पोखराको न्यूरोडमा भीषण आगलागी

पोखरा । पोखराको न्यूरोडमा भीषण आगलागी भएको छ । शुक्रबार राति करिब साढे ७ बजेको समयमा न्यूरोडस्थित श्यामा श्याम ट्रेडर्समा भएको आगलागी भएको हो ।

पोखरा महानगरपालिकाको दमकल, सुरक्षाकर्मी र सर्वसाधारणको प्रयासमा करिब १ घण्टापछि आगो नियन्त्रणमा आएको छ । आगलागी के कति कारणले लागेको हो भन्ने खुलेको छैन ।

क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । श्यामा श्याम ट्रेडर्स इन्भर्टर, ब्याट्री, सोलार, टिभी, कम्प्युटर लगायतको बिक्री तथा मर्मत सेन्टर हो ।

तपाइको प्रतिक्रिया
(Visited 101 times, 1 visits today)

epaper

ताजा समाचार

दीपक भट्टलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश