निमोनियाबाट हलिउड अभिनेता भ्याल किल्मरको निधन

लस एन्जलस । हलिउड अभिनेता भ्याल किल्मरको निधन भएको छ । उनको ६५ वर्षको उमेरमा निमोनियाको कारण मंगलबार राती लस एन्जलसमा निधन भएको हो । भ्यालको मृत्युको पुष्टि उनकी छोरी मर्सिडिज किल्मरले गरिन् ।

सन् २०१४ मा यी अभिनेतालाई घाँटीको क्यान्सर भएको थियो र उपचारपछि क्यान्सर निको भएको थियो । तर यस पटक उनले निमोनियालाई जित्न सकेनन् ।

अभिनेता भ्याल किल्मरले सन् १९८४ मा चलचित्र ‘टप सीक्रेट’ बाट आफ्नो करियर सुरु गरेका थिए । त्यस पछि उनले टप गन, रियल जीनियस, विलो, हिट, द सेन्ट जस्ता थुप्रै हलिउडका चर्चित चलचित्रहरूमा अभिनय गरे । भ्याल कुनै पनि भूमिकालाई अत्यन्तै तीव्रताका साथ निर्वाह गर्नका लागि प्रसिद्ध थिए । भ्याल किल्मर एक बहु–प्रतिभाशाली अभिनेता थिए । उनले टप गनमा निर्वाह गरेको आइस म्यानको भूमिका निकै लोकप्रिय थियो । यस्तै ब्याट म्यान फोर एभरमा उनी ब्याट म्यानको रूपमा प्रस्तुत भएका थिए ।

द डोर्समा जिम मोरिसनको भूमिका निर्वाह गरेका भ्याल किल्मरको करियरको २०२१ को बनेको वृत्तचित्र भ्यालमा उनले आफ्नो संघर्ष यात्राको कथा सुनाएका थिए ।

सन् २०२२ मा रिलिज भएको टप गनः म्याभरिक नै भ्याल किल्मरको करियरको अन्तिम चलचित्र साबित भयो । यसमा उनले आइस म्यानको भूमिका निर्वाह गरेका थिए । यस्तै द डोर्समा मोरिसनको भूमिका निर्वाह गरेका उनी प्राय लेदरको पाइन्ट लगाउन रुचाउँथे । उनको निधनमा हलिउडकर्मीहरूले दुःख व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 110 times, 1 visits today)

epaper

ताजा समाचार

कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा ३ कर्मचारीसहित ५ जना पक्राउ