काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार थप तीन अध्यादेश जारी गरेका छन् ।
शनिबार एकैपटक स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश– २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश–२०८३ तथा विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ जारी गरिएको हो ।
राष्ट्रपतिको कार्यालयले शनिबार जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेशहरू जारी गरेका हुन् ।
तपाइको प्रतिक्रिया
(Visited 173 times, 1 visits today)






