Saturday, July 24, 2021
HomeEditor-Picksराति ओडारको क्वारेन्टाइनमा, दिनभर घरको काममा

राति ओडारको क्वारेन्टाइनमा, दिनभर घरको काममा

,

जाजरकाेट ।  भेरी नगरपालिका–१ पिपेका हरिबहादुर पुन अहिले दैनिक मकै रोप्नका लागि आफ्नो गोठमा उत्पादन भएको मल बोकिरहेका छन् । उनी हप्ता दिनअघि नुवाकोटबाट पिपेस्थित घरमा पुगेका थिए । घरमा आएलगत्तै पुनलाई वडा कार्यालयले क्वारेन्टाइनमा बस्नका लागि अनुरोध गरेको थियो । आग्रहबमोजिम उनीसँगै आएका सातजना घर नजिकै रहेको ज्यामिरे ओडारमा गएर बसे । अहिले उनीहरु दैनिक ज्यामिरे ओडारबाट आएर दिउँसो घरमा सामाजिक दूरी कायम गरी मल बोक्नेदेखि घरायसी काम गरिरहेका छन् ।

गाउँघरभन्दा नजिकै रहेको ओडारमा राति सुत्ने र दिनभरि घरको काम गरिरहेको वडाध्यक्ष दीपक रानाले जानकारी दिए । पिपे गाउँकै टार्जन पुनको सातजनाको टोली पनि बैतडीबाट काम गरेर ‘लकडाउन’कै समयमा घर फर्केलगत्तै पिपेस्थित अर्को ओडारमा बसिरहेको छ । वडा कार्यालयले व्यवस्था गरेअनुसार सो टोली आफूले रोजेरै ओडारमा बसिरहेको टार्जन पुनले जानकारी दिए । अहिले दिनमा सामाजिक दूरीका साथ गोठबाट खेतबारीमा मल बोक्ने राति भएपछि सातजनाको टोली ओडारमा गएर बस्ने गरेको स्थानीय पत्रकार सहदेव बस्नेतले जनाकारी दिए।

अहिले जाजरकोटमा बाहिरी जिल्लाबाट फर्केकाहरु राति क्वारेन्टाइनमा बस्ने र दिनमा सामाजिक दूरी कायम गरी घरायसी काममा जुटेको पाइएको छ

“खेतबारीमा मल नबोक्ने हो भने बाली सप्रिँदैन, अर्को वर्ष के खाने ?” टार्जनले भने “हामी राजी, खुशीका साथ राति ओडारमा बस्छौँ । बिहान खाना खाएर नियमित सामाजिक दूरीका साथ घरमा गएर काम गछौँ ।” चौध दिनसम्म ओडारमा खाना र सुत्ने व्यवस्थासहित बसेर घर फर्कने उनीहरुको भनाइ छ ।

अहिले जाजरकोटमा बाहिरी जिल्लाबाट फर्केकाहरु राति क्वारेन्टाइनमा बस्ने र दिनमा सामाजिक दूरी कायम गरी घरायसी काममा जुटेको पाइएको छ । कसैले घरमा गहुँ भित्र्याउने काममा जुटेको पाइएको छ भने कतै मकै रोप्ने काममा लागेको देखिन्छ । अहिले धानको बीउसमेत राख्ने समय भएकाले खेतमा समेत देख्न सकिन्छ ।

जिल्लामा धेरै मानिस भित्रिएका कारण क्वारेन्टाइन भरिभराउ भएसँगै ओडारमा समेत व्यवस्थापन गरिएको स्थानीय सरकारले बताएका छन् । जिल्लाभरि रहेका विद्यालय क्वारेन्टाइनका लागि मुख्य थलो भएका छन् । विद्यालयका डेष्क, बेन्च हटाएर सामाजिक दूरी कार्य गरी बाहिरबाट आएका मानिस राखिएको छ । भेरी नगरपालिकाले सदरमुकामस्थित त्रिभुवन माविलगायत विद्यालयका क्वारेन्टाइन बनाएका छ ।

नलगाड नगरपालिकाले त्रिभुवन मावि दल्लीलगायत अन्य ठाउँमा क्वारेन्टाइन निर्माण गरेर मानिस व्यवस्थापन गरेको छ । त्यस्तै बारेकोट गाउँपालिकाले वीरेन्द्र ऐश्वर्य मावि लिम्सा, सरस्वती मावि सिलिङ्गीचौरदेखि अन्य सबै वडामा रहेका विद्यालयमा क्वरेन्टाइन निर्माण गरी १७६ जनालाई क्वारेन्टाइनमा राखेको छ ।

छेडागाड नगरपालिकाले पनि विद्यालयमा नै व्यवस्थापन गरेको बताएको छ । शिवालय गाउँपालिकाले पायक पर्ने विद्यालयमा नै व्यवस्थापन गरिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए । जुनिचाँदे गाउँपालिकाले सबै वडामा रहेका नजिकका विद्यालयमा क्वारेन्टाइन बनाएर काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिए। उनले खाद्यान्न, अन्य औषधि, डाक्टर जान र आउन सक्ने सजिलो ठाउँमा क्वारेन्टाइन निर्माण गरिएको बताउनुभयो । जिल्लाका सबैभन्दा बढी बारेकोट गाउँपालिका र नलगाड नगरपालिका, भेरी नगरपालिकाका मानिस ‘लकडाउन’को समयमा बाहिरबाट बढी आएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लामा दुई हजारभन्दा बढी मानिस जिल्लामा भित्रिएका छन् । अझै देशका विभिन्न ठाउँमा अलपत्र परेका मानिस सांसद एवं मन्त्रीको पहलमा जिल्लामा भित्रिने क्रम जारी रहेको छ । जिल्लामा अहिलेसम्म ५०० दु्रत परीक्षणका लागि किट आए पनि क्वारेन्टाइनमा बसेका ४५० जना मानिसको कोरोना भाइरस जाँच गरिएको छ । सबैको रिपोर्ट नेगेटिभ आएको छ । विदेशबाट आएकालाई पहिलो प्राथमिकता बनाएर जाँच गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

जिल्लामा अझै एक हजार ५०० किट आवश्यक रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले जानकारी दिए । हालसम्म कर्णाली प्रदेशका कुनै जिल्लामा पनि कोरोनाबाट सङ्क्रमण भएको व्यक्ति फेला नपरेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । रासस

Loading comments...

आजको समाचार

सुजिता मृत्यु प्रकरण : काठमाडौबाट युवक पक्राउ

  काठमाडौं । चितवनको राप्ती नगरपालिकाकी सुजिता भण्डारीको मृत्यु प्रकरणमा नातामा सुजिताको दाजु पर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । आफन्त एक युवकको नाम तोकेर...

इन्टरनेट सेवा अबरुद्ध हुँदा गाउँपलिकाका सम्पूर्ण काम बन्द सेवाग्रही मर्कामा

  हुम्ला । हुम्लाको दक्षिण भेगको ताँजकोट गाउँपालिमा नौ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध भएको छ । मुगु जिल्लाको खत्याडको नेटा भन्ने ठाउँमा रहेको वर्ल्ड लिंक...

प्रकाश र सुनिता विपद् जोखिमको सद्भाव दूत

काठमाडौं । वर्षा सुरु भएसँगै बढ्दै गरेको विपद् जोखिमलाई न्यूनीकरण गर्न सन्देश सम्प्रेषणका लागि कलाकारलाई सद्भाव दूतका रूपमा सरकारले नियुक्त गरेको छ । गृह...

सरकारप्रतिको अपेक्षा

शेरबहादुर देउवा नेतृत्वको सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को भिजनलाई व्यावहारिक रूपमा कार्यान्वयनमा ल्याउनुपर्छ । विभिन्न कारणले गर्दा ओली सरकारले सो भिजनलाई अक्षरशः लागू गर्न...

निगमलाई कम्पनीमा लैजाने विवादमा समितिको चासो

काठमाडौं । मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई कम्पनीमा रूपान्तरण गर्ने सम्बन्धमा उत्पन्न कर्मचारी विवाद र यसले निगमको काम ठप्प भएको सम्बन्धमा संसदीय समितिले...

साताका लोकप्रिय समाचार

भोलीदेखी लामो दुरीका सार्वजनिक यातायात सञ्चालन हुने

  काठमाडौं । भोलिदेखि मध्यम र लामो दूरीको सार्वजनिक यातायात संचालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञालाई थप खुकुलो पार्दै लामो...

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

  काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतले २८ असारमा पुनस्र्थापना गरेको संसदको बैठक आज बोलाइएको छ । प्रधानमन्त्री...

प्रधानमन्त्री देउवाको मुख्य प्राथमिकता खोप

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको मुख्य प्राथमिकता कोरोना भाइरसविरुद्धको खोप भएको बताएका छन् । प्रतिनिधिसभामा विश्वासको मत माग्दा सांसदहरूले उठाएको प्रश्नको जवाफ...

प्रेम आलेसहित ओली समुहका यी सांसदले देउवालाई मत दिए

  काठमाडाैं । केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका सांसद प्रेम आलेले शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्। त्यस्तै तनहुँबाट निर्वाचित सांसद किसान श्रेष्ठ र डोल्पाबाट...

ट्रेन्डिङ

दर्शकलाई भ्यालेन्टाइन डेमा लभ डायरी

काठमाडौं । यो वर्षको जाडोले बिदाई दिने क्रममा सिनेमा हलमा दर्शकको चहल पहल बढ्न थालेको छ । नयाँनयाँ चलचित्र पनि रिलिज हुने क्रम जारी...

स्थानीय तहमा देखिएको अनियमितता

सरकारका तीनवटै तहहरूमध्ये स्थानीय तहमा सबैभन्दा बढी अनियमितता भएको विषयलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेपछि यसले सबैलाई चिन्तित बनाएको छ । गाउँगाउँमा सिंहदरबारको...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?