हिरासतमा भ्लोन दम्पत्तिको फेरिएको दैनिकी

मकवानपुर । कमै बोल्ने स्वभावका भ्लोन दम्पत्तिको पछिल्लो साता झन् बोली मन्द छ । बोली हाल्ने जाँगर पनि छैन, बोल्ने चिनेजानेको मान्छे पनि छैन । दैनिक सरल रेखामै थियो । बारी खनजोत, घाँसे पाखोमा घाँस दाउरा गर्दै जिविका चलाउँदै आएका एक दम्पत्तिको बसाइ एक्कासी प्रहरी हिरासतमा पुगेपछि दैनिकी फेरीएको छ ।

२०८१ फागुन १५ गते सदा झै ६४ वर्षीय देवीमाया भ्लोन साँझ अबेर बाख्रा खोरको धन्दा सकेर भान्छामा पसिन । खाना बनाउने तरखरमा लागिन् । श्रीमान ६३ वर्षीय मीनबहादुर भ्लोन पनि बारीको काम भ्याएर भान्छामा पसे ।

नियमित जस्तै समय थियो । देवीमायाले ढीलो ओडालिन्, मीनबहादुर आडैमा बसे । पाकेको ढीलो थालमा राखेर केही गाउँमात्रै खान भ्याएका उनीहरुमाथि एक्कासी कसैले आक्रमण ग-यो ।

समय ८ बजेको थियो । माक्स लगाएको व्यक्तिले एक्कसी श्रीमतीको आँखामा खुर्सानीको धुलो हालेपछि मीनबहादुर आत्तिए । तत्कालै मीनबहादुरमाथि पनि उ आइलाग्यो । ६ दशक उमेर नाघेका भ्लोन दम्पत्त मात्रै बस्ने घर । छिमेक पनि पातलो, जम्मा २ घर छन् टोलमा । बोलीमा बोली मिसाउने पनि श्रीमान श्रीमती मात्रै हुन् । दुखम् सुखम् उनीहरु २ नै सहन्थे, रमाउँथे । दम्पत्तिका ४ छोराहरु सबै अलग्गै बस्नछन् । सबैले आ–आफ्नो रोजिरोटी चलाउँदै आएका । जेठो र माइलो छोराहरु काठमाण्डौ र कान्छो इन्द्रसरोवार गाउँपालिकामै तर पल्लो डाँडामा बसोबास गर्दै आएका छन् ।

कहाँबाट को आएर किन एक्कसी आक्रमण ग-यो आफूहरुले थाहा नपाएको बयान उनीहरुले प्रहरीमा दिएका छन् । बयानमा बताए अनुसार भ्लोन दम्पत्तिले प्रतिकार गरे । वृद्धाले पल्लो डाँडामा बस्ने गरेको कान्छो छोरालाई फोन गरिन्,उनी आइपछि तीन जना मिलेर ति युवालाई घरको थाममा बाँधे । दोहोरो भिडन्तपछि वृद्धा दम्पत्ति र युवा ३ जना नै घाइते भए ।

अपरिचित युवा भनिएका व्यक्ति अरु कोही नभएर उनीदम्पत्तिको जेठो छोरा ३९ वर्षीय भरथकुमार भ्लोन रहेको कुरा भोलीपल्ट मात्रै थाहा भएको उनीहरुले बताएका छन् । प्रहरी घटना स्थाल पुग्यो । घाइतेको उचारको प्रक्रियाअघि बढाइयो, तर उपचारको क्रममा भोलीपल्ट दिउँसो १ः४५ बजे भरथको मृत्यु भयो । छोरा भनेर पछिमात्रै पहिचान भएको दाबि गर्दै आएका वृद्धाहरु स्वास्थ्योपचारपछि अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।

इन्द्रसरोवर गाउँपालिका मकवानपुरको उत्तरी गाउँपालिका हो । जुन संघीय राजधानी काठमाडौबाट १ घण्टाको सवारी यात्रामा पुगिन्छ । राजमार्गबाट झण्डै घण्टा उकालो चढेपछि पुगिन्छ उनीहरुको बस्ति अदुवाबारी । पर्याप्त बारी भएका भ्लोन दम्पत्तिको जीवन निर्वाहको अर्को आधार हो बाख्रा पालन । झण्डै दुइ जर्दन बाख्रा उनीहरुले पालेका छन् ।

भ्लोन दम्पत्तिसँग छोराहरुको अंशसम्बधि किचलो लामो समयदेखि रहेको प्रहरीले अनुमान गरेको छ । छोराहरुसँग राम्रो सम्बन्ध नभएको कारण उनीहरु वृद्धावस्थामा समेत दुख गरेर जीविका गरिरहेको देखिन्छ, अनुसन्धानमा खटिएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका इन्स्पेक्टर विश्वम्भर नाथ शाहा ।

घाइते भरत र दम्पत्तिको हेटौंडामा अस्पतालमा प्राथमिक उपचारपछि तीनै जनालाई चितवन स्थित इवामुरा हस्पिटलमा लगिएको थियो । भरथको मृत्यु भएपछि दम्पत्तिलाई उपचार प्रक्रिया सकेर प्रहरीले २१ गते नियन्त्रणमा लिइ अदालत पेश गरेको थियो ।

हाल ज्यानसम्बन्धी कसुर मुद्दामा भरथका बाबु ६३ वर्षीय मीनबहादुर र आमा ६४ वर्षीया देवीमाया हिरासतमा छन् । दोहोरो भिडन्तमा भरथको टाउको फुटेको थियो । गम्भीर घाइते भरथको उपचारको क्रममा मृत्यु भएपछि भ्लोन दम्पत्तिमाथि अहिले ज्यानसम्बन्धी कसुरको आरोप छ ।

भक्तपुरस्थित इवामुरा हस्पिटलमा उपचार पश्चात प्रहरीले मकवानपुर ल्याएको हो । मुखमा मास्क लगाएर चोर आएको र आफूहरुमाथि सिधै आक्रमण गरेको आशंकामा घरमा मीनबहादुर र देवीमायाले भान्सामा भेटिएका घरेलु वस्तुहरु चम्टिा, आगोबाल्ने ढुङ्ग्रोले प्रहार गर्दा भरथको टाउको फुटेको इन्स्पेक्टर शाहले बताए । बाबु मीनबहादुरको करङ भाँच्चिएको र आमा देवीमायाको बायाँ हात भाँचिएको थियो ।

परिवारसँगै बस्दै आएका भरथ सन् २०१९ मा काठमाडौ पसेका थिए । जीविकको लागि घर निर्माण मजदुरको रुपमा काम गर्दै आएका थिए । बेलाबेलामा अंशको सवालमा कुराकानी हुने गरेको तर आमाबुबासँग सम्बन्ध भने राम्रो नभएको प्रहरीको प्रारम्भिक बयासमा खुलेको छ । कान्छा हरिकृष्ण गाउँमै बाबुआमाको घर भएभन्दा पल्लो डाँडामा बस्दै आएका छन् । घटनापछि कान्छो छोरालाई आमा देवीमायाले फोन गरेर बताएपछि हरिकृष्ण पनि आमा बुबाको घरमा आएका थिए । त्यसपछि उनीहरु ३ जना मिलेर अक्रमणकारीलाई घरको थाममा बाँधेको प्रहरीलाइ कान्छा भाइले बयान दिएको शाहाले बताए । भ्लोन दम्पत्तिका काठमाडौंमा बस्ने माइला नवराज होटलमा कुक र साइला हरिविष्णु पेन्टरको काम गर्दै आएका छन् ।

घटनामा कानछोभाई हरिकृष्णको पनि संलग्नता आशंक गरेको प्रहरील उनको भने बयान लिन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए । जिप्रका मकवानपुरले २१ गते बुधबार मिनबहादुर र देवीमायालाई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट ज्यानसम्बन्धी कसुर मुद्दामा पाँच दिनको म्याद अनुमति लिइ अनुसन्धानको जारी राखेको छ ।

बाबुआमाको कुटपिटबाट भरतको टाउको फुटेको र मस्तिस्कमा रगत जमेको थियो । राती भिडन्त हुँदा गाउँले कसैले पनि जानकारी नभएको र मृतक भरत पनि काठमाण्डौबाट कहिले कतिबेल अदुवाबारी आइपुगे भन्नेसम्म जानकारी स्थानीयलाई छैन । पछि भरतकुमारका भाइले कुटपिटबाट घाइते व्यक्ति आफ्नो दाइ रहेको र पहिल्यैदेखि घर झगडा रहेको प्रहरीलाई बताएका थिए ।

हत्याको सबै कारण भने प्रहरीले अहिले सार्वजनिक गरेको छैन । “हामी अनुसन्धानको क्रममा छौ, सबैसँग बयान लिन पनि पाएका छैनौ” शाहले भने “अदालतको प्रक्रियामा रहेको केश भएकोले अदालतको अन्तिम फैसलाअघि हामी बोल्न मिल्दैन ।”

प्रहरी शंका गरेका कान्छा छोरोको बयान सुरु गर्नै बाँकी रहेको शाहले बताए । मृतकको श्रीमतीसँग पनि हामीले सोधपुछ गर्न बाँकी छ । “घटना पछि हेटौंडा आउनु भएको उहाँको श्रीमतीलाई पनि हामीले सम्पर्कमा आउने गरी हाललाई छोडेका छौ” शाहले भने ।

तपाइको प्रतिक्रिया
(Visited 167 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु