विदेश छाडेर उद्यममा जोडिदै भोजपुरका युवा

भोजपुर । भोजपुरका युवाहरु विदेशबाट फर्केर आफ्नै ठाउँमा उद्यम, व्यावसायमा जोडिन थालेका छन् । राज्यको तर्फबाट विदेशबाट फर्केर उद्यम, व्यावसायमा लाग्ने युवाहरुको लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिएपछि युवाहरुमा कृषिप्रति मोह बढेको हो ।

यहाँका युवाहरुले अहिले व्यावसायिक रुपमा कृषि गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् । विदेशको भोगाईपछि आफ्नो ठाउँमा उद्यमशिल बन्ने सोचका साथ व्यवासायमा जोडिएको युवाहरुले बताउने गरेका छन् । विदेशबाट फर्केर टेम्केमैयुङका ५ युवाका शिवकुमार विष्टले व्यावसायिक रुपमा बाख्रापालनसँगै विभिन्न उद्यम गर्दै आएका छन् । विदेशबाट फर्केर अहिले आफ्नो जन्मथलो मझौलेमा व्यवसायिक रुपमा बाख्रापालन थालेको उनले बताए ।

‘विभिन्न देशमा गरेर विदेशमा लामो समय विताए’उनले भने,‘तर अहिले विदेशप्रतिको मोह छाडेर गाउँमा नै कृषि लागेको छु । आफ्नै ठाउँमा निरन्तर व्यवसायमा जोडिने हो,भने विदेशमा हुने आम्दानी यहि नै हुन्छ ।’दश वर्ष उर्वर समय विदेशमा विताएको उनको भनाइ छ । स्वदेशमा बाख्रापालनसँगै व्यवसायिक रुपमा स्याउ खेती विस्तारमा जुटेको उनले जानकारी दिए ।

राज्यको तर्फबाट पनि विदेशबाट फर्केका युवालाई लक्षित गरेर विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालनले पनि उनीहरुलाई व्यवसायिक बन्न टेवा पुगेको छ । कृषि ज्ञान केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय, स्थानीय तहलगायतले विदेशबाट फर्केका युवालाई लक्षित गरेर विभिन्न प्रोत्साहन कार्यक्रम गर्दै आएका छन् ।

विदेशबाट फर्केर अर्का युवा पुस्कर विष्टले व्यवसायिक रुपमा बाख्रापालन गर्दै आउनु भएको छ । आफुले सञ्चालन गरिरहेको ‘पुस्कर कृषि तथा पशुपालन फर्म’मा अहिले बोयर र स्थानीय जात गरी ५६ वटा बाख्रा रहेको उनले जानकारी दिए । ‘विदेशबाट फर्केर पाँच वर्ष अघिबाट व्यवासायिक रुपमा बाख्रापालनमा लागेको छु’ उनले भने,‘अहिले मसँग ५६ वटा खसी, बाख्रा छन् । स्वदेशमा नै उद्यमी बन्ने लक्ष्यले व्यवसाय थालेको हँु । बार्षिक आठ-दश लाखको कारोबार हुन्छ ।’

बाख्रामा विभिन्न समयमा देखिने रोगका कारण भने समस्या हुने गरेको उनको भनाइ छ । जाडो सिजनमा बढी मात्रामा बाख्रामा निमोनिया रोग लाग्ने गरेको उनले बताए । गाउँघरमा नै पशु प्राविधिक भईदिए किसानलाई थप सहज हुने उनको भनाइ छ । स्थानीय सरकारहरुले किसानको व्यवसायिक योजनाको आधारमा आवश्यक सहयोग गरेमा कृषिमा लाग्ने युवाको सङ्ख्या अझ बढ्ने उनले बताए ।

‘धेरै युवाहरुले विदेशबाट फर्केर आफ्रनै ठाउँमा व्यवसाय गरिरहेका छन्’ उनले भने,‘स्थानीय सरकारले कृषिमा लागेका किसानलाई व्यवसायिक योजनाको आधारमा सहयोग गरे अझ यो सङ्ख्या बढ्न सक्छ ।’ बाख्रापालनको लागि अहिले दश रोपनी क्षेत्रमा घाँस विस्तार गरेको उनले जानकारी दिए । योसँगै आफ्नो ठाउँमा व्यवसायिक रुपमा अलैची खेती विस्तारसमेतमा जुटेको उनले बताए ।

विदेशबाट फर्केर गाउँमा नै व्यावसायिक बाख्रापालनसँगै किवी, एभोकाडो, ओखर तथा सुतवा खेती गरिहेको अर्का युवा एकराज विष्टले बताए । विदेशमा जानु भन्दा गाउँमा नै व्यवसाय गरेर उदाहरणीय बन्न सकिने उनको भनाइ छ ।‘व्यवसायिक बनेर काम गर्न सकियो भने यहि नै राम्रो आम्दानी गर्न सकिने रहेछ’ उनले भने,‘हाम्रो गाउँमा धेरै युवाहरु विदेशबाट फर्केर उद्यममा जोडिएको अवस्था छ । म पनि यहि नै व्यवसायिक रुपमा कृषिमा लागेको छु । यहि नै मेहनत गर्न हो भने बार्षिक चार÷पाँच लाख कमाउन समस्या छैन ।

तपाइको प्रतिक्रिया
(Visited 14 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा सशस्त्रका सई पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
२ लाख ६८ हजार सुरक्षाकर्मी फिल्डमा