मन्त्रीको गाडीलाई साइड नदिएकोआरोपमा ३ जना ट्रक चालकलाई कारबाही

कपिलवस्तु । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीको गाडीलाई साइड नदिएको आरोपमा ३ वटा मालवाहक ट्रकलाई कारबाही गरिएको छ। मन्त्री कार्कीको लु१झ ७३८ नम्बरको गाडीलाई साइड नदिएको भन्दै हुलाकी राजमार्ग अन्तर्गत कपिलवस्तु नगरपालिका सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ तीव्र गतिमा गइरहेको मन्त्री कार्कीको गाडीको बाटो रोक्ने ट्रक चालकहरूलाई कारबाही गरिएको हो ।

आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की

सत्ताको दम्भ

कारबाहीमा पर्नेमा प्र १०२००१ख ८४७३, ३३५१ र ९२०७ नम्बरका गाडी रहेका छन्। ती ट्रक चालकहरूलाई ५ सय रुपैयाँको जरिवाना गरिएको छ। मन्त्री कार्कीका निजी सुरक्षा अधिकृत (पीएसओ) हवल्दार कृष्णबहादुर खत्रीले ट्रकलाई रोकेर ट्राफिक प्रहरीले जर्बजस्ती कारबाही गर्न निर्देशन दिएका थिए।

‘पछाडि को आएको छ कसरी हेर्ने रु साइड मिररबाट मन्त्री चिन्न सकिन्न,पेल्ने हामी गरिखानेलाई त हो, कानुन हाम्रैलागि बनेको रैछ’ उनले गुनासो गर्दै भने ।

मैदा लिएर नेपालगन्जबाट विराटनगर जाँदै गरेका ट्रक चालकहरूले भने आफूहरूलाई सत्ताको दम्भ देखाएर कारबाही गरिएको आरोप लगाएका छन् । ‘हामी सामान्य गतिमा थियौँ, एक्कासि गाडीले ओभरटेक गरेर अगाडि तेर्स्यायो र ट्राफिक बोलाएर जबरजस्ती जरिवाना तिरायो’ चालक दिलबहादुर कटुवालले भने । ‘ पछाडि को आएको छ कसरी हेर्ने, साइड मिररबाट मन्त्री चिन्न सकिन्न,पेल्ने हामी गरिखानेलाई त हो, कानुन हाम्रैलागि बनेको रैछ’ उनले गुनासो गर्दै भने । मन्त्रीले गाडी भित्रैबाट थुन्न आदेश दिएको तर प्रहरीले भने सामान्य कारबाही मात्रै गरेर छाडेको समेत चालकहरूले दुखेसो पोखे ।

मन्त्री कार्की भैरहवामा आयोजित जनस्वास्थ्यको कार्यक्रमका लागि बिहान ९ बजे भालुवाङबाट हिँडेका थिए। गाडी आफैमा निकै तीव्र गतिमा रहेको प्रत्यक्षदर्शीले बताएका थिए । सो सम्बन्धमा मन्त्रीका पिएसओ प्रहरी हवल्दार खत्रीका अनुसार ट्रक चालकहरूले बाटो छेक्दै गाडीको भिडियो बनाइरहेका थिए, र हर्न बजाउँदा पनि सडक जाम गर्न थालिसकेपछि कारबाही सिफारिस गरिएको बताए।

तपाइको प्रतिक्रिया
(Visited 292 times, 1 visits today)

epaper

ताजा समाचार

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन