पर्दामा जोडीका रूपमा चम्केका यी देवर–भाउजू

मुम्बई । बलिउड उद्योगमा चलचित्रको पर्दामा जोडी बनेर सफलता हासिल गरेका धेरै कलाकारको जोडी रहेको छ । यस्ता थुप्रै बलिउडका जोडीमध्ये देवर र भाउजूको एक जोडीको कामलाई दर्शकले सधैं रुचाए । अहिले पनि दर्शकले उनीहरूको कामलाई प्रशंसा गर्छन् । जब उनीहरू जोडी बनेर पर्दामा रोमाञ्चक रूपमा प्रस्तुत हुन्थे । त्यो रोमान्स देखेपछि दर्शकको तनमा ऊर्जा बढ्थ्यो ।

बलिउडका सफल देवर–भाउजूको जोडीका रूपमा अभिनेता अनिल कपुर र उनकी भाउजू एवं दिवंगत अभिनेत्री श्रीदेवी कपुर चर्चित थिए । दुवैले धेरै उत्कृष्ट चलचित्रमा सँगै काम गरे । उनीहरूले धेरै रोमान्टिक गीतमा आ–आफ्नो अद्भुत केमेस्ट्री देखाए ।

श्रीदेवी र अनिल नायक–नायिका जोडी मात्र नभएर उनीहरू साक्खै देवर–भाउजू थिए । अनिलका जेठा दाइ एवं निर्माता बोनी कपुरसँग श्रीदेवीले विवाह गरेपछि उनी अनिलकी भाउजू भएकी थिइन् ।

बोनीसँग विवाह गर्नुअघि श्रीदेवीसँग अनिल कपुरको प्रेम सम्बन्धका ’boutमा बेलाबेलामा चर्चा हुने गथ्र्याे । त्यस कुरालाई यी दुईले नकार्दै आए । यस जोडीको सबैभन्दा सुपरहिट चलचित्र मिस्टर इन्डिया हो । यस्तै, यी दुईले ‘लम्हे’, ‘जुदाई’, ‘हीर राँझा’, ‘रूपकी रानी चोरोका राजा’जस्ता विभिन्न चलचित्रमा पनि सशक्त जोडी भएर काम गरे ।

सन् १९८७ मा रिलिज भएको ब्लक बस्टर चलचित्र मिस्टर इन्डियामा उनीहरूको जोडीले हंगामा मच्चाएको थियो । यो चलचित्र अनिल कपुर र श्रीदेवीका अविस्मरणीय चलचित्रमध्ये एक हो । यस चलचित्रको एक सुपरहिट गीत ‘काटे नहीँ कट्टे’मा पहिला श्रीदेवीको मात्र अभिनय राख्ने तयारी भएको थियो । तर, गीत साह्रै मन परेपछि अनिलले आफ्ना दाइ बोनीलाई यस गीतमा आफूलाई पनि समावेश गर्न अनुरोध गरे । त्यसपछि श्रीदेवी र अनिललाई राखेर छायांकन गरिएको यस गीतमा उनीहरूको जोडीको कामलाई दर्शकले सर्वाधिक रुचाए ।

३ करोड ८० लाख रुपैयाँको बजेटमा बनेको, मिस्टर इन्डियाले बक्स अफिसमा १० करोड रुपैयाँ कमाएको थियो । सन् १९८७ मा भारतीय बक्स अफिसमा ‘हुकुमत’पछि दोस्रो सर्वाधिक कमाइ गर्ने चलचित्र मिस्टर इन्डिया बनेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 104 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

७ वैशाख २०८२

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
न्युनतम गरे पनि याे निर्वाचनमा उम्मेदवारको २९ अर्बभन्दा बढी खर्च हुने