सिन्धुपाल्चोकमा इन्जिनियरहरुले दिए स्वाब संकलन बुथ (फोटो फिचर)

सिन्धुपाल्चोक । कोरोना भाइरसका संक्रमित विरामीहरुको स्वाब संकलनका लागि सुरक्षित बुथ नहुँदा समस्यामा रहेका सिन्धुपाल्चोकका स्वाथ्यकर्मीले अब भने स्वाब संकलनका लागि सुरक्षित बुथ पाएका छन् । कोरोना आशंकाका विरामीहरुको स्वाब परिक्षणका लागि नमुना संकलन गर्दा स्वास्थ्यकर्मीहरुले जोखिम मोलेरै संकलन गरिरहेका थिए ।

सिन्धुपाल्चोकका चौतारा अस्पताल, बाह्रविसे प्राथामिक स्वास्थ्य केन्द्र, जलविरे स्वास्थ्य केन्द्र र मेलम्ची स्वास्थ्य केन्द्रमा कोरोना आशंकाका विरामीहरुको परीक्षणका लागि स्वाब संकलन गर्ने गरिएको छ ।

नेपाल इन्जिनियर्स एशोसियसन वाग्मती प्रदेश र सिन्धु इन्जिनियरिङ समाजद्वारा तिनै स्वास्थ्य संस्थालाई स्वाब संकलन बुथ प्रदान गरिएको इन्जिनिर्यस एशोसियसन वाग्मती प्रदेशका कोषाध्यक्ष राजन थापाले जानकारी दिए । जलविरे प्रथामिक स्वास्थ्य केन्द्रलाई पनि केही दिन पछि स्वाब संकलन बुथ प्रदान गरिने सिन्धुपाल्चोक इन्जिनियर समाजका अध्यक्ष संजय सापकोटाले जानकारी दिए ।

स्वास्थ्य संस्थामा स्वाब संकलन बुथ सहित,पीपीइ सेट,थर्मल गण, र १५ थान एन –९५ माक्स पनि प्रदान गरिएको छ । चौतारा अस्पतालमा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालमार्फत् बुथलगायत अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो । त्यस्तै बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्रमा नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा र मेलम्चीमा मेयर डम्बर अर्यालमार्फत स्वास्थ्य संस्थाहरुमा बुथलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

स्वेदशी इन्जिनियरहरुबाटै निर्माण गरिएको स्वाब संकलन बुथ एकदमै सुरक्षित रहेको सिन्धुपाल्चोक इन्जिनियर समाजको कोषाध्यक्ष राम भारतीले जानकारी दिए । नेपालका अन्य स्वास्थ्य संस्थाहरुमा समेत यही प्रविधि अन्र्तगत निर्माण भएका बुथबाट कोरोना आशंकाका विरामीहरुको नमुना संकलन भइरहेको कोषाध्यक्ष भारती ले जानकारी दिए । स्वदेशी इन्जिनियरहरु बाट निर्माण गरिएको स्वाब संकलन बुथ रोर्बट एशोसियन अफ नेपाल बाट समेत सुरक्षित रहेको प्रमाणित गरिएको भारतीले जानकारी दिए ।

स्वाब संकलन बुथमा बाहिरको हाजा नजाने गरेर निर्माण गरिएको छ भने भित्रको हावा बाहिर जाने आउट लेट समेत राखिएको छ । स्वास्थ्यकर्मी बुथ भित्र बसेपछि बिरामी सँग कुराकानीका लागि माइक समेत जडान गरिएको छ । स्वाब संकलन पछि स्वास्थ्यकर्मी निस्केपछि अटोमेटीक डिसइन्फेक्सन मेशिन समेत स्वाव संकलन बुथमा जडान गरिएको छ ।

वाग्मती प्रदेशका सबै जिल्लाका स्वास्थ्य संस्थामा स्वाब संकलन बुथ वितरणका लागि कोषाध्यक्ष राजन थापालाई संयोजक बनाएर सबै इन्जिनियरहरुबाट अर्थ संकलन गरिएको संयोजक थापाले जानकारी दिए । हामीले वाग्मती प्रदेशका १३ जिल्लाका स्वास्थ्य संस्थाहरुमा यो बुथ प्रदान गरेका छौ,स्वास्थ्यकर्मीहरु खुसी छन् थापाले भने । वाग्मती प्रदेशमा मात्रै १३ हजार बढी इन्जिनियहरु संगठित छन् ।

वाग्मती प्रदेशले बुथ वितरणको अभियान ल्याएपछि सिन्धुपाल्चोक इन्जिनियर समाज पनि यो अभियानमा सहयोगी बनेर सिन्धुपाल्चोक लगायत अन्य जिल्लामा पनि सहयोग गरेको सिन्धुपाल्चोक इन्जिनियर समाजका अध्यक्ष सञ्जय सापकोटाले बताए । सिन्धुपाल्चोकका ५० बढी इन्जिनियरहरुले यो अभियानमा सहयोग गरेको सापकोटाले बताए । ढुवानी सहित प्रति बुथको एक लाख रुपियाँ पर्ने उनले बताए ।

विश्व नै कोरोनाको माहामरी फैलीरहेको बेला स्वास्थ्यकर्मीहरुलाई हौसला र सुरक्षित रहनका लागि आफुहरुले आर्थिक संकलन गरेर स्वास्थ्य संस्थाहरुलाई बुथ प्रदान गरेको अध्यक्ष सापकोटाले बताए । स्वाथ्यकर्मीहरुका लागि बुथ निकै उपयोगी हुने र यसले उहाँहरुको मनोबल उच्च हुने हामीले विश्वास गरेका छौ बुथ बुझेपछि बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले खुसी हुदै भने ।

तपाइको प्रतिक्रिया
(Visited 320 times, 1 visits today)

epaper

ताजा समाचार

करार कर्मचारी हटाउने तयारीको विरोधमा मन्त्रालयको गेटमा धर्ना