मुगु । विशेष शिक्षा अन्तरगत मुगु जिल्लामा दृष्टिविहीन बालबालिकाहरुलाई अध्यन गराउदै आएको छाँयानाथ रारा नगरपालिका वडा नं।२ चैन गाँउ स्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालय बालमन्दिरमा कार्यरत शिक्षक लाई ब्रेल लिपि तालिम प्रधान गरिएको छ ।
उक्त बिधालयले २०६५ सालबाट दृस्टी बिहिन बालबालिका लाई अध्यापन गर्दै आएको भए पनि एक जना श्रोत शिक्षकले मात्रअध्यापन गर्ने गर्थे , जसका कारण बिधालयले कठिनाइ झेल्दै आएको थियो । बिधालयमा दृस्टी बिहिन बालबालिकालाई अब आउने शैक्षिकसत्र बाट बिद्यालयमा कार्यरत सबै शिक्षकहरुले ब्रेल लिपि बाट शिक्षण गरून् भन्ने हेतुले तालिम दिएको छाया नेपाल नामक सस्थाका कणाली प्रदेशका कार्यकारी निर्देशक मीन रावलले बताए ।
शैक्षिक सत्र २०८१मा ५ जना छात्रा र ६ छात्र गरी जम्मा ११ जना दृष्टिविहीन विद्यार्थी रहेकोे बिधालयका प्रधानध्यापक दिलिप कुमार शाहीले बताए । हाल कक्षा ५ सम्म मात्र दृस्टीबिहिन बाल बालिकाले अध्यन गर्ने गरेको प्रअ शाहीले जनाए । साथै तालिममा ६ जना शिक्षक र ढाई आमा लगाएत लाई सहभागी गरिएको थियो ।
दृष्टिविहीन विद्यार्थिहरुको पढाईमा सहज गर्नको लागि विद्यालयबाट संस्थालाई धेरै पटक अनुरोध गरेपछि ५ दिनको लागि भए पनि विद्यालयमा कार्यरत शिक्षकहरुलाई ब्रेल लिपि बाट शिक्षण गर्ने तालिम दिएको छाया नेपाल नामक सस्थाले बताएको छ ।
हाल उक्त बिधालयमा कक्षा ५सम्म मात्र अध्यापन गरिने भएकोले माथिल्लो कक्षा कता पढन जाने भन्ने विद्यार्थीमा चिन्ता रहने गरेकोले बिधालयमै माथिल्लो कक्षाको ब्यबस्थापन भएको भए सजिलो हुने थियो, विद्यार्थीको भनाई रहेकोे छ । तालिम नेपाल दृस्टी बिहिन कल्याण सघ काठमाडौका प्रशिक्षक दोय होमनाथ दाहाल र रत्न काजी डगोलले प्रशिक्षण तथा सहजीकरण गरेका थिए ।






