Thursday, May 6, 2021
Home भर्खरै लकडाउनको स्वरूप परिवर्तन हुन सक्ने

लकडाउनको स्वरूप परिवर्तन हुन सक्ने

,

काठमाडौं । सरकारले ४१ दिनदेखि लगाउँदै आइरहेको लकडाउनको मोडालिटी (स्वरूप) परिवर्तन गर्ने संकेत गरेको छ । ११ चैतदेखि जारी लकडाउन २५ वैशाखसम्म कायम रहनेछ । २५ वैशाखपछि भने सरकारले लकडाउनको स्वरूप परिवर्तन गरी क्षेत्रअनुसार केही खुकुलो बनाउने तयारी गरेको हो ।

सरकारको योजनाअनुसार २५ वैशाखपछि कृषिजन्य वस्तुको उत्पादन, भण्डारण तथा बिक्री वितरणमा बन्देज नलाग्ने गरी लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

सोमबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड–१९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकमा चारवटै सुरक्षा निकायका प्रमुख तथा स्वास्थ्य मन्त्रालयका अधिकारीले सर्तसहित राजधानीलगायत विभिन्न स्थानमा लगाइएको लकडाउन खुकुलो बनाउँदै लैजानुपर्ने सुझाव दिएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले जानकारी दिए ।

बैठकमा कोरोना भाइरस संक्रमणको हाल देखिएको प्रभाव र भविष्यमा देखिन सक्ने असरलाई विश्लेषण गरी सिंगो देशलाई रेड, एलो र ग्रिन जोनमा विभाजन गर्ने र सोहीअनुसार लकडाउनलाई केही खुकुलो बनाउन सकिने विषयमा छलफल भएको थियो । जसअनुसार रेड जोनलाई पूर्ण रूपमा सिल गर्ने र ग्रिन जोनमा रहेका जिल्लामा कृषि, पशु तथा त्यससँग सम्बन्धित कारोबार सावधानी अपनाएर खुकुलो बनाउने, मालसामानको ढुवानीलाई सरल बनाउने र अन्य उत्पादनमूलक उद्योग तथा कलकारखाना सावधानी अपनाएर सञ्चालन गर्न सकिने निष्कर्ष निकालिएको छ ।

समितिमा भएको छलफलमा निजी तथा सार्वजनिक यातायात, शैक्षिक संस्था, भीडभाड हुने बजार, सिनेमा हललगायतलाई तत्काललाई बन्द नै राख्ने गरी सरकारसमक्ष सिफारिस गर्नुपर्ने निष्कर्ष निकालिएको छलफलमा सहभागी एक अधिकारीले बताए ।

त्यस्तै, उद्योग, कलकारखानालगायत उत्पादनमूलक उद्योग तथा दैनिक उपभोग्य वस्तुको बिक्री वितरणमा पनि सावधानी अपनाएर लकडाउन खुकुलो बनाउने गरी खाका तयार पारिएको छ ।

प्रस्तावित खाकाअनुसार सीमा क्षेत्रलाई रेड जोनका रूपमा राखेर आवागमन पूर्ण रूपमा ठप्प पार्ने, देशभित्र यात्रु ओसारपसारका लागि निजी तथा सार्वजनिक कुनै पनि सवारीसाधन सञ्चालन गर्न नपाइने व्यवस्था गर्ने तयारीसमेत गरिएको जनाइएको छ ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नतामा समितिको अर्को बैठक बस्नेछ । समितिले सोमबार र मंगलबार गरेको छलफलको निष्कर्ष सरकारसमक्ष पेस गर्नेछ । समितिले विभिन्न जोन बनाएर सरकारसमक्ष सिफारिस गर्ने सम्भावना रहेकाले समितिको सिफारिस मन्त्रिपरिषद् बैठकले कार्यान्वयन गरेमा आगामी २६ वैशाखदेखि लकडाउन केही खुकुलो हुन सक्ने बताइएको छ । तर, कोरोना संक्रमणको दर अप्रत्यासित रूपमा बढ्दै गएमा लकडाउनको अवधि अझै एक साता थपिने सम्भावनासमेत यथावत् रहेको प्रधानमन्त्री कार्यालयका अधिकारीले जनाएका छन् ।

(Visited 464 times, 1 visits today)
Loading comments...

आजको समाचार

गम्भीर संवैधानिक मुद्दा सुनुवाइ प्रभावित

काठमाडौं । सर्वोच्च अदालतले कोभिड—१९ दोस्रो लहर फैलिएपछि गत १५ वैशाखदेखि मसान्तसम्म बन्दीप्रत्यक्षीकरण र कोरोना भाइरससँग जोडिएका मुद्दा हेर्ने निर्णय गरेको छ । अदालतले अन्य...

उपत्यकामा निषेधाज्ञा झनै कडाइ

काठमाडौं । उपत्यकाका तीन जिल्लामा गत १६ वैशाखबाट जारी निषेधाज्ञा झनै कडाइसहित एक साता थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला...

चार्टर्ड र उद्धार उडान सञ्चालन हुने

काठमाडौं । कोरोना महामारीको दोस्रो लहर तीव्र रूपले बढेर संक्रमितको संख्या दैनिक ३४ सय नाघेको र मृत्युदर पनि बढेर दैनिक ३७ जना पुग्न थालेपछि...

विपक्षी दल एकठाउँ उभ्याउँदै कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीलाई विश्वास मत नदिन विपक्षी दललाई एकठाउँ उभ्याउने नीति लिएको छ । पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमार्फत मंगलबार कांग्रेसले...

अल्पमतमा प्रधानमन्त्री ओली !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै...

साताका लोकप्रिय समाचार

विद्युतिय शवदाह गृह बिग्रियो, संक्रमितको शव चौरमा जलाइदै (फोटोफिचर)

काठमाडौं । अक्सिजनको अभावमा कोरोना संक्रमितको मृत्यु भएको समाचारलाई सामान्य मान्नु पर्ने अवस्था आइसक्यो । अस्पतालमा बेड पाइन्छकि भन्ने आसमा घुम्दा घुम्दै एम्बुलेन्स प्राण...

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा अधिवेशन आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट विश्वास मत लिन चाहेकाले राष्ट्रपतिले आगामी २७ वैशाख...

पौडेल–यादव लिए शपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पद तथा गोपनियताको शपथ गराएकी छन् । राष्ट्रपति भण्डारीले सोमबार साँझ नवनियुक्त...

विपक्षी दल एकठाउँ उभ्याउँदै कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीलाई विश्वास मत नदिन विपक्षी दललाई एकठाउँ उभ्याउने नीति लिएको छ । पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमार्फत मंगलबार कांग्रेसले...

सिन्धुपाल्चोकमा रैथाने बिऊ मेला (फोटो फिचर)

सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिक–२ भन्ज्याङकी सुन्तली केसी एक पाथी मकै, कोदो जे अनाज भए पनि पिध्नका लागि गाउँभन्दा एक घण्टा टाढा लिसंखुपाखरको वाफलमा रहेको...

ट्रेन्डिङ

कक्षा १० को एसइई परीक्षा राष्ट्रिय कि प्रदेशस्तरबाट ?

काठमाडौँ । कोरोना महामारी र बन्दाबन्दीका कारण गत वर्ष विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गरिएको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) यस...

प्रदेश २ कै ठूलो धनराशीको फुटबल प्रतियोगिता बागमतीमा हुने

सर्लाही । सर्लाहीको बागमती नगरपालिकामा प्रदेश २, कै ठूलो धनराशीको फुटबल प्रतियोगिता हुने भएको छ । प्रदेश नं.२ को...

कांग्रेस बैठक सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसको बिहीबारका लागि डाकिएको केन्द्रीय समिति बैठक सरेको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा...

स्याङ्जामा सुरक्षाकर्मीदेखि समुदायस्तरमा फैलियो कोरोना, निषेधाज्ञा जारी गर्ने निर्णय

स्याङ्जा । असार मसान्तसम्म स्याङ्जामा कोरोना संक्रमणको अवस्था हेर्दा धेरै न्यूनीकरण देखिएको थियो । अब स्याङ्जा कोरोनामुक्त जिल्ला हुँदै छ भन्ने आकडा हुँदै थियो...

कोरोनाबाट मृत्यु हुनेको संख्या ३० लाख बढी

पेरिस । विश्वभर कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३० लाख २३ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन हप्किन्स विश्वविद्यालयको विवरण अनुसार...

टुँडिखेलमा घाेडेजात्रा (फाेटाेफिचर)

काठमाडाैं । हरेक वर्ष चैत्र कृष्ण औँशीका दिन मनाइने घोडेजात्रा पर्व आइतबार काठमाडौं उपत्यकामा परम्परागत रुपमा मनाइएको छ । घोडेजात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला,...

पार्टी फुट्छ भन्नु निराधार हो : भीम रावल

अत्तरिया । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज भीम रावलले अहिलेको विषयले पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको बताएका...

गहुँ फाँडेर खनेका सडक वर्षौदेखि अलपत्र

विश्वनाथ सिम्खाडा, कालिकोट । स्थानीय तहमा निर्वाचित भएपछि स्थानीय स्तरमा सडक निर्माण कार्यलाई प्राथमिकता दिइयो । कालिकोटका लागि सडक नै पहिलो आवश्यकता रहेको पनि...

डा. भोला रिजाल दम्पत्तीमा कोरोना संक्रमण पुष्टि

काठमाडाैं । वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजाल र उनकी श्रीमतीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । रिजाल दम्पतीमा संक्रमण देखिएपछि उनीहरु...

अध्यक्षको राजीनामा माग गदै, नवदुर्गा सामुदायिक वनको भवनमा ताला

तुलसीपुर।  वन समुहका अध्यक्षको राजीनामाको माग गर्दै उपभोक्ताहरुले नवदुर्गा सामुदायिक वन समुहको भवनमा ताला लगाएका छन् । उपभोक्ता समितिले सामुदायिक वनको कार्ययोजना र विधान विपरित...

विश्वकप छनोटको खेल स्थगित

काठमाडौँ । विश्वव्यापीरुपमा फैलँदै गएको कोरोना भाइरसका कारण विश्वकप छनोट–२०२२ र एएफसी एसियन कप छनोट–२०२३ का खेल तत्कालका लागि स्थगित हुने भएको छ । विश्व...

नागरिक बडापत्र : आवश्यकता र प्रभावकारिता

विषय प्रवेश राज्य र सरकारको निर्माण जनताले गरेका हुन्छन् । जनताको सेवाको लागि राज्य र सरकारको स्थापना भएको हो । प्रजातान्त्रिक, अधिनायकवादी,...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)