राजविराज । खेतीपातीमा सिंचाईको प्रमुख समस्या भोगिरहेका किसानहरुको सहजताका लागि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले खेतखेतमा बिजुली सुविधा पु¥याउने व्यवस्था मिलाएको छ ।
विगतमा आफ्ना पालिका क्षेत्रभित्रका किसानहरु खेतीपातीका लागि प्रयोग गर्ने कृषि मिटरको शुल्क तिर्दै आएको नगरपालिकाले नेपाल विद्युत प्राधिकरण संगको सहकार्यमा सिंचाईका लागि छुट्टै ट्रान्सफर्मर र सो संगै मास्टर मिटर समेत जडान गरेर विना मिटर किसानको खेतमा बिजुली पु¥याएउने व्यवस्था मिलाएको हो । यो संगै किसानले व्यक्तिगत रुपमा लिदै आएको कृषि मिटर जडान गर्ने झंझटिलो प्रक्रियाबाट उन्मुत्ति समेत पाएका छन् ।
किसानलाई लक्षित गरि नगरपालिकाको रु २ करोड र विद्युत प्राधिकरणको २० प्रतिशत लागानीमा ५ वटा ट्रान्सफर्मर र सो संगै मास्टर मिटर पनि जडान गरिएको नगरप्रमुख विरेन्द्र माझीले जानकारी दिए ।
उनले ट्रान्सफर्मर सहित मास्टर विद्युतीय मिटर जडान भईसकेको हुँदा अव किसानले छुट्टै कृषि मिटर लिनुनपर्ने र प्रत्येक पोलमा क्लीप बोर्ड समेत जडान गरिएकाले त्यहीबाट मोटर चलाउन सकिने व्यवस्था मिलाइएको जानकारी दिए ।
“कृषि मिटर लिन कम्तिमा किसानलाई ५ हजार सम्म खर्च गर्नु पथ्र्यो र त्यसमा पनि जग्गाधनी पुर्जा लगायतको कागज नभएका किसानले मिटर नै पाउँदैनथ्यो नगरप्रमुख माझीले भने,–अव त्यो झंझटिलो प्रक्रियाबाट किसानले उन्मुक्ति पाएका छन् ।”
उनले किसानले अव मिटर पनि नलिनु पर्ने र शुल्क पनि तिर्नु नपर्ने तथा मास्टर मिटरमा खपत भए अनुसारको नगरपालिकाले नै विद्युत महसूल भुक्तानी गर्ने जानकारी दिए ।
नगरक्षेत्र भित्र कृषि पेशामा लागेकाहरुलाई प्रोत्साहन तथा उनीहरुको लागत खर्चमा सहयोग गरि उत्पादनमा वृद्धि गर्ने उद्देश्यले ल्याइएको उक्त कार्यक्रम अन्तर्गत अहिले सम्म ५ वटा ट्रान्सफर्मर जडान गरेर ८ वटा वडाका किसानलाई निशुल्क विद्युत उपलब्ध गराउन थालिएको र बाँकी वडाहरुमा पनि क्रमिक रुपमा मास्टर मिटर सहितको ट्रान्सफर्मर जडान गरिने पालिकाको नीति रहेको उनले बताए ।
कूल १४ वडा रहेको उक्त पालिकामा ल्याइएको यस्तो कार्यक्रमले हजारौं किसान लाभान्वित हुने विश्वास गरिएको छ ।