इलाममा अलैंची: रोगले सखाप, मूल्यले उत्साह

इलाम । इलाम नगरपालिका एकका अलैँची किसान रमेश राई भन्छन उत्पादन दिँदै गरेको सुरुको बगान मासियो । बगान मासिएपछि नयाँ जातको बिरुवा र नयाँ ठाउँमा खेती गरे पनि मर्न छोडेन । अलैँची रोपेको तीन वर्ष सम्म बिरुवा राम्रो भएर आयो तर उत्पादन हुने समयमा नयाँ ठाउँको बगान पनि मासियो । १० वर्षसम्म अलैँची नभएको ठाउँमा खेती गर्दा पनि अलैँची नफस्टाएको उनको गुनासो छ ।

इलाम नगरपालिका एककै फुर्वा तामाङ भन्छन् अलैँची रोपेको तीन वर्ष पछि उत्पादन दिनुपर्ने हो तर तीन वर्ष पुगेपछि मर्न थाल्छ । उत्पादन दिने बेलामा बगानमा गानो कुहिने, ढुसी पर्ने, रातो कमिला बस्ने गरेको उनको भनाई छ ।

सोही ठाउँका टेक बहादुर बिस्ट अलैँचीमा हुने जुरजुरे नियन्त्रण हुन नसकेको बताउँछन्, बगानमा गानो ढुङ्गा जस्तो हुने र ऐजेरु पलाउने जस्ता समस्या बगान परिवर्तन गर्दा पनि आइरहने गरेको कारण बगान सखाप हुने गुनासो गर्छ ।

उनीहरू त प्रतिनिधिमूलक पात्र मात्र हुन । जिल्लाका अधिकांश अलैची किसानका समस्या यस्तै छन । कृषकले अलैँची लगाएको तिन वर्ष सम्म राम्रो हुनेर त्यस पश्चात् गानो कुहिने, ढुसी लाग्ने, र बिरुवाको मुनि रातो कमिला बसेर उत्पादन दिनै नथाली मासिने गरेको बताए । जुनसुकै जातको अलैँची लगाए पनि तीन वर्ष सम्म राम्रो भएर आउने र त्यस पश्चात् बगान नै सखाप हुने गरेको किसान बताउँछन ।

इलाम नगरपालिका वडा नं १ का पूर्व वडाध्यक्ष अम्बिका गौतमले पहिले यहाँकै बगानमा एक सय २० मन सम्म फल्ने बगान भए पनि अहिले सबै मासिएको बताए । उनले साँखेजुङमा १८÷२० मनदेखि एक सय २० मन सम्म फलाउने किसानका बगान अहिले सबै सखाप भएको भन्दै अहिले सम्म के कारणले मासिएको हो भनेर वैज्ञानिक परीक्षण हुन नसकेको बताए । मासिँदै गरेको बगानमा रहेका एक दुई वटा बुटामा कता कति फल लागेको देखिँदै छ गौतमले भने, ‘यो भनेको अलैँची खेती हुन्छ तर ठाउँ अनुसार कुन जातको र कस्तो बिरुवा लगाउने भन्ने अनुसन्धान र माटोपरिक्षण गरेर आवश्यकता अनुसारको बिरुवा लगाउनु पर्ने बताए ।’

अनुसन्धान केन्द्रका डा. मनिस कुमार ठाकुरले किसानहरुपनि जागरूक बन्नुपर्ने भन्दै समस्या आएपछि अहिले सम्म किसानले समस्या समाधानका लागि अनुसन्धान गर्ने ठाउँसम्म खोजी नगरेको कारण पनि खेती मासिएको बताए । उनले किसानलाई प्रश्न गर्दे भने तपाईँको खेती मासिएको रहेछ अहिले सम्म हामीकहाँ गुनासो राख्नुभयो ? प्रविधिको जमानामा गुगलबाट पनि समस्या समाधानको ’boutमा कहिल्यै खोजी गर्नुभयो ? भन्दै मानिस बिरामी हुँदा हामी अस्पताल खोज्दै जान्छौ तर बाली बिरामी हुँदा हामी कतै जाँदैनौ त्यस कारण पनि समाधानका लागि किसान जागरूक बन्नुपर्ने बताए ।

केन्द्रका माटो परिक्षक माधव प्रसाद यादवले खेती गरेको ठाउँमा अनिवार्य एक प्रतिशत कार्बन हुनुपर्ने बताए । ‘माटोमा के कमी भयो भन्नेतिर हामी कसैले सोचेनौ उनले भने, एक हेक्टर जमिनमा ३६ टन नाइटोजन हुन्छ, बिचमा जग्गा खाली भएन भने नाइटोजन तान्न पाउँदैन त्यसले गर्दा ठाउँ ठाउँमा खाली जमिन छोड्दै खेती लगाउनु पर्ने बताए ।

इलाम नगरपालिकाका कृषि शाखा अधिकृत उपेन्द्र नेपालले यो कार्यक्रमले किसानलाई उत्साहित बनाएको बताए । उनले इलाममा रिसर्च सेन्टर बनेको कारण पनि यहाँका समस्या समाधानका हुने बताए ।

मूल्यमा उत्साहा
रोगले सखाप भइसकेको अलैंचीबाट निरास भइसकेका किसान अहिले उत्साही छन् । अलैंचीको भाउ राम्रो आएपछि थोरै लगानीबाट किसानले उच्च मूल्य पाएसँगै उत्साहित छन । बगान सखाप हुँदै गएको बेला यो वर्ष १२ वर्षयताकै उच्च मूल्यमा अलैंची कारोबार भएपछि किसानमा जाँगर थपिएको छ ।

इलाममा प्रतिमन (४० किलो) उच्च गुणस्तरीय अलैंचीको मूल्य एक लाख १० देखि १२ हजार रुपैयाँमा किन बेच भएसँगै अलैंचीको पुराना बगान मासिएर नयाँ बगान विस्तार गरिरहेका किसान अझ हौसिएका छन । पूर्वी पहाडमा नगद आर्जनको राम्रो स्रोत बनेको अलैंचीको मूल्य करिब एक महिनायता अलैंचीको मूल्य प्रतिमन एक लाख १० हजार रुपैयाँमा आएर स्थिर रहेको इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौडेलले बताए ।

जिल्लाका बिब्ल्याँटे, फिक्कल, नयाँबजार, मङ्गल’boutलगायत बजारमा अलैंचीको कारोबार भइरहेको छ । सन्दकपुर, माईजोगमाई, देउमाई, रोङलगायत पालिकामा अलैंची उत्पादन धेरै हुने गरेको छ । जिल्लामा बर्सेनी तीन अर्ब रुपैयाँ हाराहारीको अलैंचीको कारोबार हुने गरेको अनुमान गर्न सकिने वाणिज्य सङ्घका अध्यक्ष पौडेल बताउँछन् ।

पौडेलका अनुसार २०७९ सालमा इलाममा अलैंची प्रतिमन ३२ हजार रुपैयाँमा कारोबार भएको थियो । २०८० सालमा ६० हजार पुगेको अलैंचीको मूल्य अहिले एक लाख १० हजार रुपैयाँ पुगेको हो । मूल्य उच्च भएसँगै अहिले किसानले अलैंची खेती विस्तारका लागि बारी तयार गर्ने, बिरुवा उत्पादनका लागि ब्याड राख्नेजस्ता काम थालेको बताइएको छ ।

देशको १७ हजार चार हेक्टरमा अलैंची खेती हुने गरेको पान्दामस्थित अलैंची विकास केन्द्रले जनाएको छ । यता चालु आव २०८१÷८२ को मङ्सिरसम्ममा तीन अर्ब ४५ करोड ६३ लाख ४७ हजार रुपैयाँ मूल्य बराबरको २० लाख ७४ हजार पाँच सय किलो अलैंची निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 214 times, 1 visits today)

epaper

ताजा समाचार

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान