अध्यादेशवारे निर्णय गर्न उपेन्द्र यादव पार्टीका नेताहरूसँग

काठमाडौं – सरकारले प्रतिनिधिसभामा पेश गरेका ६ वटा अध्यादेश’bout निर्णय लिन जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छलफलमा जुटेका छन् । उनी उपाध्यक्ष राजकिशोर यादवसहितका नेताहरूसँग अध्यादेशबाट निर्णय लिने अन्तिम कसरत गरिरहेका छन्।

सरकारले माघ १८ गते प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश गरेको थियो। प्रतिनिधिसभामा सत्तारुढ दल कांग्रेस-एमालेको बहुमत छ। तर, राष्ट्रिय सभामा सत्तारुढ दलको बहुमत छैन। त्यसका लागि तीन जना सांसद आवश्यक पर्छन्, जो यादवको पार्टीमा छन्।

राष्ट्रिय सभामा ५९ सांसदमध्ये बहुमत पुग्न ३० सांसद आवश्यक पर्छ। एमाले-कांग्रेससँग २६ सांसद छन्। लोकतान्त्रिक समाजवादी पार्टीको राष्ट्रिय सभामा एक सिट छ। सरकारमा रहेकाले लोसपा अध्यादेशको पक्षमा छ।

अन्य आवश्यक तीन संख्या पुर्‍याएर अध्यादेश पास गर्न सरकारलाई चुनौती थियो। बिहीबार अध्यादेश’bout निर्णयका लागि दुबै संसदको बैठक बोलाइएको छ। 

जसपा अध्यक्ष यादवले यसअघि प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरिसकेका छन्। ओली र देउवाको सन्देश लिएर उनी पार्टीका नेताहरूसँग निर्णायक छलफलमा छन्। अध्यादेशको पक्षमा उभिएसँगै जसपा कांग्रेस-एमाले सरकारमा सामेल हुनसक्ने आँकलन गरिएको छ।  

तपाइको प्रतिक्रिया
(Visited 80 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजाबादी आन्दोलनमा २ को मृत्यु २ घाइतेको अवस्था चिन्ताजनक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सबै सेवासुविधामा जनताको हितमा लगाउने छु : कृष्णबहादुर थापा