सम्बन्ध विच्छेद चर्चाबिरुद्ध गोविन्दा र सुनिता बोले

मुम्बई । बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनिता आहुजाबिच सम्बन्ध बिग्रिएको समाचार पछिल्लो समय भाइरल भएको छ । तर यी दम्पतीले आफूहरूको सम्बन्ध अहिले पनि राम्रो रहेको दाबी गरेका छन् ।

गोविन्दकी पत्नी सुनिताले हालै एक मिडियामा आफूहरू लामो समयदेखि अलग रहेको बताएकी थिइन् । त्यो कुरा बाहिर आएपछि उनीहरुको सम्बन्ध बिग्रिएको चर्चा चलेको हो ।

तर त्यसो भन्दैमा आफूहरूको सम्बन्ध बिच्छेद नभएको र सम्बन्ध राम्रो भएको पनि उनले स्पष्ट पारेकी छिन् । सुनिताले भनेकी छिन्,‘अलग बस्नुको अर्थ गोविन्द राजनीतिमा प्रवेश गर्दा हाम्री छोरी हुर्किँदै थिइन् । त्यति बेला पार्टीका धेरै नै कार्यकर्ताहरू घरमा आउँथे र हामीलाई आरामसँग बस्न गाह्रो भएका कारण हामी सल्लाहले नै केही समय अलग बसेका हौँ’, त्यति बेला आफ्नै घर नजिक अर्को घर लिएर बसेको पनि सुनिताले स्पष्ट परेकी छिन् ।

अभिनेता गोविन्दाले पनि यो कुराको खण्डन गरेका छन् । आफूहरूको ३७ वर्ष पुरानो सम्बन्ध यस्तो हल्लाले न टुट्ने गोविन्दाले बताएका छन् । यसै बिषयमा गोविन्दाले भनेका छन्,‘यदि कसैले हामीबिच फाटो ल्याउन सक्छु भन्ने सोच्दछ भने, यो सम्भव छैन । हाम्रो सम्बन्ध बलियो छ ।’

गोविन्दा र सुनिताले विवाह गरेको ३७ वर्ष भयो । आफूहरू विगत ३७ वर्षदेखि एक अर्कासँग सुख दुःख साटासाट गरेर आइरहेको यी दम्पतीले बताएका छन् । एक युवतीसँग पछिल्लो समय गोविन्दाको नाम जोडिएको छ । सो कुराको पनि गोविन्दाले खण्डन गरेका छन् ।

गोविन्दा जब बलिउडमा संघर्ष गरिरहेका थिए । त्यति बेला चलचित्र उद्योगमा आफूलाई स्थापित हुन सुनिताले ठुलो साथ दिएको पनि गोविन्दाले बताएका छन् । उनी स्थापित हुँदै गर्दा सन १९८७ मा गोविन्दा र सुनिताको विवाह भएको थियो ।

यी दम्पतीका यशवर्धन र टीना आहुजा गरी एक छोरा र एक छोरी छन् । बुबा आमाको सम्बन्ध बिच्छेद हुन लागेको समाचार बाहिर आउँदा छोरा छोरी पनि अहिले तनावमा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 363 times, 1 visits today)

epaper

ताजा समाचार

स्पेसएक्स र टेस्ला गाभ्ने मस्कको प्रस्ताव