मिस ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्दै विधि

काठमाडौं । ‘मिस ग्लोबल २०२५’मा नेपालको प्रतिनिधित्व विधि लम्सालले गर्ने भएकी छन् । कम्बोडिया र थाइल्यान्डमा आयोजना हुने यो प्रतियोगिताको लागि उनी कम्बोडिया तर्फ लागेकी छिन् ।

विधि ‘मिस नेपाल पिस–२०२४’की विजेता हुन् । आयोजक नेक्स्ट मोडल्स नेपालको तर्फबाट उनी कम्बोडियातर्फ सोमबार राती उडेकी हुन् । उनलाई प्रतियोगितामा ‘मिस नेपाल पिस’को आयोकज पक्षले पठाएको हो ।

विधि लम्साललाई नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा बिदाइ गरेका थिए । दुई दर्जन बढी देशका नर्सिङ सुन्दरीहरू सहभागी हुने यो प्रतियोगितामा विधि लम्सालले नेपालको कला संस्कृति समेत प्रस्तुत गर्ने बताएकी छिन् ।

बुधवारबाट मिस ग्लोबल २०२५को प्रशिक्षण सुरु भएको छ । यो प्रतियोगिताको विजेता आगामी ९ मार्चसम्म घोषणा गरिने आयोजक पक्षले जनाएको छ । १५ दिन कम्बोडिया र थाइल्यान्डमा विभिन्न प्रशिक्षण दिएपछि यसको ग्रान्ड फिनाले गरिने पनि आयोजकले जनाएको छ । प्रतियोगिताको लागि विधि नेपालको एकल प्रतिनिधि हुन् ।

काभ्रेपलाञ्चोककी नर्स विधिले केही अगाडि २३ नर्सिङ सुन्दरी लाईपछि पार्दै ‘मिस नेपाल पिस’को उपाधि जितेकी थिइन् । विधि अहिले नागरिक कलेज अफ हेल्थ साइन्सेसमा बिएससी नर्सिङमा अध्ययनरत छिन् । आफूले यो प्रतियोगिताको लागि विभिन्न प्रशिक्षण लिएर कार्यक्रममा सहभागी भएको विधिले बताएकी छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 82 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम