छातीमा दुखाइका कारण एआर रहमान अस्पताल भर्ना

मुम्बई । प्रसिद्ध भारतीय संगीतकार तथा गायक एआर रहमान आइतबार बिहान अचानक बिरामी परे । ५८ वर्षीय दिग्गज यी गायकलाई छातीमा असह्य पीडा भएपछि चेन्नईको अपोलो अस्पतालमा भर्ना गरियो । बिहान ७ः३० बजे उनलाई अस्पतालमा भर्ना गरियो । डाक्टरहरूले उनको एन्जियोप्लास्टी गरेर उनलाई आईतबार बेलुका डिस्चार्ज समेत गरेका छन् । तर उनलाई पूर्ण आराम बस्न चिकित्सकहरूले सुझाव दिएका छन् ।

उच्च रक्तचापका कारण उनको छाती दुखेको चिकित्सकहरूले बताएका छन् । उनमा प्रारम्भिक हृदयाघातको आशङ्का पनि गरिएको छ । उनको सबै स्वस्थ्य रिपोर्ट आउन बाँकी छ । श्रीमतीसँग सम्बन्ध बिग्रिएपछि रहमान निकै तनावमा छन् ।

एआर रहमानकी श्रीमती सायरा बानोले पनि उनको स्वास्थ्यमा सुधार आएको बताएकी छिन् । एआर रहमान र सायरा बानो आजकल छुट्टाछुट्टै बसिरहेका छन् तर उनीहरूको अहिलेसम्म सम्बन्ध विच्छेद भएको छैन । तथापि आफुहरुको चाँडै सम्बन्ध विच्छेद हुने कथन श्रमतीको छ ।

एआर रहमानकी श्रीमती सायराले भनिन्, ‘म उहाँको (एआर रहमान) शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्छु।’ उहाँलाई छाती दुखेको र एन्जियोप्लास्टी गरिएको खबर मैले पाएको छु । भगवानको कृपाले, उहाँ अहिले ठिक हुनुहुन्छ ।’

गत वर्ष नोभेम्बरमा, ए.आर. रहमान र उनकी श्रीमती सायरा बानोले आफ्नो सम्बन्ध विच्छेदको घोषणा गरे । दुवै जनाको विवाह भएको लगभग २९ वर्ष भइसकेको थियो । तर यो जोडीले धेरै वर्षपछि अलग हुने निर्णय गरेका छन् । उनीहरूका तीन सन्तान छन् । जसको नाम रहिमा, खादिजा र अमीन हो । हालै रिलिज भएको उनको चलचित्र छवामा रहमानको संगीतको निकै प्रशंसा भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 55 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ वैशाख २०८२

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
समाजवादीले टुंगो लगायो उम्मेदवार