खाना खुवाउने व्यवस्था गरेका हौं,’ थापाले राजधानीका प्रमुख समाचारदाता रामसूदन तिमल्सिनासँग भने ।

सामाजिक दूरी र सुरक्षा व्यवस्था अपनाएर मंगलबार १ सय २८ जनालाई खाना खुवाएको क्लबका संरक्षक तथा सो कार्यक्रमका संयोजक भक्तशंकर श्रेष्ठले बताए । प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठ र काठमाडौं महानगरपालिका १० का वडाध्यक्ष रामकुमार केसी र स्वयंसेवकहरु खाना बनाउने र बाँड्ने कार्यमा सरिक भएका थिए ।

क्लबले यसअघि राहत वितरणमा कार्यमा काठमाडौं महानगरपालिका १० लाई स्वयंसेवक उपलब्ध गराएको थियो । स्थानीय स्तरमा हुने गतिविधिमा क्लबको सक्रिय सहभागिता रहँदै आएको क्लबका अध्यक्ष सुरेश थापाले बताए ।

‘लकडाउनको अवधिमा कसैले पनि भोकै बस्नु नपरोस् । त्यसका लागि हामी स्थानीय र विभिन्न व्यक्ति तथा संस्थासँगको सहकार्यमा कम्तिमा पनि एक छाक खाना खुवाउने छौं,’ क्लवका सचिव विनोद थपलियाले बताए ।

पछिल्लो सयमा युवा क्लबहरुले असहाय, मजदुर, दैनिक ज्यालाधारी गरेर जीविकोपार्जन गर्नुपर्नेहरुका लागि खाना खुवाउने, राहत उपलब्ध गराउने कार्य गर्दै आइरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 224 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेपाल–भारत डीआईजीस्तरीय सीमा बैठक : सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण सम्बन्धमा गम्भीर छलफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरमा ओलीको वडामा कांग्रेसको प्यानल नै विजयी