वैदेशिक रोजगारीमा महिला: चुनौती र जोखिम

वैदेशिक रोजगारीमा संग्लग्न महिलाको अवस्था, चुनौती र जोखिम पक्षको अध्ययन तथा अनुसन्धान गर्दा खाडी मुलुकमा नेपाली महिला कामदार भिसामा जाने गरेका छन् । महिला वैदेशिक रोजगारीमा जानुपर्ने कारण के ? हाम्रो पितृसत्तात्मक समाजमा छोरीलाई हेर्ने दृष्टिकोण के ? सबै हुने नहुने नियम केवल छोरीलाई मात्र ? छोरीले नियम पालना गर्न हुने तर छोरीको नाममा सम्पत्तिको भागबन्डा किन नहुने ? छोरीलाई मात्र नियम लगाउने भए बसाएर खुवाउनुप¥यो नि † बाध्यताले किन वैदेशिक रोजगारमा पठाइन्छ त ? इच्छा र बाध्यता फरक हुन् ।

यस्तै, विभिन्न समस्यामध्ये सामाजमा देखिने, सुनिनेमध्येका नेपाली महिला दिदीबहिनी देशमा राम्रो काम नपाएर, कसैले काम पाए पनि घर धान्न एकदम गाह्रो हुने कम पैसा पाएर अप्ठ्यारोमा परेर अन्य देशमा राम्रो पैसा हुन्छ भनेर सम्पूर्ण कुरा नबुझी, कुनैकुनैमा त बाहिरी देशको कामदार भिसामा त्यहाँको कानुन–नियम जानकारी हुँदा पनि साथीभाइ, नातागोता, सामाजिक सञ्जाल, अन्यबाट विश्वासमा परी मासिक ब्याजमा ऋण सापटी गरेर जान्छन् । कोही आफ्नै कमाइबाट २ लाख ५० हजार रुपैयाँसम्म तिरेर कामदार भिसाको प्रक्रिया सुरु गरेर घरेलु काममा गएका छन् । कसैले तालिमका ’boutमा केही थाहै पाएनन्, कसैले विदेशमै पाए । कसैको भिसा तुरुन्त आयो । कसैको ६ महिना वा धेरै समय लाग्यो । आफू कुन देश जाँदै छु, सो देशको कानून कस्तो छ, थाहा पाएर पनि कति त अर्को देश हुँदै गन्तव्य देश गएका छन् । कसैले एउटा देश भनेर प्रक्रिया सुरु गरेका तर आफू अर्को देशमा पुगेको पनि बताउँछन् । त्यसमा पनि झन् खाडी मुलुकको सरिया ल, काफला ल, पासपोर्ट सबै स्पोन्सरको हातमा हुन्छ, समस्या पर्दा सजिलै समन्वय गर्न पाउँदैनन् । घरभित्रै थुनिएर काम गर्नुपर्ने, घर परिवारसँग सम्पर्क गर्न नपाइने, यहाँसम्म कि समयमा मासिक तलबसमेत केही मात्र आउने, अरू एजेन्टको कम्पनीमा जाँदो रहेछ । नेपाली दिदीबहिनी प्रायः सामान्य लेखपढ गरेका साक्षार मात्र छन् । घरायसी काममा गएका कतिपयले घर मालिक राम्रो भएकाले कुनै किसिमको यातना सहनु नपरेको, भाग्यवश राम्रै छ पनि भन्छन् । तर, अधिकांश खाडी मुलुकमा गएका कम पढेका गरिब, विपन्न वर्गका, सोझो मान्छे सजिलै दलालको विश्वासमा परी वैदेशिक रोजगारीमा सस्तो ज्यालामा किनमेल भइरहेका छन् ।

अहिले नेपालको कानुन संशोधन गरेर नेपाली महिला घरेलु कामदारमा जान रोक लगाइएको छ । यसरी घुमन्ते वैदेशिक रोजगार व्यवसायीले झुक्याई झूटा कागज विवरण पेस गरी भारत हुँदै लगेको पाइएको छ, जसले गर्दा विभिन्न यातना सहन नसकी मृत्य भई लाससमेत भारतमा पुग्छ । खाडी मुलुकका नियम कानुन, सीपमूलक तालिमको अभाव, भाषिक ज्ञानको कमी, सूचनाको अभाव, सामाजिक सञ्जालमा प्रकशित विज्ञापन, अनपढ, गरिब, पिछडिएका जातजाति, विपन्न वर्गका नेपाली महिला शारीरिक यातना एवं मानसिकदेखि श्रम शोषणमा परेका छन् । उनीहरूले फोनमार्फत आफ्नो घर परिवारलाई केही कानुन संशोधन भए काम गर्न सहज हुनेथ्यो पनि भन्छन् ।

नाम परुवर्तित सीमाका परिवारमा ४ जना सदस्य छन् । उहाँ विवाहित हुनुहुन्छ । उहाँले आधारभूत शिक्षा मात्रै पढ्नुभएको छ । उहँले सामाजिक सञ्जालमार्फत कतारमा गई मासिक ३४ हजार कमाउने सोच बनाउनुभएको छ ।

यसअघि पनि अरू देशमा जानुभएको थियो । उहाँको घरपरिवारले कमाएको पैसाले घर चलाउन गाह्रो भएर बैंकबाट २ लाख रुपैयाँ ऋण लिनुभएको छ । उहाँलाई अरू सामाजिक सुरक्षा कोष, बिमा आदिका ’boutमा कुनै कुरा थाहा छैन । उहाँलाई नेपालमै रोजगार भएको भए हुन्थ्यो भन्ने लाग्छ । नेपाल सरकारको तर्फबाट विदेश जान पाए हुन्थ्यो, यसो गर्दा ठगीमा परिने थिएन भन्ने लाग्छ । उहाँ जानुभएको देशमा स्वतन्त्र रूपले काम गर्न बस्न व्यवस्था भइदिएको भए काम गर्न बस्न सहज हुन्थ्यो पनि भन्नुहुन्छ । उहाँ र उहाँजस्ता अन्य सबै नेपाली महिलाको कुरा मन्त्रलायसम्म पुगोस्, कानुनी कुराहरू नयाँ नीति नियम लागू होऊन् ।

सीमाजस्ता थुप्रै महिला छन् जो कि वैदेशिक रोजगारीका नाममा किनबेच, ओसारपसार भइरहेका छन् र कतिपय सकुशल नेपाल फर्किन्छु कि बाँच्नेछु कि छैन भन्ने दोधारमा छन् । सरकारले हाल घरेलु काममा रोक टोक गरेको अधिकांशलाई चित्त बुझेको छैन । झन् आफ्नै देशमा श्रम शोषणमा परेका छन् । काम पाएका छैनन् । घरेलु हिंसा सहेर बस्नुपर्ने अवस्था छ । ऋण, सम्बन्धविच्छेदजस्ता घटना बढेको अवस्था छ । बरु सरकारले नियम कानुन प्रभावकारी बनाइदिए स्वतन्त्र भएर काम गर्न सजिलो हुन्थ्यो । नेपालमा एक त महँगी, अर्को आफ्नै देशमा बस्ने चुनौती पनि छन् । राज्यले वैदेशिक रोजगारमा जाने महिलाको विषयमा अझ बलियो नियम, कानुन बनाउनुपर्छ होइन भने सरकारले भइरहेका वा भविष्यमा हुने विकृतिको जिम्मेवारी लिनुपर्छ । घरघर रोजगारीको व्यवस्था, भत्ता दिनुपर्छ । जान देऊ कि नभए यहीँ अवसर देऊ ।
लेखक कानुन व्यवसायी हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 195 times, 1 visits today)

epaper

ताजा समाचार

कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा ३ कर्मचारीसहित ५ जना पक्राउ