जो गोर्खालीलाई माया गर्छन्

इतिहासमा त्यस्ता सैन्य जनरलहरू जन्मन्छन्, जसका ’boutमा अरूले शोध गरेर किताब लेख्छन् । आमनागरिक त नभनौं तर फौजमा आबद्ध स्वदेश तथा विदेशका लाखौंले पढेर उनलाई प्रेरणाका रूपमा लिन्छन् । उनको नाममा देशको हुलाक टिकट बन्छ, निर्देशकले चलचित्र बनाउँछन्, बीच बजारमा सालिक उभिन्छ, अनुसन्धान हुन्छन् र व्यक्ति अन्ततः आफैंमा भावी पुस्ताका लागि एउटा ग्रन्थजस्तै बन्न पुग्छ । त्यस्तैमध्ये आधुनिक भारतको सैन्य इतिहासका सबैभन्दा लोकप्रिय जनरल हुन्, होरमुसजी फ्रेमजी जमशेदजी मानेकशा अर्थात् सैम बहादुर, झनै हामीले भन्दा श्याम बहादुर । हाँस्य रस त्यो पनि पेचिलो तवरमा बोल्ने जनरल सैमले कुनै अवस्थामा भनेका थिए, ‘राजनीतिकर्मी † जो सुरक्षा र रक्षाको जिम्मेवारी त बहन गर्छु भन्छन् तर कहिल्यै सैन्य इतिहास, युद्ध रणनीति, हातहतियार आदि ’boutको किताब पढेका पनि हुँदैनन्, तिनीहरू, खासै भन्ने हो भने मोर्टार र मोटर, गन र हावीत्जर, गुरिल्ला र गोरिल्लाबीचको फरक के छ भनी राम्ररी छुट्ट्याउन पनि सक्दैनन् ।’

सैम मानेक्सा पार्सी परिवारमा सन् १९१४ मा जन्मिए । पार्सीहरू पर्सिया, हालको इरानबाट आठौं शताब्दीमा मुस्लीम धर्मको अतिक्रमण र अतिवादको प्रारम्भसँगै अरू धर्मजस्तै जोरोस्त्रीयन धर्ममा आस्था राख्ने माथि पनि तीव्र दमन भएका कारण भारत पलायन भएका मानिन्छन् । सुरुमा शरणार्थीका रूपमा गुजरात आएका पार्सीहरू पछि ब्रिटिस कालमा मुम्बईमा सर्न थाले । उनका हजुरबुबा गुजरातमा शिक्षक थिए, जसले मोरारजी देसाईलाई पढाए । बुबा, हरमुसजीले मुम्बईमा मेडिकल पढेर डाक्टर बने । त्यहाँ राम्रो कमाइ नभएपछि लाहोर जाने विचारले हिंडे तर अमृतसरमै मेडिकलको सुविधा नभएकाले पेसाको सम्भावना देखेर क्लिनिक र फार्मेसी खोले । उनका ६ सन्तान पन्जावमै हुर्किए । पहिलो विश्वयुद्धमा पिता हरमुसजीले इराक र इजिप्टमा क्याप्टेनका रूपमा डाक्टरी सेवा गरे । अमृतसरमा अंग्रेजी विद्यालय नभएकाले तीनवटा छोरालाई शेरवुड कलेज नैनितालमा भर्ना गरिदिए भने छोरीहरूलाई विभिन्न अंग्रेजी विद्यालयमा भर्ना गरिदिए । सानैमा सैम मात्र यस्ता थिए, जो आमा र ठूली दिदीसँग निहँ खोजिराख्ने र झगडा गर्ने गर्थे । सुरुमा उनको नाम साइरस राखिएको थियो, पछि पर्सीयन राजा तर उसको क्रुरताका कारण बदली गरेर सैमजी राखियो ।

सबै बालबालिका पढ्न गएपछि अमृतसरस्थित घर शून्य बन्यो । पाँचौं सन्तानका रूपमा जन्मिएका सैमको आकांक्षा पिताजस्तै डाक्टर बन्ने थियो । सैमजीलाई बेलायत पठाउने विचार त गरे तर अरू दुईजना दाजु बेलायतमा पढ्दै गरेकाले आर्थिक बोझ थपिने भयो । उनलाई नैनितालबाट सिनियर क्याम्ब्रिज डिस्टिङ्सनमा सकेपछि अमृतसरमै पढाइयो तर बेलायत पठाउँछु भनेर नपठाएकामा सैम रिसाएर १८ महिनासम्म त बाबुसँग बोलेनन् । सन् १९३२ मा ब्रिटिसले इन्डियन मिलिटरी एकेडेमी देहरादुनमा खोल्ने भए । सैमले आमासँग पैसा मागेर दिल्ली आएर परीक्षा दिए । छैठौं नम्बरमा नाम निस्किएपछि अफिसर क्याडेटको तालिम गर्न देहरादुन पुगे । एकेडेमीमा उनको कम्पनी कमान्डर मेजर डेभिड पन्च कोवान थिए, छैठौं गोरखा राइफल्सका । उनैसँग पछि दोश्रो विश्वयुद्धमा जापानिजविरुद्ध बर्मामा लडाइँ लडे । घोडा चढ्न भने उनी जहिल्यै डराउने गर्थे । अरूसँग भन्थे कहिल्यै सिनियरको अघि र घोंडाको पछि नपर्नु जुन बेला पनि लात्ताले हान्न सक्छन् ।

साताको बिदामा तीन जना साथी मसुरी घुम्न गए तर उनीहरूले देहरादुनको अन्तिम बस छुटाए । एकरात मसुरीमा बिताउनुपर्ने भयो । उनीहरूलाई एकेडेमीमा १५ दिनसम्म कतै नजाने सजायँ दिइयो । सैमको कर्पोरल नियुक्ति खोसियो । सन् १९३४ मा देहरादुन एकेडेमीबाट पहिलो ब्याज २२ जना पासआउट भए । सो पहिलो कोर्सले तीन जना आर्मी चिफ जन्मायो । जनरल मुसा पाकिस्तान, स्मीथ दुन बर्मा र सैम मानेकशा भारत । सुरुको पोस्टिङ रोयल स्कटको दोस्रो बटालियनस्थित लाहोरमा भयो । पहिलो वर्षको वार्षिक गोप्य रिपोर्ट बनाउने बेलामा एड्जुटेन्टकामा हाजिर हुनुप¥यो । एड्जुटेन्टले ससर्ती हेरेपछि, सैम कपडा लगाएको ठीक छैन, फोहोर छ भनी बताए । दुरुस्त लगाएर कर्णेलकोमा जानु पनि भने । उनले लेखे पनि कि ‘मलाई क्षमा गर, यो मान्छे कुनै दिन अधिकृत हुन्छ ।’ अर्को पोस्टिङ फ्रन्टियर फोर्स रेजिमेन्टको चौथो बटालियनमा पन्जावी प्लाटुन कमान्डरको रूपमा भयो । सन् १९४० मा सिल्लो बोडेसँग उनको विवाह भयो ।

दोस्रो विश्वयुद्ध चर्कियो । सन् १९४२ मा उनको बटालियन बर्मामा जापानविरुद्ध लड्न सितांग नदीमा तैनाथ भयो । उनी कप्तानका रूपमा शिख कम्पनीको कमान्डरका रूपमा तैनाथ भए । जुनियर अधिकृत, जवान धेरै घाइते भए । गणपतिले प्रमोसनका लागि सिफारिस गर्न बैठक राखे । उनको कम्पनीका सिपाही सुरत सिंहको नाम आयो तर उनले सुरतलाई सिफारिस गरेनन् । साँझपख कम्पनीका ज्येष्ठ सुवेदार वलवन्त सिंह दौडेर सैमकहाँ आए । सिंहले ‘कम्पनी कमान्डरले सिफारिस नगरेकाले मार्छु भन्दै हिँडेको छ सर’ भनी जानकारी दिए । उसलाई हातहतियार बुझाउन लगाइयो, सैमले कम्पनीलाई सामेल गरे र सुरत सिंहलाई पेस गराइयो ।

युद्धमा विद्रोह गर्ने र कायरता देखाउनेलाई मृत्युदण्डको सजाय हुन्थ्यो । सैमले पेस्तोल समातेर सुरत सिंहलाई दिए, ल मलाई गोली हान् भने । सुरत सिंह नाजवाफ भएर दयाको भीख माग्न पुग्यो । सैमले उसको पेस्तोल उसैलाई फिर्ता दिनु भनेर गए । सुवेदार मेजर फेरि आएर भने सर † यसरी माफीसहित पेस्तोल फिर्ता दिँदा राति गोली हान्न सक्छ भनी बताए । सैमले भने ‘आज मेरो पालबाहिर सुरत सिंह डिउटी गर्छ, भोलि बिहान तातो चिया र सेभिङका लागि तातोपानी तयार गरेर मलाई उठाउँछ’ भन्ने आदेश दिए । सुरत सिंहले रातभरि ननिदाई डिउटी सम्पन्न ग¥यो र बिहान चिया तथा पानी तयार ग¥यो । युद्ध अवधिभर सुरत सिंहले अति अनुशासित सिपाहीका रूपमा भूमिका निभायो ।

जापानिजले आक्रमण गरी कब्जा गरेको पेगोडा हिलमा प्रतिरोध गर्दा सैम घाइते भए । उनलाई मेसिनगनका नौवटा गोली पेट, घाँटी, लिभर, किड्नी र आन्द्रामा लाग्यो । कमान्डरले भीषण लडाइँका कारण घाइते सबैलाई छाडिदिन भने तर फौजले तानेर ल्यायो । उनको पन्जावी अर्दली शेर सिंहले बोकेर मेडिकल एड पोस्टसम्म ल्यायो । डाक्टरले वास्ता नगरेको देखेर, सिपाहीले राइफल ताकेर जसरी पनि उपचार गर्न करायो । फिल्ड कमान्डर र ब्रिगेड कमान्डरले सैमको बहादुरीको कदर गर्दै मिलिटरी क्रस पदक दिन सिफारिस गरे । डिभिजन कमान्डर जनरल पन्च कोवानले सहजै अनुमोदन गरे । सो बहादुरी पदक मरणोपरान्त दिइने चलन नभएको र सैमको बाँच्ने आशा ज्यादै कम भएकाले आफ्नै ‘मिलिटरी क्रस’ मेडल झिकेर छातीमा लगाइदिए । त्यहाँबाट बर्माको मण्डले, रंगुन हुँदै भारत ल्याइयो । सामले जिन्दगीभरि अर्दली शेर सिंहलाई बिर्सेनन् । कठिन उपचारपश्चात् उनी मुस्किलले बाँचे ।

सन् १९४३ मा क्वेटामा स्टाफ कलेज गरेपछि सैम मेजर भए । ब्रिगेड मेजरका रूपमा रजमाक ब्रिगेड बजिरिस्तानमा पोस्टिङ भयो । विश्वयुद्ध सकिएको थिएन । उनलाई ९–१२ फ्रन्टियर फोर्स बर्मामा १४औं सेना कमान्डर जनरल स्लिमलाई रिपोर्ट गर्न भनियो । सन् १९४५ मा उनी स्टाफ कलेज क्वेटामा डाइरेक्टिङ स्टाफका रूपमा खटिए । फेरि जनरल डेइसीको स्टाफ अफिसरका रूपमा भियतनाममा जापानिज युद्धबन्दीको व्यवस्थापनमा तैनाथ भए । सैमको संगठन र नेतृत्वकलासम्बन्धी राम्रो गुण देखेर फिल्ड मार्सल लर्ड क्लाउडे अउचिन्लेक प्रभावित भएकाले उनी सन् १९४६ मा भारतीय सैन्य दलको ६ महिनाको अस्ट्रेलिया भ्रमणमा छानिए, जहाँ भारतको विश्वयुद्धमा हाँसिल गरेको उपलब्धि’boutमा प्रकाश पार्नु थियो ।

लेफ्टिनेन्ट कर्णेलमा पद्धोन्नति भएर सैन्य अपरेसन निर्देशनालयमा खटिए । जहाँ मेजर याया खाँ पनि थिए । पहिलोपटक क्याप्टेन एसके सिन्हासहित तीन जना भारतीय अधिकृत सो निर्देशनालयमा खटिएका थिए । देश विभाजनपछि याया खाँ पाकिस्तान गए । नियतिले सन् १९७१ को लडाइँमा सैम भारतको आर्मी चिफ र याया खाँ पाकिस्तानको चिफ तथा राष्ट्रपतिका रूपमा आमनेसामने भए । ब्रिटिसले भारतलाई स्वतन्त्रता प्रदान गर्ने भएसँगै सुरक्षा फौज पुनर्संवैधानिक कमिटी गठन गरियो । सैनिक सामानहरूको दुई तिहाइ भारतमा र एक तिहाइ पाकिस्तानमा जाने भयो । १४ अगस्ट १९४७ मा भारतीय अधिकृतले पाकिस्तान जाने अधिकृतका लागि बिदाइ राखे ।

भारतका उच्च अधिकृत मेजर जनरल करियप्पा र पाकिस्तान जाने उच्च अधिकृत ब्रिगेडियर एएम राजाले उपहार साटासाट गरे । १४ र १५ अगस्ट १९४७ मा पाकिस्तान र भारत स्वतन्त्र देश बने । रेडक्लिफ लाइनलाई आधार मानेर भूमि विभाजन भयो । करिब १ करोड मुस्लीम भारतबाट पाकिस्तान जाने भए, त्यसैगरी हिन्दू र सिखले पाकिस्तान छाड्ने भए । सदियौंदेखि बस्दै आएको स्थान छाडेर यताउता गर्दा मानिसहरू ज्यादै दुखी मात्र भएनन्, आन्तरिक शरणार्थीको ओइरो लाग्यो । यसैगरी, राजा महाराजाको शासन भएका ५ सय ६५ राज्यको टुंगो लगाउनुपर्ने भयो । उनीहरूलाई भारत या पाकिस्तान रोज्न भनियो । तत्कालीन गृहमन्त्री पटेलले प्रत्येक राज्यमा गएर बुझ्न कमिटी बनाए र सैन्य अधिकृतका रूपमा सैम पनि खटिए । अधिकांश राज्य भारतीय भूमिभित्रै रहेका कारण धेरैले भारतलाई नै अपनाए ।

जम्मु–काश्मीर, जुनागढ र हैदरावाद भने समस्यामा थियो । जुनागढका नवाव पाकिस्तान गए तर राज्य भारतमा मिलाइयो । हैदरावाद स्वतन्त्र रहन खोजेको थियो तर पछि सैन्य अपरेसनबाट भारतमा मिलाइयो । काश्मीरमा राजा हिन्दू तर जनताको बहुमत मुस्लीम भएका कारण समस्या खडा भयो । काश्मीरमा, उत्तर–पश्चिम फ्रन्टियर प्रोभिन्सका आदिवासीसहित पाकिस्तान सेनाको व्यापक घुसपैठमार्फत आतंक मच्चाउन थाले । महाराजा हरिसिंहले भारतसँग सहयोगको हात बढाए । भारतीय चिफ रोय बुचरले अपरेसनका उपनिर्देशक सैमलाई बोलाए । समस्याको टुंगो लगाउन भीपी मेननसँग सैम श्रीनगर गए ।

महाराजा हरि सिंहले भारतीय सेनाको सहयोग नभएमा काश्मीरको अवस्था जटिल हुने जानकारी भ्रमण दललाई गराए । २६ अक्टोबर १९४७ मा महाराजाले भारतमा विलय हुने सम्झौतामा हस्ताक्षर गरे । करिब ९ किलोमिटर दूरीमा पाकिस्तानी आक्रमणकारी आइसकेका थिए । तत्काल दिल्ली आएर मेननले काश्मीरको सम्झौता प्रधानमन्त्री नेहरूलाई बुझाए । रक्षा समिति बैठक बस्यो । सैमले सैन्य गतिविधि ‘ब्रिफ’ गरे । यदि, तत्कालै भारतीय सेना तैनाथ नगरिएको खण्डमा पाकिस्तानी श्रीनगर आउने, एअरपोर्टलगायत कब्जा गर्ने र जम्मु–काश्मीर हातबाट गुम्ने बताए । सैन्य कारबाहीका लागि नेहरू हिचकिचाए तर पटेलले जम्मु–काश्मीर लिने कि गुमाउने भनेर चेतावनी दिएपछि सहमत भए । स्थिति बिग्रँदै गएकाले तत्कालै तैनाथीको आदेश दिइयो । २६ अक्टोबर बिहानैबाट हवाई साधनबाट ८ सय खेप गरेर सैन्य उतारियो । यसरी, आक्रमणकारीबाट श्रीनगर जोगाइयो । दुवै देशका सेनामा ब्रिटिस चिफहरू थिए ।

तपाइको प्रतिक्रिया
(Visited 629 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

७ वैशाख २०८२

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
अफताव आलमको छोरा राजपुर मेयरमा निर्वाचित