इन्स्पेक्टर सन्तोषी महत मृत्यु प्रकरणमा अर्का इन्स्पेक्टर विवेक जोशी पक्राउ

काठमाडौँ । सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणको अनुसन्धानका लागि सशस्त्रकै इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका छन् । ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी इन्स्पेक्टर सन्तोषी महत आत्महत्या दुरुत्साहन प्रकरणमा जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सन्तोषीको परिवारले जोशीविरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएपछि उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्त शर्माले जानकारी दिए ।

१६ बेसिकका इन्सपेक्टर जोशी २३ नं.गण तनहुँमा कार्यरत छन् । जोशी र सन्तोषी प्रेमी–प्रेमिका रहेको परिवारको दाबी छ । उनकै कारण सन्तोषीले आत्महत्या गर्नु परेको जाहेरीमा दाबी गरिएको छ ।

यो घटना’bout छानबिन गर्न सशस्त्र प्रहरी बलले प्रहरी नायब महानिरीक्षक लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । इन्स्पेक्टर बेसिकको तालिम गर्दै आएकी सिन्धुपाल्चोककी महत पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन ब्यारेकमा आइतबार मृत भेटिएकी थिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 394 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम