सप्तरी । भन्सार छलेर ल्याईएका ठूलो परिमाणको कपडा प्रहरी बरामद गरेको छ । उक्त कपडा ल्याउन प्रयोग गरिएको एक टेम्पु समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाको खडक नगरपालिका वडा नम्बर ८ रंजितपुर सडक खण्डमा बोदेबरसाईन बाट बिसनपुरतर्फ आउदै गरेको प्र.२–०१–००१ स.०९२१ नम्बरको टेम्पुबाट भंसार छलेर ल्याईएको १४ लाख ९ हजार दुई सय ७० रुपैया बराबरको कपडा प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी बिसनपुर बाट खटिएको प्रहरी टोलीले गस्ती तथा चेक जाँच गर्ने क्रममा भंसार छलीका कपडाहरु बरामद गरेको तथा टेम्पु सहित आवश्यक कारवाहीको लागि राजविराज भसार कार्यालय चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
तपाइको प्रतिक्रिया
(Visited 44 times, 1 visits today)