एक्टर चलचित्रविरुद्ध एक्टर: टेक वनको पनि मुद्दा

काठमाडौं । गत १८ माघबाट प्रदर्शनमा आएको चलचित्र ‘एक्टरः टेक वन’ यति बेला अर्को चलचित्र एक्टरलाई जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । उनीहरूले यो चलचित्रको आईतबारबाट प्रदर्शन पनि स्थगित गरेको घोषणा गरेका छन् ।

चलचित्र एक्टर : टेक वान ८० प्रतिशत भन्दा बढी चलचित्र घरबाट उत्रिसकेपछि यसको प्रदर्शन स्थगित गरिएको हो । चलचित्रले राम्रो व्यापार गर्न नसकेपछि शुक्रवार ८० प्रतिशत भन्दा बढी चलचित्र घरबाट उत्रिएको हो । यो चलचित्रको पहिलो साता ठिकै व्यापार भए पनि तेश्रो सातासम्म आईपुग्दा व्यापार त्यस्तो राम्रो छैन ।

यसरी नामको कारण विवादमा परेका दुवै चलचित्र एक्टर र एक्टर : टेक वानले व्यावसायिक रूपमा सफलता हासिल गर्न सकेनन् । दुवै चलचित्र घाटामा छन् ।

यसअघि आफ्नो जस्तै नाम राखेर प्रतिलिपि अधिकार हनन गरेको भन्दै चलचित्र एक्टरका प्रस्तुत कर्ता सम्राट् थापा, निर्माता मनोहरी थापाले एक्टर ः टेक वान विरुद्ध मुद्दा दायर गरेका थिए । ११ माघमा काठमाडौँ जिल्ला अदालतमा हालिएको सो मुद्दामाथि बहसको क्रममा अल्पकालिन आदेश जारी गर्दै अदालतले १६ माघबाट एक्टर ः टेक वानको प्रदर्शन रोकेको थियो ।

एक्टर र एक्टर : टेक वान दुवै पक्षको १७ माघमा वार्ताबाट मिलेपछि एक्टर टेक वान यही नाममा १८ माघबाट रिलिज भएको् थियो । यति बेला चलचित्र एक्टरः टेक वन प्रदर्शन स्थगित गरिएको घोषणा सहित नर्माताहरू थमनकुमार भण्डारी र मोती कार्कीले एक्टरका निर्माता सम्राट् थापा र उनको कम्पनी डायस्पोरा इन्टरटेनमेन्टविरुद्ध काठमाडौं जिल्ला अदालतमा ‘अनुचित संवृद्धि’ मुद्दा दर्ता गरेका छन् ।

शुक्रवार जारी गरिएको प्रेस विज्ञप्तिमा, मुद्दा किनारा नलाग्दासम्म चलचित्र प्रदर्शन रोक्ने निर्णय गरिएको उल्लेख छ । विज्ञप्तिमा चलचित्र रिलिजको एक दिन अघि, माघ १५ गते, अदालतको आदेश आएपछि झन्डै ३ दिन प्रदर्शन स्थगित गर्नुपरेको उल्लेख गरिएको छ । तर चलचित्रको प्रदर्शन २ दिन स्थगित गरिएको थियो ।

निर्माताहरूले यो अप्रत्याशित आदेशले दर्शकहरूलाई असुविधा पु¥याएको र एक्टरका निर्माताबाट आर्थिक ब्ल्याकमेलिङको प्रयास भएको दाबी गरेका छन् । एक्टर ः टेक वानका निर्माताहरूले बाध्यतावश सहमति गरे पनि अहिले उक्त घटनालाई गलत ठहर गर्दै डायस्पोरा इन्टरटेन्मेन्ट प्रा.लि. र सञ्चालक सम्राट् थापाविरुद्ध अदालतमा मुद्दा दायर गरिएको बताएका छन् । तर एक्टरका निर्माता मनोहरि थापाले दुबै पक्षको राजीखुसीमा त्यतिबेला सहमित भएको बताएका छन् ।

निर्माताहरूले विवाद समाधान नभएसम्म नेपालभित्र आइतबारदेखि ‘एक्टरः टेक वन’ को प्रदर्शन स्थगित गर्ने निर्णय लिएको जनाएका छन्,‘मुद्दा किनारा लागेपछि चलचित्र पुनः प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गर्छौँ,’ विज्ञप्तिमा उल्लेख छ । दुई साता अघि रिलिज भएको यो चलचित्रलाई तेश्रे साता शुक्रबारबाटै धेरै जसो चलचित्र घरले हटाई सकेको छ ।

चलचित्र एक्टर र एक्टर : टेक वान दुवै पक्षले वार्ताको क्रममा आफूहरूले कुनै पनि लेनदेन विना वार्ता गरेर सहमती भएको दुई साता अघि बताएका थिए । तर यती बेला यी दुवै पक्षबिच १५ लाख रुपैयाँमा आर्थिक सहमति भएको समाचार आएको छ । एक्टर : टेक वान पक्षले एक्टर पक्षलाई १५ लाख रुपैयाँको चेक दिएको र सो चेकलाई अहिले एक्टरः टेक वान पक्षले स्थगित गरेको पनि समाचार आएको छ । यो विषयमा एक्टरः टेक वान पक्षले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छैन । एक्टर पक्षले पनि बताएको छैन ।

एक्टर पक्षले एक्टरः वान टेक पक्षसँग क्षति स्वरूप एक करोडको माग गर्दै आएको थियो । पछि दुवै पक्षले वकिल राखेर लिखित सम्झौता गरेका थिए । सम्झौतामा आर्थिक लेनदेन उल्लेख गरिएको थिएन ।

चलचित्र एक्टर व्यावसायिक रूपमा सफल भएपछि रिलिज भएको यो चलचित्रका निर्माताले रिलिज भएको एक सातापछि एक्टर टेक वान विरुद्ध मुद्दा दायर गरेका थिए । यस्तै एक्टरः टेक वान पनि रिलिज भएको दुई सातापछि यो चलचित्रले निर्माण पक्षले एक्टरको निर्माता विरुद्ध मुद्दा दायर गरेका हुन् । यसरी व्यबसायिक रुपमा दुबै चलचित्रले असफलता भोगेपछि बल्ल एकले अर्कालाई मुद्दा दायर गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)

epaper

ताजा समाचार

टिकटकर तुलसी अधिकारीको थुनछेक बहस सुरु