‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ पुस्तक विमोचन

ललितपुर । नेपालमा लोकतन्त्र, नागरिक अधिकार, सुशासन तथा सार्वजनिक उत्तरदायित्वका सवाललाई उठान गरिएको पुस्तक ‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ आज विमोचन गरिएको छ ।

समाचार संस्था मास नेपाल र गोदावरी साहित्य परिषद्को संयुक्त आयोजनामा ललितपुरको चापागाउँस्थित जनभावना क्याम्पसमा आयोजित कार्यक्रममा पुस्तक विमोचन गरिएको हो । मङ्सिर ११ गते दिउँसो आयोजित कार्यक्रममा लोकतन्त्रका विविध पक्षमाथि बहससमेत गरिएको थियो ।

३० वर्षदेखि मानवअधिकार पत्रकारितामा क्रियाशील मानव आवाज अनलाइनका सम्पादक रमेशप्रसाद तिमल्सिनाद्वारा लिखित पुस्तकमा नेपालको लोकतान्त्रिक अभ्यास, नागरिक अधिकार, राज्यको जवाफदेहिता, सुशासन, मानवअधिकार तथा लोकतन्त्रका उपलब्धि र चुनौतीसँग सम्बन्धित लेख समेटिएका छन् ।

रेडियो सगरमाथा, राष्ट्रिय समाचार समिति, इन्सेकलगायत संस्थामा रहेर पत्रकारिता गरेका तिमल्सिनाले मानवअधिकार पत्रकारितालाई मुख्य विधाका रूपमा अघि बढाउँदै आएका छन् ।

पुस्तकमा लोकतन्त्र प्राप्तिपछि नागरिकले अपेक्षा गरेका अधिकार, राजनीतिक तथा संस्थागत अभ्यास, सार्वजनिक निकायको उत्तरदायित्व र लोकतान्त्रिक मूल्यमा देखिएका सवाललाई विभिन्न कोणबाट प्रस्तुत गरिएको छ ।

पुस्तकले लोकतन्त्रलाई निर्वाचन र राजनीतिक व्यवस्थामा मात्र सीमित नगरी नागरिकको जीवन, अधिकार, स्वतन्त्रता, न्याय र राज्यको जवाफदेहितासँग जोडेर बहस गर्ने प्रयास गरेको छ । लोकतान्त्रिक उपलब्धिको संरक्षण, संस्थागत विकास र नागरिक सचेतनाका विषयलाई पनि पुस्तकले प्राथमिकताका साथ उठाएको छ ।

पाँच खण्डमा विभाजन गरिएको पुस्तकमा ३० वटा लेख समेटिएका छन् । पहिलो खण्डमा लोकतन्त्र, गणतन्त्र र राजनीतिक प्रणाली, दोस्रोमा नागरिक अधिकार, स्वतन्त्रता र लोकतान्त्रिक सहभागिता, तेस्रोमा मानवअधिकार र सामाजिक न्याय, चौथोमा राज्य, सङ्घीयता र सार्वजनिक जवाफदेहिता तथा पाँचौँ खण्डमा द्वन्द्व, शान्ति र सङ्क्रमणकालीन न्यायसम्बन्धी विषय समेटिएका छन् ।

लोकतान्त्रिक अभ्यासमा देखिएका कमजोरी, नागरिक अधिकारको अवस्था, सार्वजनिक जिम्मेवारी र शासन प्रणालीमा सुधारको आवश्यकता’bout पुस्तकले पाठकलाई गम्भीर विमर्शका लागि प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

मास नेपालले पुस्तक विमोचनसँगै आयोजना गरेको लोकतन्त्रसम्बन्धी बहसले नेपालको वर्तमान लोकतान्त्रिक अभ्यास, उपलब्धि र चुनौती’bout सार्वजनिक संवादलाई थप अघि बढाउने विश्वास व्यक्त गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)

epaper

ताजा समाचार

‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ पुस्तक विमोचन