Thursday, April 22, 2021
Home Breaking News कोभिड–१९ रोकथाममा खटिएका चिकित्सक भन्छन्– हामी आफैं चनाखो छौं, किन डराउने ?

कोभिड–१९ रोकथाममा खटिएका चिकित्सक भन्छन्– हामी आफैं चनाखो छौं, किन डराउने ?

,

काठमाडौं । कोभिड–१९ रोकथाममा सक्रिय चिकित्सकले आफू सचेत हुँदै संक्रमितको उपचारमा खटिएको बताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले आफूहरू सतर्क रहेर उपचारमा खटिएको बताए । उनले भने, ‘हामी आफैं चनाखो छौं । सर्जिकल मास्क लगाएर काम गरिरहेका छौं ।’

कोरोना संक्रमितको उपचारका लागि फ्रन्ट लाइनमा खटिएका टेकु अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले आफूले शारीरिक दूरी कायम गरेको बताए । उनले भने, ‘मैले शारीरिक दूरी कायम गर्दै आएको छु । बुबाआमा र परीवारका सदस्यबाट टाढा बस्छु । यो कहिलेसम्म हो, अझै भन्न सकिँदैन ।’

लकडाउन प्रभावकारी भएकै कारण समुदायमा संक्रमण फैलिन नपाएको डा. बास्तोलाको भनाइ छ । टेकु अस्पतालमा खटिएका चिकित्सकहरू बिरामीमा देखिएका लक्षणको आधारमा उपचार प्रक्रिया अघि बढाउने गरेको बताउँछन् । कोरोना पोजेटिभ रिपोर्ट देखिए एन्टिफ्लु, एजी थ्रोमाइसिन, पारासिटामोललगायत औषधि चलाइएको छ ।

टेकु अस्पतालमा आइसोलेसनमा उपचाररत संक्रमित र सम्भावित संक्रमितका लागि फोन, वाइफाइ र खानाको व्यवस्था गरिएको छ । थप २० वटा आइसीयू बेड जडान गरिएको र ती केही दिनमै सञ्चालनमा आउने टेकु अस्पतालले जनाएको छ । संक्रमितको संख्या बढे उपचारमा खटिने चिकित्सकको अभाव नभएको टेकु अस्पतालको भनाइ छ ।

उच्च जोखिम रहेका स्थानमा सरकारले विशेष निगरानी गर्नुपर्ने विषयमा चिकित्सकको जोड छ । ती क्षेत्रमा संक्रमण दर फैलिन नदिन स्थानीय समुदायमा परीक्षणको दायरा फैल्याउन सुझाव दिएका छन् । नाकाबाट आएका सबैको कोरोना परीक्षण गर्नुपर्ने चिकित्सकको सुझाव छ ।

उच्च जोखिम रहेका स्थानमा जनचेतना प्रवाह गर्नुपर्नेमा उनीहरूको जोड छ । ‘क्लोज कन्ट्याक्ट’मा नबस्दा पनि नेपालमा संक्रमण दर नफैलिएको हुन सक्ने सरुवा रोग विशेषज्ञहरू बताउँछन् । अन्य देशमा चुम्बन खाने, नजिक बस्ने र अंकमाल गर्ने चलन भए पनि नेपालमा त्यस्तो छैन । टेकु अस्पतालका निर्देशक डा. भण्डारी कडाउन एकैपटक खुला गर्न नहुने बताउँछन् ।

उनले भने, ‘लकडाउन आंशिक रूपमा खोल्दै जानुपर्छ । सामाजिक दूरी कायम गर्नुपर्छ ।’ जोखिम नभएका ठाउँहरू खुला गरे पनि मुख्यतः भारतबाट भित्रिने ठाउँमा कडाइ गर्नुपर्ने उनले बताए ।

नेपालमा कोरोना संक्रमितको संख्या ५८ पुगेको छ । बुधबार बाराका ३१ र ४३ वर्षका पुरुष तथा पर्साका ४६ वर्षीया पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५७ पुगेको हो ।

संक्रमितमध्ये १६ जना भने उपचार पछि निको भएर घर फर्किसकेका छन् । बाँकी ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । हालसम्म पीसीआर विधिबाट ११ हजार ५ सय २४ वटा नमुना परीक्षण गरिएको छ ।

कोरोनाको आशंकामा हाल मुलुकभर ८७ जना आइसोलेसनमा भर्ना भएका छन् । जसमध्ये ४ काठमाडौं उपत्यकाभित्र र ८३ जना बाहिरका छन् ।

(Visited 110 times, 1 visits today)
Loading comments...

आजको समाचार

अछाममा कोरोना सङ्क्रमितको मृत्यु

अछाम । अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरका ६५ वर्षीय एक पुरुषको कारोना भाइरसबाट आज बिहान मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका...

सरुमारानी गाउँपालिकामा ‘छोरी पेवा बचत कार्यक्रम’

प्यूठान । छोरा र छोरीमा गरिने लैङ्गिक विभेद हटाउन सरुमारानी गाउँपालिकाले ‘छोरी पेवा बचत कार्यक्रम’ सञ्चालन गर्दै आएको छ । पालिकाका सवै छोरीलाई शिक्षामा...

चेन्नइ शीर्ष स्थानमा

नयाँदिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट अन्तर्गत चेन्नइ सुपर किङ्स विजयी भएको छ । बुधबार राति भएको खेलमा चेन्नइले कोलकाता नाइट राइडर्सलाई...

ईपीजी प्रतिवेदन टुंगोमा पु-याऊ

सीमारेखा झट्ट हेर्दा एउटा देशको सीमाजस्तो देखिए पनि यो अन्तर्राष्ट्रिय सीमांकन हो । नेपाल–भारतबीच रहेको अन्तर्राष्ट्रिय सीमा अद्यावधिक गर्न लामो फिल्ड वर्कसहित दुवै देशका...

कर्मचारीमा पनि कोरोना, सेवाग्राहीमा पनि सन्त्रास

सप्तरी, राजविराज । भारतबाट घर फर्केका एक कर्मचारीमा कोरोना संत्रमण पुष्टी भएको छ । यहाँ स्थित गजेन्द्र नारायण सिह अस्पतालमा गरिएको पिसिआर परिक्षणको विहीवार...

साताका लोकप्रिय समाचार

म्यान्मारमा दुखेको मानवता

काठमाडौं । गएको मार्च २८ मा म्यान्मारमा ‘सशस्त्र प्रहरी बल दिवस’ परेको थियो । त्यसैदिन जुन्ता सरकारको विरोध र प्रजातन्त्रको पुनस्र्थापनाका लागि निस्किएको विशाल...

नौ महिनामा मरे ३० गैँडा

 चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैँडा मरेका छन् । तीमध्ये २६ वटा प्राकृतिक कारणले मरेका...

कर्मचारीमा पनि कोरोना, सेवाग्राहीमा पनि सन्त्रास

सप्तरी, राजविराज । भारतबाट घर फर्केका एक कर्मचारीमा कोरोना संत्रमण पुष्टी भएको छ । यहाँ स्थित गजेन्द्र नारायण सिह अस्पतालमा गरिएको पिसिआर परिक्षणको विहीवार...

स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए

काठमाडौं । कोभिड–१९ सङ्क्रमण नभएको स्वास्थ्य परीक्षण प्रतिवेदनलाई मान्यता नदिइँदा १२२ यात्री आज विमानबाट ओरालिएका छन् । सुरिया हेल्थ केयर प्रालि र मेरिट मल्टिकेयर...

भारतबाट फर्केका पुरूषकाे काेराेनाबाट मृत्यु, एक सातामा पाँचकाे निधन

पर्सा ।  कोरोना सङ्क्रमणकै कारण पर्सामा आज फेरि एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । भारतबाट केही दिन अगाडि नेपाल फर्किएका वीरगञ्ज महानगरपालिका–१४...

ट्रेन्डिङ

सबै राष्‍ट्रमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरूद्धको अभियानमा अग्रपङ्क्तिमा रही सेवा प्रदान गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारीलगायत सबैमा आभार व्यक्त गरेकी छन्...

काममा पारदर्शिता अपनाऊ

सरकारका कामकारबाहीमा पारदर्शिता नभएको भनेर सार्वजनिक रूपमा भइरहेका टीकाटिप्पणी अब संसदीय समितिमा नै बहस हुन थालेपछि विषय निकै गम्भीर बन्न पुगेको छ । कोरोना...

कोरोना आशंकाको पहिलो परीक्षण रिपोर्टः ‘नेगेटिभ’

बागलुङ । कोरोना भाईरस संक्रमण आशंकामा बागलुङबाट पहिलो पटक नमुना परीक्षणको लागि पठाइएको ‘स्वाब’को रिपोर्ट नेगेटिभ आएको छ । भाईरस संक्रमण आशंकामा धौलागिरी...

पर्शुराम मृत्यु प्रकरण : पूर्वी पृतनाअगाडि न्यायको चित्कार

इटहरी । सुनसरीको रामधुनी नगरपालिका वडा नं. ३ का पर्शुराम भट्टराईको हत्या भएको भन्दै पीडित परिवारले इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतना गेट अगाडि धर्ना...

संवैधानिक परिषद् बस्नकै लागि दोस्रोपटक अध्यादेश जारी

काठमाडौं । संवैधानिक परिषद्को बैठक बस्न नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी छन् । अध्यादेश...

सिजनमा मलको हाहाकार हुँदा पनि धान उत्पादन हालसम्मकै उच्च

काठमाडौँ । अनुकूल मौसम र समयमा रोपाइँ भएकाले धान रोपाइमा रासायनिक मलको चरम अभाव भएपनि चालु आर्थिक वर्षमा धान उत्पादन हाल सम्मकै उच्च बृद्धि...

सिन्धुपाल्चोकको लिदी पहिरोः थप ३ शव फेला, मृतकको संख्या २८ पुग्यो

सिन्धुपाल्चोक । गत शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीको पहिरामा बेपत्ता भएकामध्ये थप तीनको शव भेटिएको छ । यसअघि २५ जनाको शव भेटिएकामा ११ जना...

नेकपा केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको बैठक एक महिनाका पर सरेको छ । नेकपाको केन्द्रीय कार्यालयले बुधबार एक विज्ञप्ति...

श्रीमान् विदेशः श्रीमती परपुरुषसँग गएपछि ……

तनहुँ । जिल्लाको व्यास नगरपालिका–१ भादगाउँ निवासी एक महिला श्रीमान् विदेश भएको मौका छोपी परपुरुषसँग लागेपछि तीन वर्षीय छोरीसमेत बेखबर बनेकी छन् । पाँच...

दुई हजारको कोठा पाँच सयमै

काठमाडौं । विश्वभर फैलँदो क्रममा रहेको कोरोना भाइरस प्रभावका कारण मुलुकको पर्यटन क्षेत्र अस्तव्यस्त भइरहेका बेला अनलाइन ट्राभल कम्पनी एक्सेलट्रिप ग्लोबलले पोखरा भ्रमण गर्नेहरूका...

फाइजर र बायोएन्टेकको खोपले स्वीकृति पाउने !

लन्डन । जर्मनीका दुई उत्पादक कम्पनी फाइजर र बायोएनटेकले कोरोना भाइरसविरुद्ध उत्पादन गरेको खोपले स्वीकृति पाउने सम्भावना बढेको छ । युरोपेली तथा अमेरिकी नियामक...

आहा ! रारा गोल्डकप विजेताले १० लाख रुपैयाँ पाउने

पोखरा । पोखरामा आगामी फागुन २२ देखि चैत १ गतेसम्म सञ्चालन हुने १८औँ संस्करणको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा ! रारा गोल्डकप’ फुटबल...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)