शंकरपुर ताल निर्माणको सपना साकार

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका-४ स्थित शंकरपुर तालको निर्माण कार्य सुरु भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले मङ्गलवार तालको एकीकृत सिँचाई तथा जनस्रोत आयोजना शिलान्यास गरेका हुन । शंकरपुर ताल निर्माण कार्यको शिलान्यास गर्दै मन्त्री खड्काले यस आयोजना मार्फत सिँचाई सुविधा पुर्‍याइ कृषि क्षेत्रमा प्रगति ल्याउने विश्वास व्यक्त गरे।

राजधानी समाचार प्रभाव

मन्त्री खड्काले शंकरपुर ताल सिँचाई योजनाले सयौँ कृषक लाभान्वित हुनुको साथै पर्यटकीय क्षेत्रको विकासले आय आर्जनमा टेवा पुग्ने बताए । उनले पर्यावरणीय हिसाबले वरिपरि जङ्गल भएको हुँदा चराचुरुङ्गी संरक्षणसँगै चराहरूको सङ्ख्या पनि बढ्दै जाने बताए ।

मन्त्री खड्काले भने; “मूलक बजेट खर्च भइरहेको बताउँदै समयमा काम सम्पन्न नहुनु, काम अधुरो भइरहने, मुभी लाइजेशनकाे पैसा लग्ने, भ्यारिएशन हुने लगायत समस्या भइरहेको छ” । यसले देशको अर्थतन्त्र कमजोर बनाएको बताए । जनताले सरकारले काम गरेको जस्तो नदेखिने गुनासो आउने गरेको बताए ।

स्थानीय सरकार नजिकको सरकार भएकोले यस योजनाको कामलाई बढी जनप्रतिनिधिले विशेष निगरानी गर्नुपर्नेमा जोड दिँदै ठेकेदारका लापरबाहीका कारण देशभरिमा विभिन्न योजना अलपत्र अवस्थामा परेको हुँदा सरकारबाट पुरस्कृत हुने गरी समयमै काम सम्पन्न गर्न आग्रह समेत गरे ।

यस्तै लुम्बिनी प्रदेशका ऊर्जा तथा जलस्रोत मन्त्री सीता कुमारी चौधरिले सङ्घीय र प्रदेश सरकारले जलाशय युक्त ताल तलैयालाई योजनाबद्ध रूपमा अगाडी सार्न सके ७० प्रतिशत किसान सिँचाइबाट लाभान्वित हुन सक्ने बताइन् । सिँचाइलाई मध्यनजर गर्दै ताललाई थप विकास गर्नुपर्नेमा मन्त्री चौधरिले जोड दिइन् ।

सांसद सुरेन्द्रराज आचार्यले भएका ताल पोखरीलाई मर्मत सम्भार गरी संरक्षण गर्नुपर्ने बताए । यसैबाट अधिकतम कृषक लाभान्वित हुने हुँदा सरकारले ध्यान पुर्‍याउन जरुरी रहेको बताए ।

विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले शंकरपुर ताल निर्माण गर्ने सपना पूरा भएको बताए । उनले अविरल वर्षाका कारण तालको बाँध फुटेपछि तालको गाैचरणामा परिणत भएको बताउँदै हजारौँ किसान तालको पानीको सिँचाइले लाभान्वित हुने बताए ।

नहर निर्माणकाे काम भइसकेकोले गड्डाघाटकाे पानी शंकरपुर तालमा आउने भएको हुँदा कृषकलाई सिँचाई समस्या नहुने बताए । यस सिँचाई योजनाबाट ७ हेक्टर क्षेत्रमा सिँचाई हुने र १७ सय परिवार सिँचाइबाट प्रत्यक्ष लाभान्वित हुने अध्यक्ष थापाको भनाइ छ ।

१२ करोडको लागतमा निर्माण हुन् लागेको ताल निर्माणकाे ठेक्का बाबुल लुम्बिनी जेभी कम्पनीले पाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 169 times, 1 visits today)

epaper

ताजा समाचार

‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ पुस्तक विमोचन