कोरोनाको कारण ब्रह्मास्त्रको बजेट बढ्ने

मुम्बई । भारतमा लकडाउन केही खुकुलो भएपछि फिल्म निर्माता आफ्नो फिल्मको छायांकनमा चाँडै जाने तयारीमा जुटेका छन् । तर, अहिलेको अवस्थामा सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले कतीपय दृश्यहरू सुटिङ गर्न सक्ने अवस्था नरहेको निर्माता करण जौहरले बताएका छन् ।

उनको नयाँ फिल्म ब्रह्मास्त्रको अझै ४० प्रतिशत छायांकन बाँकी रहेको छ । अहिलेको अवस्थामा फिल्मको छायांकन विगतको जस्तो सहजै गर्न नसकिने निर्माता करणले बताएका छन् । यो फिल्ममा रणवीर कपुर, आलिया भट्ट, नागार्जुन, मौनी राय, अमिताभ बच्चन, डिम्पल कपाडियालगायतका स्टारकास्ट पनि रहेको छ ।

‘हाम्रो फिल्ममा रहेका धेरैजसो प्रेम सम्बन्ध, रिलेसनसिपजस्ता इन्टिमेसी दृश्य अहिले नै खिच्ने सक्ने अवस्था छैन र हामी कलाकारलाई जोखिम मोलेर यस्तो दृश्य छायांकन गर भन्न पनि सक्दैनौं । अब हाम्रो फिल्म ब्रह्मास्त्रमा यस्ता दृश्य भीएफएक्सको माध्यमबाट एनिमेसनमार्फत तयारी गरिनेछ ।’ यसो हुँदा कलाकार कोरोनाबाट सुरक्षित भई काम गर्न सक्ने विश्वास निर्माता करण जौहरको छ ।

करनको भनाइमा फिल्मको छायांकनका क्रममा सावधानी अपनाउनुपर्ने हुन्छ । यसो हुँदा फिल्मको छायांकन अहिलेको भन्दा लम्बिने र बजेट बढ्ने पनि उनको कथन छ । सिनेमा बजार केही समय अझै ह्रासमा रहने भए पनि दर्शकका लागि आफूहरूले घाटा सहेर पनि अहिलेको अवस्थामा फिल्म बनाउनु र मनोरञ्जन दिनुपर्ने पनि यी निर्माताले बताएका छन् । त्यसैले, आफ्नो अहिलेसम्मकै महँगो बजेटको फिल्म ब्रह्मास्त्रको लागत बढ्ने उनले बताए । फिल्मबाट आफूहरू आर्थिक जोखिममा रहेका पनि फिल्म निर्माणलाई सम्पन्न गरेर सिनेमा हलमा ल्याउने पनि उनले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 196 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सानोपाइला सहकारी ठगीमा रवि लामिछानेसहित १४ जनाविरूद्ध पर्सामा पक्राउ पूर्जी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा रेणु दाहाल ९२ मतले अगाडी