पूर्वराजधानीकर्मी उपाध्यायले ल्याए ‘आमा म आउँदैछु’

धनगढी । पूर्वराजधानीकर्मी दीर्घराज उपाध्यायको कविता सङ्ग्रह ‘आमा म आउँदैछु’ धनगढीमा विमोचन गरिएको छ । उपाध्यायले कैलालीको धनगढीबाट राजधानी दैनिकमा लामो समयसम्म काम गरेका थिए ।

मंगलबार साहित्यकार डा. नवराज लम्साल, सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिष्ट्रार डा. हेमराज पन्त, सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठक, साहित्यकार श्रेष्ठ प्रिया पत्थर, ऐश्वर्य प्रकाशनका अध्यक्ष गणेश जोशीले संयुक्त रुपमा कविता सङ्ग्रहको धनगढीमा र विमोचन गरेका हुन् ।

विमोचन कार्यक्रममा साहित्यकार लम्सालले उक्त कविता सङ्ग्रहमा कोरोना महामारी र द्वन्द्वको क्रममा देखिएका आक्रोस र पीडालाई समेटिएको बताए ।

गत भदौमा मात्रै द्वन्द्व पत्रकारिताको एक दशक नामक कृति बजारमा ल्याएका पत्रकार उपाध्यायले कोभिड महामारी र द्वन्द्वको क्रममा जे भए त्यसमा आधारित भएर कविता सङ्ग्रह सृजना गरेको बताएका छन् ।

सुदूरपश्चिम क्याम्पसका पूर्व रजिष्ट्रार डा. पन्तले कवितामा समाजका विकृतिको चित्रण गरिएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 97 times, 1 visits today)

epaper

ताजा समाचार

नारायणी अस्पतालको आकस्मिक सेवा बन्द, बिरामी प्रभावित