मार्टिनेज थप दुई वर्ष बेल्जियमको प्रशिक्षक रहने

ब्रसेल्स । इंग्लिस क्लब एभर्टनका स्पेनिस पूर्वप्रशिक्षक रोबर्ट मार्टिनेज थप दुई वर्ष बेल्जियमको प्रशिक्षक रहने भएका छन् । मार्टिनेजले थप दुई वर्षका लागि बेल्जियन फुटबल फेडेरेसन (बीएफए)सँग सम्झौता नवीकरण गरेको बुझिएको छ ।

जसअनुसार मार्टिनेज २०२२ को कतार विश्वकपसम्म बेल्जियमको मुख्य प्रशिक्षक रहनेछन् । तर, यस’bout बीएफएले यस’bout केही बोलेका छैनन् । यसअघि मार्टिनेजको सम्झौता आगमी जुलाईसम्म रहेको थियो । बेल्जियम फुटबल फेडेरेसनले मार्टिनेजलाई २०२० को युरोकपसम्मका लागि सम्झौता गरेको थियो । तर, कोरोना भाइरस (कोभिड–१९)को महामारीको कारण युरोकप अर्का वर्षका लागि सारिएको छ । मार्टिनेज २०१६ देखि बेल्जियमको मुख्य प्रशिक्षक रहेका छन् ।

४६ वर्षीय मार्टिनेजको प्रशिक्षणमा बेल्जियमले युरोकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेको थियो । बेल्जियमले युरोकप छनोटमा १० खेलमा ४० गोल गर्दा मात्रै ३ गोल खाएको थियो । रसिया विश्वकप २०१८ मा पनि बेल्जियमले तेस्रो स्थान हासिल गरेको थियो । यूईएफए नेसन्स लिगमा बेल्जियम डेनमार्क, फिनल्यान्ड र रसिया रहेको समूह ‘बी’मा रहेको थियो । बेल्जियम फिफा वरीयतामा पनि शीर्षस्थानमा रहेको छ । बेल्जियमको यो पुस्तालाई स्वर्णिम पुस्ताका रूपमा लिइन्छ । यही गोल्डेन जेनेरेसनले मार्टिनेजको प्रशिक्षणमा २०२१ मा युरोकप र २०२२ मा विश्वकप खेल्नेछ ।

बेल्जियमसँग कप्तान इडेन हजार्ड, थिवाउट कोर्टुवा, केभिन डि ब्रुयन, थोर्गन हजार्ड, डिभोक ओरिगी र रोमेलु लुकाकुजस्ता विश्वस्तरीय खेलाडी रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 302 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आचारसंहिता विपरीत एमालेकाे चुनाव प्रचार गर्दै हेटाैंडाका मेयर