सागमा विषादी छ भनेपछि यसपालि साग अलिक सस्तिएको हो, नत्र आयातित सामानसरह सागको मूल्य लिइयो । उपभोक्ताहरू मारमा परे, अतीतदेखि नै । हाल ठूलै होहल्ला भइरहेको छ कालिमाटी काठमाडौंको विषादी परीक्षणअघि नै तरकारी, फलपूmलहरू उपभोक्ताका घरघरमा पुगिसक्छन् भनेर । यो नयाँ हल्ला पनि होइन विगतदेखिकै रोग हो । सरकारले संयन्त्र नै त्यस्तो बनाएको छ । विषादी ल्याउन दिने संयन्त्र पनि कृषि मन्त्रालयअन्तर्गतकै हो । परीक्षण गरेर विषादी छ भन्ने संयन्त्र पनि एकै छातामुनि छन् । अभिभावकका लागि सन्तान सबै प्यारा नै हुन्छन् ।
सरकारको कृषि मन्त्रालयको आँकडा छ, यसपालि धान अहिलेसम्म्कै बढी उत्पादन भयो । तर धान, चामलको आयात घटेको छैन । बजारमूल्य त सगरमाथातिरै छ । भनाइ एक गराइ अर्को लोकतन्त्रको धर्म हो, त्यसैले डिस्काउन्ट रेटमा उसका अभिव्यक्तिहरू बुभ्mनुपर्ने हुन्छ अथबा भनौं कन्सेसन दरमा । धान बाली भिœयाउने बेला १२, १२ असोजको पीडा त सबैलाई यादै छ पूर्वाधारहरू, कृषि भूमि र गाउँबस्ती उजाड भएको ।
मन्त्रालयको आँकडाअनुसार यसपालि धानको उत्पादन ५९ लाख ५५ हजार ४ सय ७६ टन रहेछ । गत वर्षको उत्पादन जम्मा ५७ लाख २४ हजार २ सय ३४ टन थियो । रोपाइँ भएको क्षेत्रफल भने यसपालि २८ हजार हेक्टर जमिन घटेको थियो । तर, सरकारले विगतकोे तुलनामा ४ः४ प्रतिशत धान उत्पादन बढेको देखाइदियो र भन्यो यो वर्ष गत वर्षको भन्दा धानको उपादकत्व ५ः३८ प्रतिशतले बढेको छ । सरकारी तर्क छ— बाली लगाउने बेला मनसुन राम्रो भयो, १४ लाख २० हजार हेक्टर जमिनमा धान बाली लगाइयो । बाग्मती प्रदेशमा बाढीले जग्गा बढारे पनि मधेश प्रदेशमा उत्पादन वृद्धि भयो, १०ः७० प्रतिशतले मधेसमा धान बाली बढ्यो, सुदूरपश्चिम प्रदेशमा ६ः१९ प्रतिशतले, कोशी प्रदेशमा २ः१६ प्रतिशतले, लुम्बिनी प्रदेशमा ४ः६ प्रतिशतले धान उत्पादन बढेको तथ्यांक छ र बाग्मती प्रदेशमा १ः१३ प्रतिशतले घटेको, गण्डकी प्रदेशमा सबैभन्दा बढी ३ः२२ प्रतिशतले धान उत्पादन घटेको तथ्यांक छ । लमजुङ र नवलपरासीमा धान बाली कम भएको र समग्रमा उत्पादन बढेको देखिए पनि राष्ट्रिय माग भने नधानिने सरकारी भनाइ आएको छ । माग धान्नका लागि हामीकहाँ ७० लाख टन आवश्यक छ र साढे ५९ लाख टनले भ्याउँदैन ।
देश कृषिप्रधान नै हो तर कुर्सीप्रधान पनि भएको छ र कुर्सीमा बस्नेहरूको दूरदृष्टि नहुँदा धानको उत्पादन घट्यो विगतमा । आव २०७५त्०७६ मा धानको उत्पादन ५६ लाख १० हजार ११ टन थियो । २०७६त्०७७ मा १ प्रतिशतले घटेर ५५ लाख ५० हजार ८ सय ७८ टन रह्यो । आव २०७७त्०७८ मा १ः२८ प्रतिशतले बढेर ५६ लाख २१ हजार ७ सय १० टन पुग्यो, आव २०७८त्७९ मा धेरै घट्यो ८ः७४ प्रतिशतले ५१ लाख ३० हजार ६ सय २५ टनमा । आव २०७९-८० मा ६ः९४ प्रतिशतले बढ्यो ५४ लाख ८६ हजार ४ सय ७२ टन पुग्यो । गत वर्ष २०८०त्०८१ मा ४ः३३ प्रतिशतले बढ्यो ५६ लाख २१ हजार ७ सय १० टनमा आयो ।
भुटानले हामीलाई चामल बेच्छ । भियतनामले, भारत, थाइल्यान्ड, चीन, कोरिया, इटली, ताइवान यी देशहरू नेपालका लागि चामल बेचुवा भएका छन् । हामी भने यी र अरू देशलाई मान्छे बेचुवा भएका छौं । कठै बेचिएका मान्छेहरूले यहीँ बसेर धान उत्पादन गर्न सकेको भए हुन्थ्यो नि
धानको औसत मूल्य प्रतिकिलो ३२ ले हिसाब गर्दा यो वर्ष १ खर्ब ९० अर्ब ५७ करोड ५२ लाख ३२ हजार रुपैयाँबराबरको धान उत्पादन देखिन्छ र अभैm ७ लाख टनको कमी भएको सरकारी नै भनाइ छ । यो आव को ५ महिनामा ७ अर्ब रुपैयाँबराबरको चामल आयात भएको भन्सार विभागको आँकडा छ । यसो भनौं साउनदेखि मंसिरसम्ममा ६ अर्ब ७३ करोड १५ लाख ८२ हजार रुपैयाँबराबरको ७९ हजार ४ सय ११ मेटन चामल आयात भयो । यति नै बेला १ लाख ६३ हजार ७ सय १ मेटन भनौं ६ अर्ब ५९ करोड ४३ लाख रुपैयाँको धान पनि आयात भयो । गत वर्ष २०८०त्०८१ मा पनि ५७ लाख टन बढी धान उत्पादन हुँदा ९ अर्ब २८ करोड ९८ लाख ५६ हजार रुपैयाँबराबरको ८८ हजार ७ सय २३ मेटन चामल आयात भएको थियो । त्यस्तै धान पनि २० अर्ब ७५ करोड रुपैयाँको आयात भएको भन्सार विभागकै तथ्यांक छ । आव २०७९त्८० मा पनि ४९ लाख बढी टन धान उत्पादन हुँदा १५ अर्ब ५१ करोड २४ लाख रुपैयाँबराबरको २ लाख ३३ हजार ९ सय ७९ मेटन चामल आयात भएको थियो । आव २०७८त्०७९ मा पनि ३० अर्ब ५८ करोड २३ लाख ५६ हजार रुपैयाँको ५ लाख ७८ हजार ७ सय ६३ मेटन चामल आयात नै थियो ।
दुःख लाग्छ भुटानले हामीलाई चामल बेच्छ, भियतनामले, भारत, थाइल्यान्ड, चीन, कोरिया, इटली, ताइवान यी देशहरू नेपालका लागि चामल बेचुवा भएका छन् । हामी भने यी र अरू देशलाई मान्छे बेचुवा भएका छौं । कठै बेचिएका मान्छेहरूले यहीँ बसेर धान उत्पादन गर्न सकेको भए हुन्थ्यो नि । अहिले यूएसमा विद्यार्थीहरूसमेत ठसठस कन्दै छन् । हप्तामा २० घण्टाभन्द्या बढी काम गर्न नपाइने नियम छ । ट्रम्पले त्यो नियम लागु गर्दै छन् । हप्ताको २० घण्टा काम गर्दा बिचराहरूको खर्च धानिँदैन रे । ट्रम्पले तेल भिसा पनि नो नो भन्दै छन् । एकै परिवार ४ जना मेरा आफन्तले भिसा एप्लाई गरेका, अहँ भएन । सुत्केरी बुहारी भेट्न अमेरिका जानुभन्दा धर्म गर्न कुम्भ जानु बेस् भन्दै बिरक्तिएर उता हानिए । के थाहा अरू देशले पनि नेपाली श्रमिकलाई डिपोट गरिदिए भने, यहाँको लोकतन्त्र नै ज्या हुन सक्छ । असह्य पीडा परेर मुटुमाथि ढुंगा हानेर पो गएका छन् त नेपालीहरू विदेश । लोकतन्त्र आउनुअघि यतै थिए ती, गर्जो टरेकै थियो । खाएकै थिए, लाएकै थिए, बनिबुतो गरेकै थिए । लोकतन्त्रलाई पश्चात्ताप छैन बरु विप्रेषणमा रमाएको छ ।
१ वर्षमा एउटा नेपालीले १ सय ३३ किलो चामल खान्छ । १ सय केजी धानमा ६२ किलो जति चामल आउँछ । यसमा आत्मनिर्भर हुन ७ लाख ५० हजार टन चामल आवश्यक छ । चैते धान पनि उत्पादन हुन्छ । हालकै आँकडामा पनि चैते धानको क्षेत्रफल १ लाख २० हजार हेक्टर छ । २ लाख हेक्टर पु¥याउन सके आत्मनिर्भर हुने सम्भावना छ तर के गर्ने स्वादे जिब्रो छ नेपालीहरूको जिब्रोले मोटा चामल तान्दैन अनि आयातित मसिनो चामल चाहिन्छ र मोटा चामल त छ्याङ बन्छन् । रक्सी बन्छन् । नेपालीहरू सोखिन भएको उदाहरण हो यो । सिँचाइ मन्त्रालयको शब्द सापटी लिँदा देशमा १७ लाख हेक्टर जमिन सिँचाइ भएमध्ये खेतीयोग्य जमिन १४ लाख हेक्टरमा मात्र छ । सरकार भन्छ— सिँचाइमा ठूलै लगानी भएको छ तर अधिकांश हाम्रो जमिन वर्षामा परेको पानीमा बाली निर्भर हुने गरेको छ । समयमा रासायनिक मल प्राप्ति हुन्न । बीउको अभाव, त्यसमा प्रकोप, रोगको चिन्ता, बाढीपहिरो देशकै दूर्भाग्य छ धान भिœयाउन विदेशी कामदार हुनुपर्ने अवस्था छ । प्रांगारिक मलको अभावमा माटामा अम्लीयपना बढेको छ, उर्बरभूमि प्लटिङमा पुगेका छन् । भूमाफियाहरूको रजगज छ । वडा अध्यक्षहरूको असारे डोजर पनि कम छैनन् ।
पशु चौपायाहरूको संरक्षण छैन । घर खाली छ । गोठ, दाम्लो–किलो खाली छ । गाउँबस्तीमा नेपाली टिक्नै सकेनन् । साँझको बत्ती बाल्ने मान्छे छैन । पाहुना आए कुनै सत्कार गर्ने मान्छे छैन । उराठलाग्दो छ गाउँको जीवन । माटो उर्बर भएर के गर्नु लोकतन्त्रले कसैको मन उर्बर गराउनै सकेन । चुनावमा बसमा ओइराएर मान्छे गाउँमा लग्ने मासु भात खुवाउने, बसमै सहर फिर्ता गराउने आपूm पनि नेताजीहरू सहरतिरै रमाउने गरेका छन् । धेरै टाढा नजाऊँ पालिकाको सरकारी सचिव यतै–कतै हुन्छ । फोन सम्पर्क गरेर भेटेर बसाइँ सराइ, नाम नमिलेको मिलाउने खोइ के के काम यतै बसेर, गरेर काम फत्ते भो हजुर भनेको पंक्तिकारले सहरतिरै सुनेको छ । वास्तवमा ऊ सोलु या खोटाङ या अझ बढी दुर्गमतिरको कतैको पालिका सचिव हो । अड्डाको छाप लिएर हिँड्छ कतै भेटेर सेवा दिन्छ । सिंहदरबार भने सुशासन भनेर कुर्लन्छ । बालुवाटार भने संघीयता भन्छ । शीतल निवास भन्छ यो गणतन्त्र हो । जनताको सन्तान यहाँ बस्न पाएको । कुनै विदेशी त आएको थिएन पहिले पनि ।
धान, चामल मात्रै होइन देशले कोदो, गहुँ, जौ, भटमास सबै आयात गर्छ, फलपूmल, मासु, दूध, भनौं जनै पूर्णिमाको जनै र माघको तरुल पनि आयात नै हुन्छ र त लोकतन्त्र कति प्रफुल्ल छ सबै सामान आयात गर्दा आउने भन्सार राजस्व सोर्न पाउँदा । देश त्यसै व्यापार घाटामा गएको होइन, त्यसै यति ठूलो ऋणको भारी बोकेको होइन, यति ठूलो महँगी इतिहासमा कहिल्यै थिएन । खर्च धान्नै नसकेर आमाबाबुले सन्तान एक, उस्तैले मात्र दुई जन्माउने गरे । जनसंख्या माइनसतिर जान लागेको छ । छिमेकीलाई डेढ अर्ब जनसंख्या हुँदा पनि घाँडो भएको छैन । चीनले सबैलाई काम दिएको छ । भारत पनि उदीयमान र चौथो शक्ति हुँदै छ विश्वको । दुईतिरको बीचमा बसेका हामी ३ करोड पुगेनौं, आधा बाहिर गइसके, बाँकी आधामाथि राज गर्ने कति भद्दा राजनीतिक संयन्त्र छ हाम्रो । २५ करोड जनसंख्या भएकालाई एक प्रदेश भए पनि हुने हाम्रालाई राजनीतिक बिनालगानीको रोजगारी कति चाहिएको ? देश ढुटो भइसकेको अत्तो पत्तो नै छैन । संसद्मा अध्यादेशको जुहारी चलेको बेला हाम्रा प्रधानमन्त्री सातै प्रदेशका मुख्यमन्त्रीसँग राय–परामर्श गरिरहेका छन् । भच्र्युअल बैठक भन्दै, कति हाँस्नु सम्झँदा मन पोल्छ ।






