संखुवासभामा हिंसा पीडितका लागि आवास गृह र पुनर्स्थापना केन्द्र बन्यो

संखुवासभा । सदरमुकाम खाँदबारीमा महिला आवासगृह तथा पुनर्स्थापना केन्द्र निर्माण सम्पन्न गरी हस्तान्तरण भएको छ । सदरमुकाम खाँदबारीमा हिंसामा परेका महिला तथा बालिकाहरूको आवासका लागि आवासगृह तथा पुनर्स्थापना केन्द्र निर्माण सम्पन्न गरि हस्तान्तरण गरिएको हो । हिंसामा परेका बालिका, किशोरी तथा महिलाहरूको लागि आवासगृह तथा पुनर्स्थापना केन्द्र निर्माण पश्चात हस्तान्तरण गरिएको हो ।

खाँदबारी नगरपालिका –८ स्थित डाडाँ गाउँमा भाडाको घरमा सञ्चालन हुँदै आएको महिला आवासगृह तथा पुनस्र्थापना केन्द्र भवन निर्माण सम्पन्न भएपछि सुविधा सम्पन्न भवनमा सरेको छ । जिल्ला समन्वय समिति संखुवासभाको स्वामित्वमा रहेको जग्गामा समाज विकास केन्द्र (सोडेक) संस्थाले दातृ निकायको सहयोगमा ०७८ चैत्र १ गतेदेखि महिला आवासगृह तथा पुनस्र्थापना केन्द्र सुरु गरेको थियो ।

सुविधा सम्पन्न भवन निर्माण भएपछि हिंसामा परेका बालिका, किशोरी तथा महिलाहरूको लागि ठूलो राहत पाउने जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताए । आवासगृह तथा पुनस्र्थापना केन्द्र पीडित महिलाहरूको लागि भएकाले सबै स्थानीय तहहरू सहयोग आवश्यकता पर्ने प्रमुख शाक्यले बताए ।

महिला आवासगृह तथा पुनस्र्थापना केन्द्र दुई करोड १० लाख ६१ हजार ४ सय ७२ रुपैयाँ लागतमा चारतले भवन निर्माण गरिएको सोडेका प्रकाश राईले बताए । सुविधा सम्पन्न उक्त भवनमा २० वटा कोठा र १३ वटा शौचालय रहेको छ । हिंसामा परेका बालिका, किशोरी तथा महिलाहरूको लागि सबै सुविधा भवनभित्र नै रहने गरी निर्माण गरिएको छ ।

उक्त महिला आवासगृह तथा पुनस्र्थापना केन्द्रबाट ९७ जना महिलाहरू हालसम्म लाभान्वित भएका छन् । साहाराविहीन महिलाहरूलाई उक्त केन्द्रमा ६ महिनासम्म राखेर मनोसामाजिक परामर्शसहित जीविकोपार्जनका सीपहरू सिकाइने गरिएको सोडेककी कर्मचारी तुलसी घिमिरेले बताइन् ।

तपाइको प्रतिक्रिया
(Visited 38 times, 1 visits today)

Ads Space Available

साताका लोकप्रिय समाचार

epaper

भर्खरै

जमिन भासिएर हराएको गाडीको १९ दिनपछि पार्टपुर्जा भेटियो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दैलेखकाे नारायण नगरपालिकामा एमालेका उम्मेदवार विजयी