प्रेस काउन्सिलको निर्णयप्रति मिडिया एलायन्सको ध्यानाकर्षण

काठमाडौं । अंग्रेजी दैनिक ‘द हिमालन टाइम्स’लाई कालो सूचीमा राख्ने प्रेस काउन्सिल नेपालको निर्णयप्रति मिडिया एलायन्सको गम्भीर ध्यानाकर्षण भएको छ ।

प्रेस काउन्सिल नेपाल निष्पक्ष र पारदर्शी प्रक्रियाअनुरूप दुवै पक्षको भनाइलाई प्राथमिकताका साथ सुन्ने संवैधानिक दायित्व बोकेको संस्था प्रेस काउन्सिलले कुनै पनि निर्णयमा पुग्नुअघि सम्बन्धित पक्षसँग सत्यतथ्य बुझेर मात्रै प्रेस स्वतन्त्रता र निष्पक्षतालाई मनन गरोस् भन्ने मिडिया एलायन्सको भनाइ छ ।

‘द हिमालयन टाइम्सले काउन्सिललाई स्पष्टीकरणसहितको पत्रसमेत बुझाइसकेको र त्यसपछि कुनै छलफलबिना नै ‘कालोसूची’ मा राखिएको भन्दै कालोसूचीबाट तत्काल हटाउन आग्रह गरिरहेको अवस्थामा प्रेस काउन्सिल नेपाललाई आफ्नो निर्णयमा पुनर्विचार गरी सम्बद्ध पक्षसँग वार्ता अगाडि बढाउन आग्रह गर्दछौं’ मिडिया एलायन्सद्वारा मंगलबार जारी विज्ञप्तिमा यस्तो भनेको छ ।

यसैगरी, मिडिया एलायन्सले हतारमा गरिएको निर्णयले प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्यमान्यतामाथि आँच नपुगोस् भन्नेतर्फ सचेत रहँदै प्रेस जगत्लाई निर्धक्कसँग आफ्नो दायित्व पूरा गर्ने वातावरण प्रदान गर्न प्रेस काउन्सिलको ध्यानाकर्षण गराएको छ । मिडिया एलायन्सले सोही विज्ञप्तिमार्फत सधैंझंै सहयोगको अपेक्षा गरेको बताएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 155 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम