बहुराष्ट्रिय राज्यको अवधारणा राष्ट्र विखण्डन गराउने खेल

नेपालमा २०६३ सालपछि विदेशीको खेल मैदान भएको छ । तराईका कतिपय मधेसी भनाउँदालाई पैसा दिएर कैयौं काण्ड गराएको कुरा भारतीय गुप्तचर संस्था ‘रअ’ मात्र होइन, युरोपका क्रिस्चियन राष्ट्रहरूको पनि लगानी थियो । युरोपेलीबाट त्यो क्रमले अझै निरन्तरता पाइरहेको छ । भारतमा भाजपाको सत्ता आएपछि भारतीय गुप्तचर संस्था ‘रअ’सँग बाबुराम भट्टराईको सम्पर्क टुटेको छ । त्यसको बदलामा युरोपका कतिपय क्रिस्चियन राष्ट्रले बाबुराम भट्टराई विश्वास गरेर सहयोग गरिरहेका छन् । किनकि बाबुराम भट्टराई पनि क्याथोलिक क्रिस्चियन भएकाले युरोपेली विश्वस्त हुने ठाउँ भयो । बाबुराम भट्टराईजस्ता क्रिस्चियन र उपेन्द्र यादवजस्ता अडान नभएका तराईका व्यक्तिहरूले आफ्नो प्रभावमा लिएर युरोपका चर्चहरूको अर्बौं रुपैयाँ खुवाएर विश्वको एक मात्र हिन्दू अधिराज्यलाई ध्वस्त गरी यो तपोभूमिमा इसाईकरण गर्न चाहन्छन् । त्यहीक्रममा युरोपेलीले भट्टराईजस्तो विश्वास प्राप्त इसाई खटाएका हुन् । तराईका कथित मधेसीमा बौद्धिक ज्ञानको अभाव छ । उपेन्द्र यादव केही प्रशिक्षित भए तापनि बाबुरामजस्तो षडयन्त्रकारी होइनन्, त्यसैले उनीहरूले बाबुराम भट्टराईमार्फत नै बहुराष्ट्रिय राज्यको नारा उठाउन सफल भएका छन् ।

यस हिसाबले पहिला माओवादी द्वन्द्वको समयमा पनि युरोपका केही इसाई संस्थाहरूले माओवादीलाई आर्थिक र हतियारको सहयोग गरेका थिए । विभिन्न चलखेलका आधारमा २०६३ साल जेठ ४ गते विश्वको एक मात्र हिन्दू अधिराज्य विस्थापित गरेर नेपाललाई धर्मनिरपेक्ष राज्यका रूपमा घोषित गरियो ।

विशाल नेपालको एकीकरण कसरी भयो भन्ने कुरा हामी नेपालीले आत्मसाथ गर्ने कुरा हो । गोर्खाका राजा पृथ्वीनारायण शाह र त्यसपछि उनका कान्छा छोरा बहादुर शाहको नेतृत्वमा हिमवत्खण्डका हिन्दू राज्यमध्ये गोर्खालगायत नुवाकोट, कीर्तिपुर, कान्तिपुर, भक्तपुर, ललितपुर, मकवानपुरदेखि टिस्टासन्मका हिन्दूपति सेन वंशीका राज्य, पाल्पा, कास्की, चौदण्डी हुँदै पश्चिमतर्फ बाइसे, चाबीसे हुँदै कुमाउ, गडवाल, काँगडासम्मका हिन्दू राज्यहरूको एकीकरण गरी हिमवत्खण्डका हिन्दू राज्यहरूको अस्मिता बचाएर विश्वको एक मात्र हिन्दू अधिराज्य स्थापित हुन सकेको थियो । त्यस बेला दक्षिण भारतमा रहेको अंग्रेजी साम्राज्यले हिमवत्खण्डका स्वतन्त्र हिन्दू राज्यमाथि आक्रमण गर्न खोजिरहेको अवस्थामा यहाँका ससाना हिन्दू राज्य संकटमा थिए । हिमवत्खण्डका सम्पूर्ण हिन्दू राज्य एकीकरण गर्न नसकेक तापनि ५४ जति हिन्दू राज्य एकीकरण गरेर बनेको उसबेलादेखि निर्माण भएको नेपाल एक हिन्दू अधिराज्य हो । भारतमा मुसलमान र अंग्रेजी साम्राज्यबाट हिन्दू अस्मितामाथि आक्रमण गरेर एकछत्र मुसलमान र अंग्रेजले प्रभाव जमाइरहेको अवस्थामा यस क्षेत्रको सार्वभौम अस्तित्व बचाएर राख्न सक्ने एउटा सपूत पृथ्वीनारायण शाहको जन्म हुनु नेपालीको अहोभाग्य थियो । नेपालको राष्ट्रिय एकीकरणसँग जोडिएको विश्वको नै एक मात्र हिन्दू राज्य विस्थापित गराउन त्यही क्रममा ठूलो जालसाझीका रूपमा गणतन्त्र र संघीयता पनि लादिएको हो । यो कार्यमा बाबुराम भट्टराईको ठूलो सक्रियता थियो ।

उपेन्द्र यादव अहिले बाबुराम भट्टराईमार्फत बहुराष्ट्रिय राज्यको नारा उठाउन सफल भएका छन्

जब संविधानसभाबाट २०७२ साल असोज ३ गते धर्मनिरपेक्ष, गणतन्त्र र संघीयतालाई उपलब्धिका रूपमा लिएर संविधान घोषणा भयो । त्यस संविधानमा बाबुराम भट्टराईले इस्वी संवत् राख्न चाहेका रहेछन्, तर अरूको सहमति नभएपछि त्यो २०७२ सालमा घोषित संविधानमा विक्रम संवत् २०७२ नै उल्लेख छैन । त्यत्ति मात्र होइन, संसद् सचिवालयमा सभामुख सुवास नेम्वाङ र बाबुराम भट्टराईको चासोमा त्यो संविधानको पाँचप्रति बाइबल आकारको साइज र रङका राखिएका छन् । स्मरणरहोस्, २०४७ साल, २०१९ साल २०१५ सालका सबै संविधानमा विक्रम संवत् उल्लेख छ । संविधानमा संवत् नै उल्लेख गरिएको छैन भने त्यहाँभित्र कति ठूलो षडयन्त्र रहेछ भन्ने बुझिन्छ । त्यसैले, नेपाललाई भड्खालामा हाल्न पहिलादेखि नै बाबुराम भट्टराई सक्रिय थिए भन्ने बुझिन्छ । जनआन्दोलन विसर्जन भएपछि नयाँ सडकको जुलुसमा बाबुरामकी श्रीमती हिसिला यामीले ‘नेपाल विघटन गर्नुपर्छ’ भनेको कुरा हामी सबैले टिभीमा सुनेका थियौं । यसबाट थाहा हुन्छ, यिनीहरू कति देशद्रोही रहेछन् ।

संविधानमा धर्मनिरपेक्ष, गणतन्त्र, संघीयता रहेपछि आफ्नो काम सकिएको भन्ने ठानेर बाबुराम भट्टराई नेपालको अस्तित्वलाई समाप्त गर्न माओवादी पार्टी छोडेर नयाँ शक्ति पार्टी खोलेर नानाभाती कुकर्म गर्न खोजे । नयाँ शक्ति पार्टी उद्घाटन दशरथ रंगशालामा हजारौं मानिसको उपस्थिति थियो । ती सबै देशभरिका क्रिस्चियन थिए होलान् । तर, पछि सबै लाखापाखा लागे । नयाँ शक्तिमा त दुईचार जना मात्र रहे । अरूले पनि छोड्दै गए । पछि केही नलागेर नयाँ शक्ति पार्टी पनि छोडेर बाबुराम उपेन्द्र यादवको समाजवादी दलमा मिल्न पुगे । त्यसले पनि नपुगेर अहिले हिजो सोनियाँ गान्धीको समयमा अखण्ड नेपालको तराईलाई विखण्डन गराउन भारतीय गुप्तचर संस्थाले परिचालन गरेका कथित मधेसी भनाउँदा दलालको जनता पार्टीसँग उपेन्द्र र बाबुराम भट्टराईको समाजवादी दल मिलेर एक भएका छन् । यसैबेलामा बाबुराम भट्टराईले बहुराष्ट्र राज्यको कुरा झिेकेर अहिले अरू नांगिएका छन् । बाबुराम भट्टराईबाट अहिले बहुराष्ट्र राज्यको कुरा आएपछि नेपालमा खुल्दुली मच्चिएको छ । हुन त बाबुराम भट्टराईको कुनै अडान हुन्न । जे पायो त्यही बक्बकाउँछन् । तर, यत्तिकैमा बाबुरामको कुनै मतलब छैन भनेर चुप लाग्नु पनि ठीक छैन । यो खतरनाक बहुराष्ट्रको अवधारणा यो युरोपेलीहरूको एजेन्डा हो । उपेन्द्र यादव, बाबुराम भट्टराईहरू र मधेसी भनाउँदा जनता पार्टीका धेरैजसो युरोपेलीहरूबाट पालिएका छन् भन्ने कुरा यिनीहरूका क्रियाकलाप, हाउभाउले बुझिन्छ ।

अहिले उठाइएका राज्य विखण्डन गर्न सक्ने खतरनाक खेल’boutमा ‘कति घातक छ बहुराष्ट्रको धारणा’ भन्ने विश्लेषण गरेर देवप्रकाश त्रिपाठीले सार्वजनिक गरेका छन्–‘नेपालको एकीकरण कुनै एक जाति, भाषिक समूह, संस्कृति र धार्मिक समुदायबाट भएको होइन । मगर गुरुङ, क्षेत्री, ब्राह्मणलगायतका जातजातिको संयुक्त प्रयासमा नेपालको एकीकरण सम्पन्न भएको हो । त्यसक्रममा मुसलमानहरूले समेत अविच्छिन्न सहयोग पु¥याएका थिए । यदि काठमाडौं उपत्यकाका नेवार एकीकरणको पक्षमा थिएनन् भने उनीहरू एकजुट भएर विरोध गर्न सक्थे तर गरेनन् । बरु पृथ्वीनारायण शाहको कदमलाई स्वागत गरे, सहयोग पु-याए ।

तामाङ तथा पूर्वी नेपालका राई, लिम्बुले एकीकरणलाई असहयोग गर्न खोजेको भए पनि तस्बिर अर्कै हुन सक्थ्यो । यसरी, यस भूक्षेत्रका सबै आर्थिक, सांस्कृतिक, एवं जातिको सत्प्रयासमा आजको नेपाल उभिएको हो । विविधतालाई एउटा सीमाभित्र समेट्ने र त्यसैलाई एउटा राष्ट्रिय राज्यका रूपमा स्थापित गर्ने दूरदृष्टि नेपालको एकीकरणसँग राखिएको हो । नेपालको सीमाभित्र सबै भाषा नेपालीको हो र यहाँ जुनसुकै धार्मिक, सांस्कृतिक एवं जातीय समुदाय अस्तित्वमा रहे पनि ती सबै नेपाली हुन् । हामीभित्रको विविधता र विविधताभित्र एकतालाई तोडफोड गर्ने विचार÷अवधारणा कसैले अघि सार्छ भने नेपाल र नेपालीको हितमा किमार्थ हुन सक्दैन, बरु नेपाल विघटनको प्रारम्भिक प्रयासका रूपमा त्यसलाई बुझ्नुपर्छ । ’cause जुन उद्देश्य र चालबाजीअनुसार यसलाई अघि बढाउन खोजिएको छ । नेपाल विघटन गराउनेबाहेक अर्को कुनै उद्देश्य बहुराष्ट्रिय राज्यको नारा अघि सारिएको ठान्न सकिँदैन ।

युरोपेलीहरूले राज्यको सार्वभौमिक सर्वोच्चता र सीमाको सिद्धान्त त्यहाँ धार्मिक र जातीय समुदायले बनाइएका थिए । युरोपमा पोपहरू प्रत्यक्ष रूपमा राजकाजमा संलग्न हुन्थे । किनकि युरोपका राज्यहरू सन् १५५५ देखि धर्म र जातीय आधारमा चलाइन्थे । युरोपेलीहरूले बहुराष्ट्रिय राज्यको अवधारणा लागू गराउन खोज्दा कैयौं मुलुकहरू गृहयुद्ध र विखण्डनको मारमा फसेका छन् । केही वर्ष पहिले अखण्ड सुडान उत्तर र दक्षिण दुई सुडान राष्ट्रमा परिणत भएका थिए । युरोपेली राष्ट्रको इसाईकरण गर्ने घिनलाग्दो खेलले अफ्रिकाका कैयांै देशले आफ्नो अस्मिता गुमाइसकेका छन् । जातीय आधारमा राज्य खडा गर्न खोज्दा युगोस्लाभिया, सोभियत संघको अस्तित्व नै समाप्त भयो । त्यही हिसाबले नेपालमा पनि जातीय र क्षत्रीय नाराबाट जातीय राज्यहरू खडा गर्न अथक प्रयत्न भएको हो । नेपालमा संघीयता लाद्न खोजेको पनि यस्तै सजिलोका लागि हो । नेपालको हितको लागि होइन । जातीय आधारमा प्रदेशहरूलाई आर्थिक सहायता दिन सक्रिय पनि तिनै युरोपीहरू नै छन् ।

मोदी सरकारले नेपालको सांस्कृतिक राष्ट्रवादमा धार्मिक महत्व दर्शाउन खोजेकाले हिजोको जस्तो खतरा यो भूमिलाई नआउला

पृथ्वीनारायण शाहबाट जसरी प्रजातान्त्रिक मान्यताबाट विशाल नेपालको एकीकरण गरिएको थियो, त्यसरी नै नेपाललाई हिँडाउन सकियो भने त्यही प्रजातान्त्रिक बाटोले स्थायित्व लिन्छ । कीर्तिपुरको लडाइमा कालु पाण्डेको मृत्यु भएपछि पृथ्वीनारायण शाहका भाइ शूरप्रताप शाहको आँखा फुटेको थियो । आँखा फुटेपछि कान्तिपुरमा जयप्रकाश मल्लको संरक्षणमा रहेका केपुचिन पादरीसँग रहेका इसाई डाक्टरले शूरप्रताप शाहको आँखामा दबाइमुलो गरेका थिए । यस हिसाबले पृथ्वीनारायण शाह क्रिस्चियनसँग सुरुमै सशंकित थिएनन् । तर, कीर्तिपुर विजयपछि केपुचिन पादरीले पृथ्वीनारायण शाहलाई कान्तिपुर आक्रमण गर्न असफल बनाउन इस्ट इन्डिया कम्पनीसँग अंग्रेजी फौज सहायता मागेको र त्यही अनुरोधमा २४ सय अंग्रेजी पल्टन कर्नेल किन्लोकको नेतृत्वमा सिन्धुलीगढीबाट आउन लागेका बेलामा पृथ्वीनारायण शाहका गोर्खाली सेनाबाट हराएर भगाएपछि उपत्यकामा त्यसबेला अंग्रेजको दूत भएर इसाई धर्मको प्रचार गर्ने पादरीहरूको चालदेखि पृथ्वीनारायण शाह अत्यन्त सशंकित थिए । पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजय गरेपछि क्रिस्चियन धर्म प्रचारक केपुचिन पादरीलाई यहाँबाट धपाएका थिए । त्यही पूर्वाग्रह राखेर पश्चिमाहरू अझसम्म नेपालको अस्तित्व समाप्त गर्न यहीँका कैयौं दलाललाई करोडौं पैसाको खोलो बगाएर लागिपरेका छन् ।

विश्वमा नेपाल र भारत दुई हिन्दू राज्य हुन् । भारतलाई मुसलमान र क्रिश्चियनले दपेटेको हुँदा हिन्दूराष्ट्र उल्लेख हुन सकेन । यो अखण्ड हिन्दू तथा बौद्ध भूमिमाथि भारतीय कांग्रेस (आई)की सोनियाँ गान्धीले अनेकौं षडयन्त्र गरेर यहीका बाबुराम भट्टराईजस्ता दलालहरूलाई प्रयोग गरेकी थिइन् । जुन उनका लागि आत्मघाती भयो । तर, २०७१ सालपछि भारतमा हिन्दूवादी पार्टी भाजपा शासनसत्तामा आएकाले नेपाल भारतबीचका किचलो हट्दै गएको छ । नेपालको सांस्कृतिक राष्ट्रवादमा धार्मिक महत्व दर्शाउन मोदी सरकारले खोजेकाले अब हिजोको जस्तो खतरा यो भूमिलाई नआउला ।

अतः अब नेपालका पार्टीभित्र र बाहिरका देशभक्तले नेपालको स्थायित्व, एकता र प्रतिष्ठाका लागि, नेपालको सार्वभौमसत्ताको मेरुदण्डका रूपमा स्थापित शक्तिलाई यथावत् रूपमा मान्यता गरी २०४७ सालको संविधानको प्रस्तावनामा उल्लिखित अपरिवर्तनीय कुरालाई यथावत् रूपमा कायम गरेर नेपालको अस्तित्व युगयुगान्तरसम्म बाँच्नुपर्छ । यसरी नेपालको सांस्कृतिक राष्ट्रवाद धार्मिक महत्व दर्शाउन खोजेपछि पछिका दिनमा हिजोको जस्तो खतरा यो भूमिलाई नआउला ।

तपाइको प्रतिक्रिया
(Visited 516 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्रीले बोलाए हस्तकला महासंघका प्रतिनिधि