इटहरी । इटहरीमा रहेको शहीद स्मृति आवासीय माध्यमिक विद्यालयमै मदिराको भण्डार रहेको पाइएको छ । आइतबार विद्यालयमा मदिराको भण्डार रहेको पुष्टि भएको हो ।
इटहरी–१९ मा रहेको विद्यालयमै मदिराको भण्डार रहेको पाइएपछि घटना ढाकछोपको प्रयास गरिएको छ । यस’bout विद्यालय व्यवस्थापन समितिले भने सुँगुर पालनका लागि प्रयोग गर्न उब्रिएको खानेकुराको मोर्चा हालेर जाँड बनाइएको प्रतिक्रिया दिएको छ ।
सोही विद्यालयमा अध्ययनरत विद्यार्थी पुरन विश्वकर्माले विद्यालयमै मदिरा (जाँड) बनाइने गरेको बताए । ‘होस्टेलमै जाँड बनाइएपछि दुर्गन्ध फैलिएको छ, यहाँका नराम्रो क्रियाकलाप’bout बोल्दा विद्यालय प्रशासनले दबाबमा राख्छ,’ विश्वकर्माले भने, ‘होस्टेल वार्डेनले मैले चाहें भने बाहिरको मान्छे लगाएर कुटाउन सक्छु भनेर धम्की दिने गर्नुभएको छ ।’
खासगरी गत शुक्रबार होली खेल्ने क्रममा विद्यार्थीमाथि दुव्र्यवहारसमेत भएको उनले आरोप लगाए । ‘होलीको दिन होस्टेल वार्डेन सोमप्रसाद पुरी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराम गिरीले खेदाउनुभयो,’ विश्वकर्माको आरोप छ, ‘होली नमनाउने भए किन विद्यालय छुट्टी भयो, यहाँ होली खेल्ने को हो ? खेल्छस् भने मसँग आइज भनेर थर्काउँदै दुव्र्यवहार भयो, अध्यक्षले तेरो बाउको स्कुल हो भनेर निष्कासन गर्ने धम्कीसमेत दिनुभएको छ ।’

अर्का विद्यार्थी गणपति चौधरीले आफू शहीद परिवारकै सन्तान भए पनि शहीद स्कुलमै विभेद भएको बताए । आफ्नी दिदी लक्ष्मीकुमारी चौधरीलाई शुल्क नतिरीकन पढ्न नपाइने भन्दै पढाइबाट समेत वञ्चित गराइएको उनको भनाइ छ । ‘शहीद स्कुलमा शहीदकै बच्चा पढ्न पाइँदैन,’ चौधरीले भने, ‘पढ्नका लागि पैसा लाग्छ भनेर भनियो, मलाई पनि जतिसुकै पावर लगा यहाँ राख्दिनँ भन्दै दबाब दिइयो ।’
विश्वकर्मा र चौधरीजस्तै विद्यार्थीहरू विशु घिमिरे, गरिमा पोखरेल, विपन विश्वकर्मा, धनसिंह कार्की, रोहितजंग राजवंशीलगायतले विद्यालयमा भएको विकृति’bout बोल्दा डराउनुपर्ने अवस्था भएको बताए ।
विद्यालयमै जाँड बनाइने, सफाइका लागि कर्मचारी राखे पनि विद्यार्थीलाई धम्की दिँदै सफाइमा खटाइने, शौचालय सफा गर्न लगाउने, शुल्क नतिरेमा कोचिङ कक्षामा सहभागी नगराइने, भ्रमण शुल्कका लागि बजेट आए पनि विद्यार्थीबाट शुल्क उठाइनेलगायतका समस्या रहेको उनीहरूले गुनासो गरे । जाँड बनाउँदा दुर्गन्ध फैलिएको, बोलेमा घर फर्काइदिने धम्की दिएको, कोचिङको माग गर्दा पैसा माग गरेको, भ्रमणका लागि शुल्क आए पनि विद्यार्थीसँग लिइएको उनीहरूको आरोप छ ।
यस’bout विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराम गिरीले भने सो विद्यालयमा ३६ वटा जिल्लाका विद्यार्थीहरू अध्ययनरत रहेको बताए ।
‘नजिकिँदै गरेको एसईई परीक्षा र अन्य कक्षाका परीक्षालाई पनि लक्षित गरेर पढाइमा फोकस हुन आग्रह गरेका हौं,’ गिरीले भने, ‘होलीको दिन होहल्ला गरेपछि गैरचरित्र विद्यार्थी र विद्यार्थीको रूप नभएका मानिसलाई यो विद्यालय कसैको बिर्ता ठान्नुहुँदैन भनिएको हो ।’
खासगरी सो विद्यालयको खर्च व्यवस्थापनका लागि सुँगुर पालन गरिएको उनले बताए । यद्यपि, जाँड बनाइएको ’bout भने गलत भएको उनले स्वीकार गरे ।
‘त्यो नगर्नुपथ्र्याे (जाँड नबनाइनुपथ्र्याे), उब्रेको भातलाई मोर्चा हाल्दा धेरैबेरसम्म टिक्छ नभए तत्कालै बिग्रिन्छ भन्ने कुरा रहेछ,’ गिरीले भने, ‘त्यो चैं नगर्ने नै काम हो तर यसको मूल उद्देश्य चारो नै हो, नियत खराब होइन, उद्देश्य सही हो, त्यसो नगर्नुपथ्र्याे गरियो ।’

उनले मोर्चा प्रयोग गरेर जाँड बनाइनु गलत भएको बताए । यद्यपि, होस्टेलको एउटा कुनामा सुँगुर पालन गरिरहेको उनको भनाइ छ । ‘विद्यार्थीले खाएको खाना उब्रिन्छ, सुँगुर पालन गर्दा चारो किन्ने पैसा छैन, होस्टेलकै एउटा कुनामा सुँगुर छ, आज मात्रै दुईवटा बिक्री भयो,’ गिरीले भने, ‘विद्यालयको व्यवस्थापनका लागि खर्च व्यवस्थापनका लागि र विद्यार्थीलाई श्रममा जोड्ने भनेर सुँगुर पालन गरिएको हो, अब चाँडै नै कुखुरा र बाख्रा पनि पाल्ने भन्ने योजना भएको छ ।’
उनले विद्यार्थीलाई प्राविधिक धार र कृषिमा जोड्नका लागि सो कदम चालिएको जिकिर गरे । ‘धनीका छोराछोरी भए एउटा कुरा हुन्थ्यो, यी विद्यार्थी शहीदका छोराछोरी हुन्, दुई महिना घरम बसे भने खाना अभावले कहिले होस्टेल आऊँ भन्ने हुन्छ,’ उनले थपे, ‘विद्यार्थीलाई आत्मनिर्भर बनाउनका लागि सुँगुर खेतीसँगै कुखुरा र बाख्रा पालनसँगै तरकारी खेती पनि गर्ने भन्ने भएको छ, यसका लागि जग्गा खोजिरहेका छौं ।’
यता, होस्टेल वार्डेन सोमप्रसाद पुरीले भने आफूले विद्यार्थी नधम्क्याएको जिकिर गरे । ‘होली खेल्ने क्रममा हुलदंगा बढी भएपछि होली नखेल भनेको हो,’ पुरीले भने, ‘मैले कसैलाई धम्क्याएको छैन ।’ होस्टेलमा कार्यरत कर्मचारी विमला गिरीले उब्रिएको खानेकुरालाई भण्डारण गरी मोर्चा प्रयोग गरेर सुँगुरलाई दिएको बताइन् ।
‘यो जाँडभन्दा पनि विद्यार्थीले खाएर उब्रिएको भातलाई जम्मा पारेर मोर्चा हालिएको हो,’ वार्डेन पुरीले भने, ‘लोकल गाउँको मान्यतानुसार मोर्चा हालेको खानेकुरा दिएमा सुँगुर छिट्टै बढ्ने मान्यता छ, यो कसैले खानका लागि बनाइएको होइन ।’ होस्टेल क्षेत्रभित्र सुँगुर पालन गरिएको र मोर्चा प्रयोग गरी त्यसलाई खान दिएको उनको भनाइ छ ।

विद्यालयकी प्रधानाध्यापक रीता फुयाँलका अनुसार होस्टेलमा २ सय ५६ जना विद्यार्थी आवासीय छन् । सुरक्षा र संवेदनशीलतासँग जोडिएकाले सामूहिक होली खेल्न नदिँदा विद्यार्थीको गुनासो रहेकाले त्यसलाई सम्बोधन गर्ने प्रयास भइरहेको उनले बताइन् ।
‘खासगरी जाँडको जुन कुरा छ, त्यो चैं वेस्टेज भएका खाद्यान्नको उच्चतम प्रयोग गर्ने उद्देश्य हो,’ फुयाँलले भनिन्, ‘फालिएका सामग्रीलाई प्रयोग गर्न सुँगुर पालेका हौं, मादक पदार्थ सेवन गर्नेलाई होस्टेलमा छिर्नै दिइँदैन, विद्यालयभित्रै बनाउने त कहाँ हुन्छ र ?’
उनले अब वैशाख महिनाभर विद्यार्थी बिदामा हुने समयमा सुँगुरलाई खानेकुरा दिनका लागि सो सामग्री भण्डारण गरिएको उनको जिकिर छ । खासगरी शुल्कको विषयमा भने अभिभावकको सहयोग लिएको उनले बताइन् । ‘विद्यार्थी सिस्टममा बस्नुपर्छ भन्ने हाम्रो भनाइ हो,’ उनले भनिन्, ‘२ सय ५६ जना विद्यार्थी होस्टेलमा बस्नु चानचुने कुरा होइन ।’
तस्बिरहरु: शहीद विद्यालय र विद्यालय परिसरभित्र दुर्गन्धित जाँड । विवेक विवश रेग्मी/राजधानी