काभ्रेपलाञ्चोक । जिल्लाको बनेपामा एक महिला मृत भेटिएकी छन्। बनेपा नगरपालिका ८ मा रहेको होटल भ्यू पाहुना घरमा एक जना महिला मृत फेला परेकी हुन्।
बिहीबार साँझ उक्त होटलमा महिला मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञानबहादुर खड्काले जानकारी दिए। उनका अनुसार, प्रारम्भिक अनुसन्धानबाट मृत महिला रामेछाप घर भइ बनेपा–६ बस्ने २३ वर्षीया शर्मिला श्रेष्ठ हुन्।
घटनाको प्रकृति हेर्दा हत्याको आशंका गरिएको प्रहरीले जनाएको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक (डिएसपी) खड्काले बताए।
तपाइको प्रतिक्रिया
(Visited 143 times, 1 visits today)






