आजभोलि अभिभावकहरूमा छोराछारीले भनेको मान्न छाडे । घरायसी काममा सघाउँदैनन् । मोबाइलमा समय बिताउँछन् भन्नेजस्ता गुनासाहरू रहेको पाइन्छ । विद्यार्थीहरूका ’boutमा गुरुजनहरूको टीकाटिप्पणीमा पनि अभिभावकहरूको भनाइको आशय झल्कन्छ । यसो किन भइरहेको छ ? के बालबालिकाहरू पारिवारिक नियन्त्रणबाट बाहिर नै छन् त ? के उनीहरूमा परिवार तथा समाजप्रतिको दायित्वबोध हुन नसकेको नै हो त ? यदि हो, भने किन यसो भयो ? बालबालिकाहरूमा यस्तोे सिकाइ तथा अभ्यास हुनुका पछाडिका कारक तत्वहरू के–के हुन सक्छन् ? उल्लिखित सवालहरूको जवाफ खोज्नका लागि पारिवारिक वातावरण, सामुदायिक प्रभाव, सामाजिक अभ्यास, शैक्षिक अवस्थाले बालबालिकाहरूको सिकाइ र आचरण निर्माणमा प्रभावकारी भूमिका खेल्छन् ।
पारिवारिक वातावरण
घरलाई मानिसको पहिलो पाठशाला भन्ने गरिन्छ । घरको वातावरण, रहनसहन, भाषा, शैली, खानपान, पेसा तथा अभिभावकहरूको व्यवहारले बालबालिकाहरूको कलिलो मस्तिष्कमा गहिरो प्रभाव पर्छ । अभिभावकहरूले आपूmले, झैझगडा गर्ने, चुरोट तथा मादक पदार्थको सेवन गर्ने, झुठो बोल्ने, अरूलाई सम्मान नगर्ने, मिहिनेत नगर्ने, अरूको आलोचना गरेर समय बिताउनेजस्ता कार्यहरू हुने भएमा बालबालिकाहरूले राम्रो कुरा सिक्न पाउँदैनन् । छोराछोरीहरूलाई कुलतमा लाग्नु हुँदैन भनेर आदेश दिँदा अभिभावकहरू रोल मोडेलको भूमिका खेल्नुपर्छ ।
सिकाइ वातावरणको उपज हो । अहिले समाजका घरपरिवारमा झैझडा, अमेल वा अशान्तिपूर्ण वातावरण बढ्दो रहेको सामाजिक सञ्जालहरूमा आउने गरेको छ । घरमा अनौपचारिक रूपमा सिकेको सिकाइले बालबालिकाहरूलाई गहिरो प्रभाव परेको हुन्छ । जहाँ शान्त वातावरण, पारिवारिक मेलमिलाप, परोपकारी भावना, सर्वहितायकारी अभ्यासगत वातावरण हुन्छ त्यहाँ हुर्किएका बालबालिकाहरूले सोहीअनुसारको ज्ञान आर्जन गर्न सक्छन् ।
दार्शनिक जिम्रोफ भन्छन्, मानिसलाई स्वआर्जित शिक्षाले भविष्य निर्माण गर्न सहयोग गर्छ । जिम्रोफको भनाइलाई आधार मान्ने हो भने मानिसले घरपरिवारमा प्राप्त गरेको स्वआर्जित शिक्षा–दीक्षाले उसको जीवनमा ठूलो महत्व राख्छ भन्ने कुरा बुभ्mनुपर्छ । घरपरिवारको अभ्यासमा बालबालिकालाई अभिभावकले असल कुरा सिकाउनुपर्छ । छोराछोरीलाई अभिभावकले आफूभन्दा ठूलालाई आदर गर्न, सानोप्रति दयाभाव राख्न, सहयोगी भावनाको विकास गर्न, आप्mनो काम आफैं गर्न, सिर्जनशील हुन, छिमेकी तथा आफन्तजनसँग घुलमिल गराउन सहजकर्ताको भूमिका खेल्नुपर्छ ।
अहिलेको युगमा प्रविधिमैत्री ज्ञान तथा सीपको अभाव भएमा जीवन अधुरो हुन्छ । डिजिटल शिक्षा अनिवार्यजस्तो भएको छ । अहिलेको नयाँ पुस्ता डिजिटल शिक्षामा स्मार्ट छ । आधुनिक समाजसँग विकास भएको वैज्ञानिक प्रविधिको प्रयोग गर्न सिपालु छ । फेसबुक, मोबाइल, ल्यापटप, कम्प्युटरजस्ता उपकरणको प्रयोगमा उनीहरूको रुचि मात्र होइन, अग्रज पुस्ताको तुलनामा ज्ञान तथा सीप पनि अब्बल छ । यस अर्थमा अभिभावकहरू नयाँ पुस्तासंग भएको प्राविधिक ज्ञान सिक्ने र उनीहरूलाई पारिवारिक, सामाजिक तथा राष्ट्रिय मूल्य र मान्यताहरू सिकाउने कोलाब्रेटिभ लर्निङको संस्कृति विकास गर्नुपर्छ ।
सामुदायिक प्रभाव
पारिवारिक वातावरणपछाडि बालबालिको शिक्षादीक्षा आर्जनको स्रोत समुदाय हो । समुदायमा बालबालिकाले सामाजिक आचारण अभ्यास गर्छन् । सामाजिकीकरण, आपसी विचार विनिमय, आपसी सहयोग, सद्भाव, छलफल, अन्तरक्रियालगायतका ज्ञान आर्जन गर्छन् । समुदायमा विभन्न उमेर समूहका मानिसको बसोबास हुने भएकाले अग्रजहरूबाट दिशानिर्देश भइरहेको हुन्छ । मानिसले गर्न हुने र गर्न नहुने क्रियाकलापहरूमा समुदायले कोड अफ कन्डक्टको निर्माण गरेको छ । समुदाय एउटा खुला पुस्तक हो जहाँ बालबालिकाले ज्ञान आर्जन गरिरहेका हुन्छन् । बानी व्यवहारको निर्माण गरी रहेका हुन्छन् । खुला पुस्तकरूपी समुदायको वातावरण असल भएमा उनीहरू असल बन्छन् खराब भएमा खराब । त्यसैले सामाजिक मूल्य र मान्यताहरूलाई पुस्तान्तरण गर्न अभिभावकहरूले भूमिका खेल्नुपर्छ ।
कुनै पनि समुदायमा सबै मानिस असल आचरण भएका हँुदैनन् । समाजमा खराब आचरण भएका मानिस पनि हुन सक्छन् । पछिल्लो समयमा पारिवारिक, सामाजिक, सांस्कृतिक, धार्मिक तथा मानवीय पक्षहरूमा विचलन आएको अवस्था छ । अहिले सामाजिक सञ्जाल, छापा समाचारलगायत विभिन्न सोसियल मेडियामा आउने समाचारमा भ्रष्टचार, हत्या, हिंसा, सम्बन्धविच्छेद, राजनीतिक अस्थिरताजस्ता घटना तथा परिघटनाहरू व्याप्त रूपमा आइरहेका हुन्छन् । यस्ता नकारात्मक समाचारले बालबालिकालाई नकारात्मक प्रभाव पारिरहेको हुन्छ । समुदायमा हुने यस्ता र यस्तै अन्य प्रकारका क्रियाकलापबाट बालबालिकालाई जोगाउनु हरेक अभिभावकको कर्तव्य हो ।
घरपरिवारको अभ्यासमा बालबालिकालाई अभिभावकले असल कुरा सिकाउनुपर्छ । छोराछोरीलाई अभिभावकले आफूभन्दा ठूलालाई आदर गर्न, सानोप्रति दयाभाव राख्न, सहयोगी भावनाको विकास गर्न, आप्mनो काम आफैं गर्न, सिर्जनशील हुन, छिमेकी तथा आफन्तजनसँग घुलमिल गराउन सहजकर्ताको भूमिका खेल्नुपर्छ
अहिले किशोर उमेर समूहका बालबालिका डिजिटल कुलतमा फँस्दै गएको अवस्था छ । बालबालिका इन्टरनेटअन्तर्गतका सञ्जालहरूमा एक्लै रमाउने, एकोहोरो हुने, अग्रजहरूसँग झर्कने, आज्ञाकारी नहुने, आपसी छलफल र अन्तरक्रियालाई मन नपराउनेजस्ता बानी व्यवहारहरूमा बढोत्तरी भएको छ । समुदायमा एकातिर बालबालिकामा उल्लिखित आदतहरूको विकास हुँदै गइरहेको छ भने अर्कोतिर अभिभावकहरू आ–आप्mनो तालमा कम्प्युटर, ल्यापटप वा मोबाइलमा व्यस्त हुने गरेको वास्तविकतालाई पनि लुकाउन हुँदैन । यसरी हेर्दा बालबालिकालाई असल आचरण सिकाउन अभिभावकहरूमा पनि असल आचरणमा पनि सुधार गर्नुपर्ने हो कि ? विचार गरौं ।
सामाजिक प्रभाव
समुदायभन्दा अलि फराकिलो सामाजिक संठगनलाई समाज भन्ने गरिन्छ । समाजशास्त्री गुडका अनुसार साझा अनुभव, मूल्य, प्रवृत्ति र संस्कृति रहेको ठूलो समूह समाज हो भन्ने छ । मानिस सामाजिक प्राणी भएकाले उसले समाजबाट धेरै कुरा सिक्छ । आजका बालबालिका पनि समाजको एउटा सदस्य भएको नाताले समाज हने गतिविधिले उनीहरूलाई प्रभाव पारिरहेको हुन्छ । सामाजिक अभ्यासले बालबालिकाको मस्तिष्कमा प्रतक्ष प्रभाव पर्छ । सामाजिक वातावरणको अन्तरघुलनसँगै बालबालिका हुर्किईरहेका हुन्छन् । बढिरहेका हुन्छन् । यसर्थ स्वस्थ्य तथा सकारात्मक सामाजिक वातावरण सिर्जना गर्न समाजका हरेक अभिभावकले भूमिका खेल्नुपर्छ ।
बालबालिकाहरूमा आपसी सहयोग, सद्भाव, भ्रातृत्व प्रेम, मानवीय व्यवहारजस्ता कुराहरूको ज्ञान आर्जन र अभ्यासगत व्यवहारमा समाजको ठूलो भूमिका हुन्छ । हाम्रो समाज बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक, बहुजातीय भएकाले यो विविधतामा अन्तरघुलन गराउनको अभिभावकले सिकाउनुपर्छ । धार्मिक सहिष्णुता, मेलमिलाप, लाकतान्त्रिक आचरणजस्ता गुणहरूको विकासमा समाजको महत्वपूर्ण भूमिका रहन्छ । यस सन्दर्भमा अभिभावकले बालबालिकालाई समाजका विभिन्न जातजाति, धर्म, संस्कृति र संस्कारलगायतका विविध पहिचान तथा अस्तित्वको स्वीकार गर्ने सक्ने बहुलवादी चरित्र निर्माण गर्न सहयोग गर्नुपर्छ ।
शैक्षिक वातावरण
शिक्षाले सामाजिक परिवेशअनुसार व्यक्तिको व्यक्तित्वमा परिवर्तन ल्याउन सहयोग गर्छ । समाजशास्त्री ओटावेका भनाइमा शिक्षा समाजमा भइरहने एक क्रियाकलाप हो, यसको उद्देश्य र विधिहरू त्यस समाजको प्रकृतिमाथि भर पर्छ भन्ने छ । अहिले समाजमा नैतिक आचरणको अभाव रहेको अग्रजहरूको बुझाइ छ । विश्लेषकको तर्क छ । यस अर्थमा ओटावेले भनेझैं समाजको प्रकृति र प्रवृत्ति हेर्दा शिक्षामा नैतिक शिक्षा अभाव रहेको महसुस हुन्छ । अहिले विद्यालयदेखि उच्चशिक्षासम्मको पाठ्यक्रम तथा पाठ्यपुस्तकमा नैतिक शिक्षाको विषयवस्तु समावेश गरिएको छैन । रुसोका अनुसार मानिसको आचरण निर्माणको माध्यम शिक्षा हो भन्ने छ । शिक्षालयहरूले शिक्षार्थीहरूलाई असल आचरण, व्यवहार, तथा संस्कारहरू सिकाउन सक्ने शिक्षाको आवश्यकता पर्दछ । आजका कलिला बालबालिका तथा किशोरकिशोरीलाई नैतिक शिक्षाको दिक्षाले प्रशिक्षित बनाउँदै समाजका स्थापित मूल्य र मान्यताहरूलाई उनीहरूमा हस्तान्तरण गर्नु आजको आवश्यकता हो । नैतिक आचरणको अभावमा समाजमा सहनशीलता, सामाजिक सद्भाव र सहिष्णुमैत्री व्यवहार कमजोर हुन्छ । यसर्थ, देशको शिक्षा प्रणालीमा नैतिक शिक्षालाई पाठ्यव्रmम, पाठ्यपुस्तक, शिक्षण सिकाइमा प्राथकिकता दिई असल आचरण भएको शिक्षित जनशक्ति उत्पादन गर्नुपर्छ ।
शिक्षालयहरूले विद्यार्थीहरूमा उत्पन्न विभिन्न प्रकारका समस्या समाधान गर्न अभिभावकको काम गर्नुपर्छ । विभिन्न उमेर समूहका बालबालिकाहरूमा आ–आप्mनै किसिमका समस्या हुन्छन् । उनीहरूले समस्याहरू खुलस्त रूपमा आप्mना बुबा, आमा, अभिभावक, शिक्षक तथा साथीहरूलाई भन्न नसकेको अवस्था हुन्छ । विद्यालय प्रशासन तथा गुरुजनहरूले उनीहरूका समस्याहरू समाधान गर्न सहजकर्ताको भूमिका खेल्नुपर्छ । शिक्षण पेसामा संलग्न गुरुजनमा व्यक्ति एक भूमिका अनेक हुन्छन् । यसरी हेर्दा गुरुजनले घर, परिवार शिक्षालय तथा कतिपय क्षेत्रमा समाजको नै अभिभाकत्वको भूमिका खेल्नुपर्ने हुन्छ ।
अन्त्यमा आजका बालबालिकाहरू भोलिका नागरिक हुन् । सानै उमेरदेखि घर, परिवार, समाज, शिक्षालयलगायतका अनौपचारिक तथा औपचारिक संस्थाहरूले आ–आप्mनो ठाउ‘बाट बालबालिकालाई सकारात्मक तथा प्रेरणादायी अभिभावकत्व प्रदान गर्न अपरिहार्य ठानिन्छ ।
अभिभावकले छोराछोरीलाई अधिकार र कर्तव्यबीचको सम्बन्ध राम्ररी बुझाउन सक्नुपर्छ । बालबालिकाले घर, परिवारको सदस्य भएकामा गौरवको अनुभूति गर्न सक्ने वातावरणको सिर्जना गर्नु अभिभावकको दायित्व हो । उनीहरूमा खुसीमा नमात्तिने र दुःखमा नआत्तिने बानीको विकास गराउनुपर्छ । उमेरको वृद्घिसँगै आउने शारीरिक, मानसिक तथा बौद्घिक विकास भए–नभएको कुरामा पनि अभिभावकहरू चनाखो हुनुपर्छ । यसैगरी आप्mना छोरा, छोरीहरूको साथी, संगत, आनीबानीको र चालचलनका ’boutमा जानकारी राख्न त्यत्तिकै जरुरी हुन्छ ।
एकातिर बालबालिकाहरूलाई विश्वव्यापी विज्ञान र प्रविधिको ज्ञान अति आवश्यक भइसकेको अवस्था छ भने अर्कोतिर इन्टरनेट, कम्प्युटर, मोबाइललगायतका डिजिटल प्रयोगले उनीहरू एकोहोरो भएको, सामाजिक र व्यावहारिक वन्न नसकेको बालमनोविद्हरूको बुझाइ छ । साइबर अपराध, मादकपदार्थ सेवन, धूमपानजस्ता कुलतमा लाग्ने बालबालिकाहरूको संख्यामा पनि वृद्घि भइरहेको तथ्यांक छ । यी र यस्ता कुलतबाट जोगाउन र उचित मार्गनिर्देश गर्ने प्राथमिक दायित्व अभिभावकको हो ।
बालबालिकाको सकारात्मक सूचना र सन्देश प्रवाहको मूलस्रोत अभिभावक भएकाले उनीहरूको समृद्घिका लागि नेतृत्वदायी भूमिका आवस्यक ठानिन्छ । विद्यमान सामाजिक अन्धविश्वास, कुरीति, कुसंस्कार, दुव्र्यसन तथा कुलतका ’boutमा पनि छोराछोरीहरूसँग कुराकानी, छलफल, विचार आदानप्रदान गर्न समय निकाल्नुपर्छ । साथै, आआप्mना छोराछोरीलाई कुलत र कुसंस्कारबाट जोगाई सभ्य नागरिक बनाउने पहिलो दायित्व अभिभावकको हो ।






