सुमनको स्मृतिमा आश्रमलाई सहयोग

काठमाडौं । विनाशकारी भूकम्प (२०७२)मा परी निधन भएका खेल पत्रकार सुमन भोम्जनको पाँचौं वार्षिक स्मृतिमा शुक्रबार हेटांैडाको एक वृद्धाश्रमलाई नगद सहयोग गरिएको छ ।

हेटौंडा–२, चौकी टोलमा रहेको ओम वृद्धाश्रममा आश्रितहरूलाई एक दिनको भोजन ग्रहणका लागि नेपाल खेलकुद पत्रकार मञ्च केन्द्रीय कार्यसमिति काठमाडौंले आफ्ना मञ्चका मकवानपुर समन्वय शाखाका संस्थापक अध्यक्ष भोम्जनको स्मृतिमा वृद्धाश्रलाई १० हजार रुपैयाँ सहयोग गरेको हो । मञ्च मकवानपुर अध्यक्ष राजन दाहाल, सुमनकी आमा विमला भोम्जन, दाजु मदन भोम्जन, नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकरद्वय रञ्जन विष्ट र अञ्जन विष्टसहितको समूहले उक्त रकम आश्रमका अध्यक्ष बुद्धिप्रसाद पौडेललाई हस्तान्तरण गरेका थिए ।

आश्रममा ४० जना वृद्धवृद्धा छन् । गोरखापत्र दैनिकमा कार्यरत भोम्जनको २०७२ साल वैशाख १२ गतेको भूकम्पमा परी काठमाडौंमा निधन भएको थियो । भूकम्प १२ गते आएको भए पनि भोम्जनको शव ८ दिनपछि अर्थात् वैशाख १९ गते भेटिएको थियो । उनको शव भेटिएको दिनलाई नै मञ्चले हरेक वर्ष स्मृति दिवसका रूपमा मनाउँदै आएको छ ।

भोम्जनको स्मृतिमा प्रत्येक वर्ष वैशाख १९ गते मञ्चले विभिन्न रचनात्मक क्रियाकलाप गर्दै आएको थियो । तर, यस वर्ष महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) र नेपालमा लकडाउनका कारण जिल्ला शाखामार्फत आश्रमलाई सहयोग उपलब्ध गराइएको केन्द्रीय मञ्चले जनाएको छ । मञ्चका केन्द्रीय अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) होनाहार युवा खेल पत्रकार भोम्जनको अभाव र मञ्च र खेलकुद क्षेत्रलाई हुने बताए । ‘सुमन सधंै हाम्रो मनमा रहँदै आएका छन् । उनको पाँचांै वार्षिकीमा मञ्च परिवार उनको चिरशान्तिको कामना गर्दछ ।’

तपाइको प्रतिक्रिया
(Visited 153 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लम्जुङको कारागारमा कैदी र बन्दीबीचको झडप, ३ घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वडाध्यक्षका उम्मेदवार चौधरीको निधन