स्पेनमा खेलाडीहरूको कोरोना परीक्षण

मड्रिड । स्पेनिस फुटबल फेडेरेसनले स्पेनिस ला लिगा क्लबका खेलाडीको कोरोना परीक्षण गरेको छ । ला लिगा आयोजकले ला लिगा पुनः सुचारु गर्ने उद्देश्यअनुरूप खेलाडीको कोरोना परीक्षण थालेको हो । बुधबार स्पेनका तीन ठूला क्लब बार्सिलोना, रियल मड्रिड र एट्लेटिको मड्रिडका खेलाडी कोरोना परीक्षणमा सहभागी थिए । बुधबार बार्सिलोनाको स्टार खेलाडीहरूले कोरोना परीक्षण गरेका थिए ।

स्पेनका केही क्लबले परीक्षण सुरु गरिसकेका छन् । आयोजकले जुन मध्यसाताबाट ला लिगा सुचारु गर्ने तयारी गरिरहेको छ । सोहीअनुरूप नै खेलाडीको कोरोना परीक्षण गरिएको ला लिगा अध्यक्ष जेभियर टेवासले बताएका छन् । उनका अनुसार स्पेनका शीर्ष दुई डिभिजनका क्लबका खेलाडीको कोरोना परीक्षण गरिनेछ । ला लिगाले एक क्लबबाट कम्तीमा पनि ३० खेलाडीको कोरोना परीक्षण गर्नेछन् । उनीहरूका कोरोना नेगेटिभ देखिए प्रशिक्षणमा सामेल हुन पाउनेछन् । कोरोना पोजटिभ देखिने खेलाडी क्वारेन्टिमा बस्नुपर्नेछ । यो चार चरणमा हुनेछ । पहिलो चरणमा कोरोना परीक्षण, दोस्रो चरणको एकान्त प्रशिक्षण, तेस्रो चरणमा समूह प्रशिक्षण र चौथो चरणमा पूर्ण टिमको प्रशिक्षण अघि बढाइनेछ । कोरोना परीक्षणमा खेलाडीहरू सकरात्मक नै रहेका छन् । केही क्लबले अहिले नै प्रशिक्षण थाल्दा खेलाडीलाई कोरोना संक्रमण हुन सक्ने बताइरहँदा ला लिगा अध्यक्ष टेवासले धेरै सावधानी अपनाइरहेको बताएका छन् ।

अध्यक्ष टेवासले खेलाडीको प्रशिक्षण वातावरणलाई सुरक्षित बनाउन २४ पेज लामो विशेष रिपोर्ट तयार पारिएको र यो सबै क्लबलाई पठाइसकेको बताएका छन् । रिपोर्टअनुसार खेलाडीले प्रशिक्षणमा जानुअघि अनिवार्य कोरोना परीक्षण गर्नुपर्नेछ । कोचिङ स्टाफ र आवश्यक स्टाफ (खेलाडीसँग नजिक रहेर काम गर्ने)को पनि सिजन सुरु हुनुभन्दा अघि तीनपटक कोरोना परीक्षण गरिनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 191 times, 1 visits today)

epaper

ताजा समाचार

गर्भकै नीतिको आडमा राजश्व कार्यालय सिमराको कार्य सम्पादन