राजविराज । गरिब र पीछिडिएका समुदायका महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले सप्तरी सदरमुकाम राजविराजमा तीन महिने लामो सिलाई कटाई तालिम आयोजना गरिएको छ ।
विपन्न महिलालाइ आय आर्जनको श्रोत जुटाउन र आत्मनिर्भर बनाउन नेपाल–भारत मैत्रि संघ केन्द्रिय समितिको सहकार्यमा नेपाल–भारत मैत्रि संघ शाखा सप्तरीद्वारा उक्त तालिमको आयोजना गरिएको हो ।
नेपाल–भारत मैत्रि संघ सप्तरी शाखा अध्यक्ष मनोज मुन्धडाले सप्तरीका विपन्न महिलालाई सीप संगै आर्थिक उपार्जनमा सहयोग पु¥याउने उद्देश्यले तालिम संचालन गरिएको बताए ।
“तालिम लिएकाले सीपको सदुपयोग गरे घर मै वसेर रोजगारीको अवसर प्राप्त गर्न सक्छन–अध्यक्ष मुन्धडाले भने–त्यसैले तालिममा सहभागी हुन चाहने महिलाहरुको संख्या बढ्दै जाने विश्वास छ ।”
अहिले प्रारम्भीक चरण मै २४ जना महिला सिलाई कटाइ तालिममा सहभागी भएको प्रशिक्षक प्रमिला यादवले बताईन । तालिममा सहभागी महिलाहरुलाई उनले कुर्ती, सलवार, हरेक डिजाईनका कुर्ता, पाइन्ट लगायतका सीप सिकाउन थालेकी छिन । तालिममा नगरक्षेत्रका मात्र नभई सीप सिक्न आसपासका पालिकाका महिला समेतले सम्र्पक गरी नाम लेखाउन थालेको उनको भनाई छ ।
स्थानीय छिन्नमस्ता अस्पतालको सभाकक्ष भवनमा निःशुल्क रुपमै सूरु भएको सिलाई कटाई तालिमका लागी ११ वटा सिलाई मेशिन संघका केन्द्रिय सहअध्यक्ष शैलेन्द्र मोहन झा र संघका जिल्ला अध्यक्ष मनोज मुन्धडाले निजी खर्च गरेर खरिद गरी सहयोग स्वरुप उपलब्ध गराएका छन ।
तालिममा सहभागी भएकी राजविराज ५ की संजु देवी शर्माले सीप सिकेर घर मै मेशिन खरिद गरी सिलाई कटाइको काम गरेर आय आर्जन गर्ने सोच बनाएको बताईन ।
तलिममा सहभागी भएकी अर्की महिला राजविराज ६ की रमिला यादवले तालिम सकेर फर्के पछि अरु दिदी–बहिनीलाई पनि आपृmुले सिकेको सीप सिकाउने योजना बनाएको सुनाइन ।
रोजगारीको सिमित अवसर प्राप्त भइरहेको अवस्थामा सिलाई कटाई तालिम लिएकाले सीपको सदुपयोग गरेर घर मै रोजगारीको अवसर प्राप्त गर्ने आयोजकको विश्वास छ ।