राजाबादी आन्दोलनमा २ को मृत्यु २ घाइतेको अवस्था चिन्ताजनक

काठमाडौं । तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १ जना र आगजनीमा परी थप १ जना सञ्चारकर्मीको मृत्यु भएको छ । २ जना गम्भीर घाइतेको अवस्था चिन्ताजनक छ, उनीहरुको उपचार बीर अस्पतालमा भइरहेको छ ।

प्रहरी श्रोतका अनुसार कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको हो भने एभिन्यूज टेलिभिजनका फोटो पत्रकार सुरेश रजक आगजनी भएको भवनको छतबाट दृश्य खिचिरहेका बेला आगलागीमा परेका थिए । उक्त भवनमा प्रहरी बसेको आरोप लगाउँदै राजावादी समर्थन प्रदर्शनकारीले आगो लगाएका थिए, जसका कारण उनी जिउँदै जलेका हुन् ।

गम्भीर घाइतेमध्ये २ जनाको यतिबेला बीर अस्पतालमा उपचार भइरहेको छ । भोजपुरका डिल्लीप्रसाद लुइँटेल र शुम्भु दमाइ प्रहरीको गोली लागेर गम्भीर घाइते भएका हुन् । लुइँटेलको पेटको दाइनेपट्टि गोली लागेको छ । दमाइको भने दाइने कुममा गोली लागेको प्रहरी श्रोतले बतायो ।

तपाइको प्रतिक्रिया
(Visited 341 times, 1 visits today)

epaper

ताजा समाचार

गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा