अर्घाखाँचीमा बस दुर्घटना, ४ जनाको मृत्यु

अर्घाखाँचीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार अर्घाखाँचीको सुपादेउरालीबाट फर्किंदै गरेको बस दुर्घटना बुधबार साँझ दुर्घटनामा परेको हो।

सुपादेउराली दर्शनको लागि नवलपरासीबाट गएको लु२ख ३०३ नम्बरको बस शितगंगा नगरपालिका २ भुवनपाटास्थित गोरूसिंगे-सन्धिखर्क सडकखण्डमा दुर्घटनामा परेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी उपरीषक श्यामबहादुर खत्रीले बताए। 

मृत्यु हुनेमा तीन जना महिला र एक पुरूष रहेका छन्। मृत्यु हुनेमा बसका चालक रहेको खत्रीले बताए। तत्काल उनीहरूको पहिचान खुलिसकेको छैन।

खत्रीका अनुसार गुडिरहेको बस अनियन्त्रित भएर सडकदेखि करिब ३० मिटर तल खसेको थियो। साँझ पौने ६ बजेतिर भएको उक्त दुर्घटनामा करिब २७ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 298 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल