नेपालमा बायोपिक चलचित्र बनाउनै सकस

काठमाडौं । गत बिहीबारबाट रिलिज भएको नेपाली चलचित्र अञ्जिला बायोपिक जनराको चलचित्र हो । मिलन चाम्सको निर्देशनमा बनेको यो उनको तेस्रो बायोपिक चलचित्र हो । राष्ट्रिय महिला फुटबल खेलाडीकी क्याप्टेन एञ्जिला तुम्बापो सुब्बाको जीवनीलाई निर्देशक चाम्सले चलचित्र अञ्जिलामा उतारेका छन् । उनले यो चलचित्रमा एञ्जिला आफैँलाई मुख्य भूमिकामा उतारेका छन् ।

चलचित्र अञ्जिलाले यतिबेला निकै राम्रो व्यापार गरेको छ । गएको बिहीबार रिलिज भएको यो चलचित्रले शनिवारसम्म रिलिज भएको भन्दा थप ३० प्रतिशत बढी हल पाएको छ । बायोपिक भएर पनि यो चलचित्रले कमर्सियल जस्तै बम्पर व्यापार गरिरहेका छन् ।

चलचित्र अञ्जिला रिलिज हुँदै गर्दा निर्देशक मिलन चाम्सलाई नेपालको पहिलो महिला फुटबल खेलाडी रमा सिंह र अर्का फुटबल खेलाडी गणेश थापाले समेत आफ्नो जीवनीमा बायोपिक चलचित्र बनाइदिन आग्रह नगरेका हैनन् । तर अब केही वर्ष आफूले खेल सम्बन्धि बायोपिक चलचित्र नबाउने घोषणा निर्देशक मिलन चाम्सले गरेका छन् ।

फुटबलमा बायोपिक चलचित्र बनाउँदाको सास्ती’bout निर्देशक मिलन चाम्सले भने,‘सबै राष्ट्रिय खेलार्ड भएका कारण उहाँहरूको ब्यस्तताले गर्दा एउटै फ्रेममा समेट्न मलाई साह्रै गाह्रो भयो । बायोपिक चलचित्र गर्न साह्रै गाह्रो भएकाले पनि तत्काल मैले बायोपिक नगर्ने सोच बनाएको छु ।’

मिलन चाम्सको यो तेस्रो बायोपिक चलचित्र हो । उनले यस अघि दुई नेपाली बायोपिक चलचित्र बनाई सकेका छन् । मिलनले सुरुमा कविता गुरुङको संघर्ष कथामा बायोपिक चलचित्र बबी निर्माण गरेका थिए । यो चलचित्रमा कविता आफैँले शीर्ष भूमिका निभाएकी थिइन् । यो चलचित्र बक्स अफिसमा व्यावसायिक रूपमा सफल मानियो ।

पहिलो बायोपिक चलचित्र बबीबाट उत्साहित भएर निर्देशक मिलन चाम्सले दोस्रो बायोपिक चलचित्र ब्लाईन्ड रक्स बनाए । यो चलचित्र नेत्रहिन युवती सृष्टि केसीको संघर्ष कथामा आधारित थियो । स्कुल अध्ययनको क्रममा सृष्टिले आँखा गुमाएपछि गरेको संघर्ष पछि हासिल गरेको सफलताको कथामा यो चलचित्र निर्माण भएको थियो । लगानी सुरक्षित गर्न सफल चलचित्र ब्लाईन्ड रक्सले राष्ट्रिय पुरस्कार पाउन सफल भएको थियो ।

यसरी दुई बायोपिक चलचित्र बनाई सकेका मिलनलाई निर्माता प्रेम कुमार श्रेष्ठले महिला फुटबल खेलाडी एन्जिलाको जीवनीमा चलचित्र निर्माणको प्रस्ताव राखेपछि उनले यो प्रस्ताव स्विकारेका रहेछन् । आफूलाई अघिल्ला दुई चलचित्रको तुलनामा अञ्जिला निर्माण गर्न निकै गाह्रो भएको निर्देशक चाम्सले बताए । सोही कारण अन्य विषयमा चलचित्र बनाए पनि हाललाई खेल सम्बन्धी बायोपिक चलचित्र बनाउने चाहना नरहेको पनि निर्देशक चाम्सले बताए ।

नेपालमा बायोपिक चलचित्रको सुरुवात आदिकवि भानुभक्तबाट भएको हो । यो चलचित्रको २०५५ सालमा निर्माण गरिएको थियो । यो चलचित्रलाई यादव खरेलले निर्देशन गरेका थिए । यो चलचित्रको छायांकन निर्देशक खरेलले भानुभक्तकै गाउँ तनहुँका रम्घामा गरेका थिए । यो चलचित्रले पनि त्यत्ति बेला राम्रै चर्चा पाएको थियो ।

यसपछि निर्माण भएको दोस्रो बायोपिक नेपाली चलचित्र वीर गणेशमानबाट सुरु भएको हो । सहजमान श्रेष्ठ र बिजय रत्न तुलाधरको निर्देशनमा २०६० सालमा चलचित्र वीर गणेशमान निर्माण भएको थियो । नेपाली काँग्रेसका नेता तथा प्रजातान्त्रिक योद्धा वीर गणेशमान सिंहको जीवनीमा यो चलचित्र आधारित थियो । यो चलचित्र निर्माण गर्दा भने आफूहरूले दर्शकबाट राम्रो प्रशंसा पाएको यसका निर्देशक बिजय रत्न तुलाधरले बताए ।

त्यसपछि लामो समयसम्म नेपालमा बायोपिक चलचित्र निर्माण भएन् । नेपालमा यसरी बायोपिक चलचित्र निर्माण नहुनुमा यो आफैमा जटिल जनरा भएको कथा चलचित्रकर्मीहरूको छ ।

नेपालमा बायोपिक चलचित्र अत्यन्त कम बन्नुको कारण’bout नेपाल चलचित्र कलाकार संघका अध्यक्ष एवम् निर्देशक मोहन निरौला यसो भन्छन्,‘बायोपिक बनाउनु भनेको आफैँ जटिल काम हो । बायोपिक बनाउँदा कत्ति पनि चलचित्र करण हुनु हुँदैन भन्ने मान्यताले पनि नेपालमा बायोपिक चलचित्र बनाउन जो कोहीले हिम्मत गर्दैनन्,’ सोही कारण पनि नेपालमा बायोपिक चलचित्र बिरलै बन्ने गरेको उनले बताए ।

वीर गणेशमान पछि निर्माण भएका बायोपिक नेपाली चलचित्रमा आचार्य, जीवन फुलकी काँडा आदि पर्दछन् । १४ वर्ष अघि निर्देशक प्रशान्त रसाइलीले नेपाली बायोपिक चलचित्र आचार्य निर्देशन गरेका थिए । यो चलचित्र गायक भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित थियो । भक्तराजको स्मृतिमा यो चलचित्रलाई गत साउनमा पनि प्रदर्शन गरिएको थियो ।

यस्तै चलचित्र जीवन काँडाकी फूल स्रष्टा झमक कुमारी घिमिरेको जीवनमा आधारित थियो । यो बायोपिक चलचित्रलाई विनोद विष्टले निर्देशन गरेका थिए । यो चलचित्र ब्यबसायिक रूपमा भने त्यति सफल भएन । तथापि चलचित्रले राम्रै चर्चा पायो । यसपछि मिलन चाम्सले ब्लाईन्ड रक्स र अञ्जिला बनाएका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 82 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ वैशाख २०८२

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कञ्चनपुरको लालझाडी गाउपालिकामा एमाले बिजयी